• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७२ - जग्गा

साल: २०११ महिना: बैशाख फैसला मिति :२०११/०१/२९ १११

प्रधां न्यायालए सिंगल बेञ्च

अनं.  89

      52

मुद्दा जगा

अपिलाट

लपुई हरिशिद्धी धापाखेल बस्ने जय बहादुर थापा क्षत्री-------------1

ऐ साकल टोल बस्ने जुजुमी. महरजन------------------------1

िपक्ष

 ल.पु.ई हरिशिद्धी धापाखेल बस्ने क्रिष्ण बाहादुर वानीञा क्षेत्रृ----1

 

 

 

 

 

 

 

 

 

 

 

ईजलास

श्री माननीय न्यायाधीश भैरव राज पन्त पाध्या

फैसला

     जुजुमांका बाबु दयवीरको हकको भी.3 स. गुठी तहसिलमा सालको धां ।12 गहु ।।4 घ्यूझ ।4 बुझाउनुपर्ने 4 किलला भित्रको हरिशिद्धी पाखो वारी माटो मुरि 4 कोखलामा दसबीरको र जितवीरको रकं जगा मुद्दा पर्दा दसवीरको ठहरि 78 सालमा दे.ते.बाट फैसला भयको जुजुमांको सक भै 83।12।13।7 मा जुजुमांले मबाट मोरु 30। कर्जा लि.लेखियको जगा भोग वंधकी लेखिदि 86।11।18 मा मोरु 15। थपलि राजिनामा गरिदियको भोग गरि आयेकोमा बाबुको नाउको जगा बाबु मरेकाले मेरा नाउमा नाउसारी गरी पाउ भंने स्मेत क्रिष्ण बाहादुरले गु.त.मा.दर्खास्त दियछ र सो जगा मेरो हो भनि उजुर गरेमा हक वेहकमा नलिस गर्नु भनि पर्चा गरि सुनायेकाले नलिस गर्न आयेको छु मेरो हक भेको जगामा खिचोला गरेमा क्रिष्ण बाहादुरलाई र हक नपुग्ने जगा बिक्रि गरेको रहेछ भने जुजुमांलाई सजाञ गरी खिचोला मिटाई पाउ भन्ये कटक बाहादुरको फेराद रहेछ।

      वादी दावीको जगा दसवीरबाट मेरा बाबु सेते बाजिभाले 70 सालमा मोरु 50। मा राजिनामा गरी ली निजैलाई कमाउन दियको निज दसवीर मरेपछी जुजुमांलाई मोरु 35। मा भोग बंधकी दियको र हाल निखनी स्व जगा अनेत्र बिक्रि गर्न खोजेको र दसविरले गरी दियको राजीनामा हरायेकाले जुजूमां र वादि मीलि झुट्टा दावि गरेको आजसंम नाउसारि गराई राखन पर्ने नसकेबाट वादी झुट्टा हो भंने क्रिष्ण बाहादुरको प्रतेवादि रहेछ ।

      वादीको दाता प्र.जुजूमांले दाविको जगा यो वादिलाई नै राजिनामा गरी दियको नं 78।79।80।81 सालको वाली....ठास हुदा स्मेत वाली मैले नै तिरेको छु भंने जिकिर लियको र रशिद स्मेत पेश भयको वादि दाविको जगामा प्र.क्रीष्ण बहादुरले खिचोला गरेको ठहर्छ भंने ललितपुर अदालतको 7।12। को फैसला रहेछ।

     दर्तावाला सेते वानिञा र निजको छोरा यो अपिलाट क्रिष्‍ण बाहादुरको हक टुटाई लियको निस्सा वेगर जुजुमांका राजिनामाबाट मेरो हक भंने वादीदावी पुगन सकतैन थैलीका हकमा दाताबाट ऐं को रित पुर्‍याई लिनु भनि जये बाहादुरलाई सुनाई दिने भंने 9।2।29 को अपिल तेश्राको फैसला रहेछ।

     दसविरको छोरा जुजूमांले मेरा बाबुलाई राजिनामा गरिदियबाट मेरो हक ठहर्ने ईन्साफ गरीपाउ भंने जय बाहादुरको अपिल रहेछ।

     मेरा बाबु दसविरका नाउमा दर्ता भयेको ठहराई फैसला गरेकोले अपिलको इंसाफ उल्ट्याई हक इंसाफ गरीपाउ भंने जुजुमांको अपिल रहेछ ।

     उपरोक्त मुद्दामा अपिलाट जय बाहादुर जुजुमां र झिकाई आयेको क्रिष्ण बाहादुरको मुद्दा सकार गर्ने रांबाहादुरलाई स्मेत राखी निर्णयय गर्दा यस्मा झगडा परेको जगा मेरा बाबु सेतेले जसविर ज्यापुसंग 70 सालमा राजीनामा गरी लि.गुटि तहशिलमा दर्ता  स्मेत भयेको भंने क्रिष्ण बाहादुरको जिकीर स्मेत भयको सो 70 सालको राजिनामा पेसगर्न पन नसकेको दर्ता सेते वानियाका नाउमा पयेपनि जगा 70 साल देखी नै भोग तिरो केही गर्न नसकि जसविरलाई नै निजैले कुत तिर्ने गरी राजमगनीमा कमाउन दियको भनेमा मगनी कवुलियेत नभयको पछी भोग वंधकीमा निजैको छोरो जुजुमांलाई दियेको भनेमा भोग वंधकको निस्सा प्रमाण पनि केही दीन नसकेको हुनाले 70 साल देखि नै उक्त जगा भोग गरी तिरो स्मेत जुजुमांले गरी आयेको देखियको मगनीमा दियको जगा जगा पजनिको 4 नंका ऐंले मगनिवालाको कवुलियेत गराउनुपर्ने कि आफना हकबाट तिरो गर्नुपर्ने स्व दुवै कुरो गर्न नपाई आर्काले भोग तिरो गरी खाईदियपछि जगा पजनिको 34 नं का ऐंले निज क्रिष्ण बाहादुरले 2 वर्ख भीत्र उजुर गरी आफनु दर्ता हक कायं गराउनु पर्ने स्व नसकेकोले यसको स्व जगामा उजुर नालिस नै लाग्न नसकने अवस्था भैसकेपछि 78 सालमा जुजुमांको र जितवीर अंसियारहरुमा स्व जगा स्मेतमा झगडा पर्दा पनि जुजुमांले स्व जगा जिति पाई 78 सालमा फैसला भयेको मिसिलबाट देखियाकोले स्व जगा अदालथि वंदोवस्तका 111 नं का ऐंले पनि प्रतेवादी क्रीष्ण बाहादुरको उजुर नलाग्ने देखियाको स्व जगा 83 सालमा जुजुमांले पनि वादि कटक बाहादुरलाई भोग वंधकी र पछी 86 सालमा राजीनामा गरी दियको दुवै वादी प्रतेवादी जुजुमांका प्रतेवादीबाट सावीत हुन आयेको तिरो भरो गरेको रशीद प्रतेवादि क्रिष्ण बाहादुरले प्रतेवादिमा प्रमाण दीन र दाखेल पेश गर्न नसकेको कुनै साल तिरो भरो गरेको छ भंन पनी नसकेको जुजुमां र वादीतर्फबाट तिरो भरो भयेमा सावितै भयेको र साल सालको तिरो भरो गरेको रसिद वादीबाटै पेस भै 70 सालदेखि 7 सालतक वर्ख 37 संम जुजुमां र जुजुमांको साहु वादि तर्फबाट अवछीन्न भोग तिरो गरी आयेको जगामा प्रतेवादि क्रिष्ण बाहादुरको माथि लेखियाको ऐंले उजुर लाग्न नसकने हुनाले इंसाफ ललितपुर अदालथको सदर अपिल तेश्राको गल्ती ठहर्छ स्व ठहर्नाले तपसलका मानिसलाई तपसिल बमोजिं गर्न तहसिलमा लगत दि मिसिल मिसील फाटमा बुझाई दिनु ।

 

तपसिल

वादी कटक बाहादुरको मुद्दा सकार गर्ने ल.पु.ई.हरिसिद्धी धापाखेल बस्ने जये

बाहादुरकार्कि क्षत्रृके निजले राखेको कोर्टफि मोरु 5।77 अ.तेश्राका 9।2।29

को फैसलालेजुजुमांबाट भरिपाउने गरेको लगत कायं नहुने हुदा स्व लगत काटिदिनु

भनि ल.पु.अ.लाई पुर्जि गर्न अ.भ.विगोमा लगत दिनु ----------------------------------1

ल.पु.अ.का 7।12।2।5 का फैसलाले कटक बाहादुरले क्रिष्ण बाहादुरबाट

भरिपाउने गरेको कोर्टफी मोरु 5।77 भरी नपाउने हुदा लगत काटिदिनु भंने

अ.ते.को. 9।2।29।4 को फैसलाले गर्ने गरेको लगत कायं नहुने हुदा स्व

लगत काटिदिनु भनि लपु.अ.लाई पुर्जी गर्न अ.न.विगोमा लगत दीनु --------------------2

अपिलाट क्रिष्ण बाहादुर वानियाले अपलसाथ 8।2।8 मा अ.न. विगोमा धरौट

राखेको 4।77 निज क्रिष्ण बाहादुरलाई फिर्ता दिनु भनि अ.तेश्राका 9।2।29

को फैसलाले फिर्ता दिने गरेको स्व फिर्ता दिनुपर्दैन स्व फिर्ता दिने गरेको लगत

काटिदिनु भनि अ.न.विगोमा लगत दिनु -----------------------------------------------3

लपु.अ.का देहायेका मानिसके अते.का 9।2।29 का फैसलाले गर्ने गरेको

जरिवाना मोरु 1। यक नलाग्ने हुदा असुल भये फेर्ता र नभया वेहोरा जनाई

लगत् काटिदिनु भनि तहसिलमा लगत दिनु --------------------------------------------4

हाकिं नासु तारा प्रसाद वश्याल पाल्पा वराणडीके रु।60

अ डी हीरामां काई व्रम्हटोल के रु----------------।30

वि योगराज प 3 नं नमुके रु --------------------।10

वादी कटक बाहादुरको मुद्दा सकार गर्ने जये बाहादुर के नालेस गर्दा राखेको

कोर्टफि मोरु. 5।77 प्र.क्रिष्ण बाहादुरबाट भरिपाउ भनि डंड सजायका 36

नं बमोजिं 5 वर्ख भीत्र दर्खास्त गरेमा दस्तुर केही नलि. भराई दिनु भनि अ त

विगोमा लगत दीनु --------------------------------------------------------------------5

निजै वादिके अरु दस्तुर मुर. ।62 प्र मध्यको जुजुमांबाट भराई पाउ भनि ऐ

ऐ ऐंका म्याद भीत्र दर्खास्त गरेमा ऐ. ऐ.------------------------------------------------6

अपिलाट जुजुमान महरजंले यस अडामा अपिल साथ 9।6।25।6 मा अ.त

विगोमा दरोट राखेको मोरु 5।77 नीजको ऐंका म्याद भीत्र दर्खास्त पर्न आये

दस्तर केही नली फिर्ता दिनु भनी अ त वीगोमा लगत दिनु ------------------------------7

अपिल तेश्राका देहेका मानिसके इंसाफ उल्टी हुदा हाका 15 नं ले तजविजी

मोरु 1। यक जरिवाना हुंछ तहशिलमा लगत दिनु -------------------------------------8

ना.सु.देवप्रसाद पाध्या काई किलागल के रु ----।60

अ.ख दोजराज जोशी को ई.मैतीदेवि के रु ------।30

वि दुर्णा प्रसाद उपाध्या काई कालिमाठी के रु---।10

                                                     

                                               न्यायाधीश  

      

इति सम्वत 2011 साल बैसाख 29 गते रोज 3 शुभम् ---------------------------------

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563