• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७५ - जग्गा

साल: २०११ महिना: बैशाख फैसला मिति :२०११/०१/२८ ९९

 

प्रधान न्यायालय डिबीजन बेञ्च

दा.नं.846

अपिलाट- प्रतिवादि पर्वत पांगौडा बस्ने जि.मु.बिष्णुहरि उपाध्या--------------

विपक्षी-ऐ ऐ अर्चले बस्ने पद्म ध्वज सुनार------------------------------

 

 

 

 

 

 

 

 

 

मुद्दा जगा

ईजलास

श्री माननीय न्यायाधीश भैरव राज पन्तो पाध्याय

श्री माननीय न्यायाधीश् भगवती प्रसाद सिंह राजपूत वि.एस.सी., वि.एल.

फैसला

       यस्मा 05।1।18 मा मैले गूठि छेत्र्यानीबाट मोरु 1500। मा राजीनामा गरि लीयको तिरो रु.2।5।2 लागेको गावोट् खेत मूरि ।7।10 को जगा राजीनामा पास नभए पनी राजीनामा गरेका मिति देखि भोग चलन गरेको थीएँ । सो कुरा जि.मु.किस्नुहरिले थाहा पाई दातालाई हप्काई दपकाई पास हुन दिएको थीएन र पास गर्ने म्याद पनी नाघेकोले विंतिपत्र दिई म्याद थमाएको छु । सो म्याद थमाएको कुरा विस्नुहरिले थाहा पाई 05।9।22 गतेका दिं निज गुठि छेत्र्यानीलाई मिलाई 05।3।29 गतेको मिती राखी मोरु 1300। मा सोहि मैले राजीनामा गरेको जगा राजीनामा गरि ली 05।9।23 गते रजीष्टेसन् पास स्मेत गराएछन सो कुरा मलाई थाहा थीएन हाल जगामा हटक खिचोला गरेकोले बुझ्दा थाहा पाई उजूर गरेको छु  जालसाजी लीखत खडा गर्ने विस्नुहरि र लीखतका साछीहहरुलाई स्मेत सजाए गरि मेरा राजीनामा बमोजीम जगामा मेरो हक सदर गरि पाउँ भंने वादि रहेछ।

     गुठि छेत्र्यानीले अघी मबाट मोरु 200। लीई यै वादिका दावीको जगा भोग वन्धकि गरि दिएको र सो वाहेक पटक पटक गरि लीएको तमसुकि मोरु 235। स्मेत जम्मा 435। रुपैया पहिलेको र हाल मोरु 865 घरखर्च गर्न भनी जम्मा 1300। रुपैञा मबाट लीई राजीनामा पास स्मेत गरि दिएकोले वादि दावी झुट्टा हो भंने विस्नुहरुको वादीले मबाट मोरु 1500। को राजीनामा गराई लीएको छ तापनी रुपैया मोरु 1200। मात्र दिई 300। बाकी नै थीयो पछि सो कुरा विस्नुहरिले थाहा पाई मलाई हपकाई दपकाई वादिको 1200। रुपैञा तिरिदिए अव अरु 100। रुपैञाको धान दिउला भनि 05।9।22 गते मोरु 1300। को घरसारमा राजीनामा गराई ऐ 23 गते अडामा गै पास गराएका हुन । सो विस्नुहरिले जाल गरेको कुरा पछि थाहा पाई विंतीपत्र समेत दिएको छु भंने गुठि छेत्र्यानीको र विस्नुहरिबाट गुठि छेत्र्यानीले मोरु 1300। लिई राजीनामा गरिदिएको साँचो व्यवहार हुँदा हामीहरु पनी लीखतमा साछी बसेका हौ भंने मोहदम स्मेतको प्रतिउत्तर रहेछ।

     झगडा परेका जगामा प्र विस्नु हरिको मोरु 200। पहिले नै परेकोले सो मोरु 200। वादि पद्मध्वजले विस्नुहरिलाई तिरी पद्मध्वजको राजीनामा पास गराई दिने र सो रु 200। मा पछि पद्मध्वजले गुठिका नाममा नालेस गरेका वखतमा ठहरे बमोजिं हुने र विस्नुहरिले गुठिबाट लिनुपर्ने तमसुकि रुपैञाको जगामा कुनै सम्बन्ध नभएकोले गुठिका नाममा कपाली सरह नालेस गरेका वखतमा ठहरे बमोजिं हुने ठहर्छ भनी बाघलुङ् अदालतले 06।12।30 मा फैसला गरेको रहेछ ।

     इनसाफ बाघलुङ् अदालतको मनासिव ठहराई पालपा अपिलले 08।3।14।5 मा फैसला गरेको रहेछ।

     इनसाफ पालपा अपिलको मनासिव ठहराई प्रधान न्यायालय तेश्रा फाट्ले 09।4।19।1 मा फैसला गरेको रहेछ।

     इनसाफ जाँची पाउँ भंने समेत व्यहोराको प्र.विस्नुहरिको बिंतिपत्रमा इनसाफ जाँचने व्यहोराको 09।8।23 मा आदेश भएकोमा मैले हारेका हकमा पनी इनसाफ जाँची पाउ भंने पद्मध्वजको विंतिपत्रमा यीनी पनी छलछलमा हाजीर हुन आए राखी जाहेर गर्नू भंने स्मेतत व्यहोराको 010।4।22।2 मा आदेश भएको रहेछ।

     यस्मा प्र.विस्नु हरिको वा.निलकंठलाई लाई र वादी पद्म ध्वजलाई स्मेत राखि बुझ्दा प्र. विस्नुहरिले गुठिबाट गराई लीएको राजीनामामा कुनै हक्दारहरुलाई पनि नराखेको वादी पद्मध्वजले गुठीबाट गराई लीएको राजीनामामा असामि गुठिकै छोरालाई साछी राखी लीखत पनी पद्मध्वजकै पहिलेको देखीएको र सो लीखतलाई असामी गुठीले स्वीकार गरेको स्मेतबाट इनसाफ प्रधान न्यायालय तेश्रा फाको मनासिव छ । मुदा दोहोराएमा प्रतिवादि जि.विस्नु हरि उपाध्याके सुरु दण्ड मोरु 46।61 को हा.क.11 नंवरका ऐन वमोजिं सैक्रा 10 ले मोरु 24।67 दण्ड हुन्छ वारेस हुँदा असुल गर्न अ.त.दे.मा लगत दिई मिसिल अ.न.मिसिल फाट्मा बुझाई दिनू ।

 

                                                     

                                     न्यायाधीश                न्यायाधीश  

      

इति सम्वत 2011 साल बैसाख 28 गते रोज 2 शुभम् ---------------------------------

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563