• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७६ - गुठीवाली

साल: २०११ महिना: बैशाख फैसला मिति :२०११/०१/२९ १०२

नेपाल प्रधान न्यायालय डिबीजन बेञ्च

ठानं 1072

मुद्दा गुठीवाली

नीवेदक भपुई.चोछेटोल बस्ने वादी जीतकृष्ण अमात्य--------------

विपक्ष भपुई न्हाकंडोल बस्ने प्र. हरी प्रसाद पाद्या स्मेत------------------

 

 

 

 

 

 

 

 

 

ईजलास

श्री माननीय न्यायाधीश प्र.मा.ने.ले.ज.प्रकास सम्सेर जङ्ग बहादुर राणा ।

श्री माननीय न्यायाधीश् भगवती प्रसाद सिंह राजपूत वि.एस.सी., वि.एल.।

फैसला

       यस्मा सम्वत सरी देवाली पुजा गरी गुठी चलाउनुपर्ने वींडोल भंने तींडोल सावीक षेत 2।। को हाल नाप ठहर रोपनी 4।/।।2 जगा कुवेर सीं का नाउमा दर्ता भएको र सो जगा सालको कुत धां मुरी 3।12 गुह पाथी ।8 बुझाउने गरी प्र.हरी प्रसादको बाबु कै पाला देषी कमाई आएको र जगा दर्तावाला कुवेर सीं र नीजको नजीकको हकदार छोरा स्मेतले गुठी नचलाएकोले मेरा बाबु स्चीकृष्णले नालेस गर्दा 84।4।17 गते धर्म लोप गरेको ठहरी फैसला भएपछी वाबु छउनज्याल बाबुले र बाबुका सेषपछी मैले एकलौटी हकभोग चलं गरी षाई आएकोमा मोही प्र.हरी प्रसादले 2002।2003 सालको वाली नबुझाएकोले सो 2 वर्षको वालीको वीगो मोरु 112। भराई जगा पजनी गर्न पाउ भंने जीतकृष्णको फेरादपत्र रहेछ ।

      वादी दावीको जगा अघी माहीला कांछा बाबुले कमाएको थीयो कांछा बाबु बेरामी भए पछी 2003 साल देषी मैले कमाएको छु सो जगाको वाली 2003।2004 सालको पोत दर्तावाला गुठी चलाउने जगत बहादुरको छोरा आनंदराजलाई बुझाई भर्पाई लीएको छु वादीले गुठीको कां चलाएकै नहुदा वादी झुट्टा हो भंने हरी प्रसाद पाध्याको प्रतेवादी रहेछ ।

      वादी दावीको जगा कुवेर सींका नाउबाट मेरा बाबु जगत बहादुरका नाउमा 98 सालमा पोता नाउसारी भैसकेको छ अघीको गुठी धर्मलोप मुद्दाबाट मेरा बाबु जगत बाहादुर स्मेत गुठीयार वाहेक भएपनी नजीकको हकदारले गुठी चलाउन पाउने ठहरी फैसला भएबाट म स्मेत 7 जनाले गुठी चलाई आएका थीञ्यौ 2002 साल संम अरु हकदारको पालो भएको र 2003।2004 सालको पालो मेरो हुदा सो 2 वर्षको वाली प्र.हरीप्रसादबाट मैले बुझी ली भर्पाई गरी दीएको हु वादी हकदार होईन ...संम हुदा वादीले गुठी चलाएको नहुदा वादी झुट्टा हो भंने आनंदराजको प्रतेवादी वयां रहेछ।

      गुठी हामीले चलाएका छैनौ वादी जीत कृष्णले एकलौटी चलाई आएको छ भनी जनक प्रसाद रां बहादुर वीर बहादुर स्मेतको प्रतेवादी वयां रहेछ ।

      वादीले गुठी चलाई आएको मीसीलबाट देषीन नआई प्र आनंदराजको वयां बमोजीं गुठी चलाई आयस्ता ली आएको देषीदा वादीले झुट्टै उजुर गरेको ठहर्छ भनी 06।10।12 गते भक्तपुर अदालतबाट फैसला गरेको रहेछ ।

      आनंदराजले हकदार भनी देषाएको रांलाल स्मेतका नाउमा उजुर परेका वषत गुठी तर्फ नीकास हुने हुदा वाली मेरो मात्र येकलौटी भंने वादीको दावी नपुगने ठहराएको ईन्साफ भक्तपुर अदालतको मनासीव छ भनी 07।12।10 गते अपील पैल्हा फाट्बाट फैसला गरेको रहेछ ।

      गुठी जगाको हक वेहक नगरी वाली तर्फ नीकास गर्न नहुने हुनाले 35 दीं भीत्र गुठी जगा र वालीतर्फ सबै गुठीयारका नाउमा नालेस दीनु भनी वादीलाई सुनाई दी यो वाली मुद्दा षारेज गरीदीने ठहर्छ भनी 09।6।21 गते प्रधान न्यायालय तेश्रा फाट्बाट फैसला गरेको रहेछ ।

     प्रधान न्यायालय तेश्रा फाटले षारेजी फैसला गरेमा चीत्त बुझेन भंने वादी जीतकृष्णको नीवेदन पत्रमा मीसिल झिकी हेरी जाहेर गर्नु भंने 09।8।17 गतेको आदेस रहेछ।

     यस्मा म स्मेतका 7 जनाले गुठी चलाई आएका छौं वादीले चलाएको छैन भनी प्र.आनंदराजले वयां गरेकोबाट नीजले देषाएको रामलाल स्मेत 6 जनाका नाउमा प्रतेवादी सह्र म्याद टाँसदा 3 जना हाजीरै नभै गुजारेको र हाजीर भएका 3 जनाले पनी वादी जीतकृष्णले एकलौटी गुठी चलाई आएको छ भनी वयां गरेको 84 सालमा हुदा आनंदराजका बाबु जगत बहादुर स्मेतले गुठी धर्मलोप गरेको ठहरी फैसला हुदा आनंदराज जंमेकै छैन भंने कुरामा आनंदराज जगत बहादुर नै सावीत भै नाउसारी मुद्दामा प्रतेवादी दीएकोले म स्मेत 7 जनाले गुठी चलाई आएको हु भंने प्र आनंदराजको कुरा झुट्टा देषीन आएको, वादीले पेस गरेको भपुई टीवकछे बस्ने कृष्ण कुमार अमात्यको र भपुई. वोलांछेटोल बस्ने लक्ष्मीदास पालुंबजारको गुठी पालो मुद्दामा भपु.अदालतबाट भएको 96।4।5 गतेको फैसला नकल हेर्दा 84 सालमा धर्मलोप गरेको ठहरी फैसला भएपछी वादी जीतकृष्णको बाबु स्चीकृष्णले एकलौटी गुठी चलाउने हुदा 84 साल देषी स्चीकृष्णलाई बाली बुझाई आएको हु भनी प्र. हरीप्रसादका कांछा बाबु देवी प्रसादले प्रतेवादी दीएको फैसला उतारबाट देषीनाले 84 सालमा जगत बहादुर स्मेतले धर्मलोप गरेको ठहरी फैसला भएपछी वादी र वादीका बाबुले एकलौटी गुठी चलाई आएको रहेछ भंने सीद्ध हुन आएकोबाट वादी दावी बमोजीं 2002।2003 सालको वाली वादीलाई भराई दीनु पर्नेमा 2002 सालमा जगा मैले कमाएको छैन भनी प्र.हरीप्रसादले जीकीर लीएपनी वीचमा अरु मोहीले कमाएको नभै प्र.हरीप्रसादके माहीला कांछा बाबुले कमाई आएको देषीएको र हरीप्रसादका बाबु मनोहरले वाली बुझाई गरी दीएको 92।7।30 गतेको दोहरो भर्पाई स्मेत वादीले पेस गरेकोले 2002 सालमा जगा मैले कमाएको छैन भंने प्र.हरीप्रसादको जीकीर पुगन नसकने हुदा सो 2002 सालको वाली प्र.हरीप्रसादबाट र 2003 सालको वाली हरीप्रसादले प्र.आनंदराजलाई बुझाई सकेको भर्पाईबाट देषीन आएको र बुझी लीएमा आनंदराज सावीतै हुनाले सो 2003 सालको वाली प्र. आनंदराजबाट वादी जीतकृष्णलाई भराईदीने ठहर्छ जगा पजनी गर्न पाउ भंने वादीको दावीलाई मोही हरीप्रसादले वाली रोकी राषेको नभै आनंदराजलाई बुझाई सकेको देषीदा जगा पजनी गर्न पाउ भंने वादीको दावी पुगन सकदैन अरु तपसीलका मानीसहरुलाई तपसीलमा लेषीए बमोजीं गर्ने ठहराई आज यो मुद्दा फैसला गरी दीञ्यौं ।

तपसील

वादी प्रतेवादीहरुके कोर्टफी लागेको मुद्दा हुदा केही गर्नु नपर्ने ------------------------------1

भपुई. टोबकछे टोल बस्ने प्र.आनंदराज श्रेष्ठ-1 भपुई. न्हाकंडोल बस्ने प्र.हरीप्रसाद

पाध्या-1 स्मेतके वादी जीतकृष्णले 04।12।20 गते नालेस दर्ता गर्दा राषेको

कोर्टफी मोरु 5।60 भराई पाउ भनी वादीको ऐंसवालको म्याद भीत्र दर्षास्त परेका

वषत प्रतेवादीहरुको जायेजात गरी कोर्टफी सवाल वमोजीं दस्तुर केही नली प्रतेवादी

2 जनाबाट आधी आधीका दर्ले वादीलाई भराई दीनु भनी अ.त.वीगो फाट्लाई

लगत दीने -------------------------------------------------------------------------------2

प्रधान न्यायालय तेश्रा फाट्को 09।6।21 गतेका फैसलाले गर्ने गरेको देहाए

बमोजींको डंड जरीवाना नलागने हुदा लगत कट्टा गरीदीनु भनी तहसीलमा लगत

दीने -------------------------------------------------------------------------------------3

वादीले नालेस गर्दा राषेको कोर्टफी मोरु 5।60 षारेज भै नलागने हुदा वादी

जीतकृष्णलाई फीर्ता दीने गरेकोमा हाल फीर्ता दीननु नपर्ने ठहरेकोले फीर्ता दीने

गरेको लगत कट्टा गर्ने कलं-------------------------------------------------1

देहाएका अडाका देहाएका मानीसके षारेज नगरी तहकीकात गरेमा भनी गर्ने

गरेको देहाए बमोजींको जरीवाना नलागने हुदा असुल भए फीर्ता र नभए बेहोरा

जनाई लगत कट्टा गरीदीनु भनि ऐ ------------------------------------------2

भपु.अदालतका नासु नारांदास श्रेष्ठके मोरु ---------------।80

ऐ का वी कृष्णरमण उप्रेतीके मोरु ----------------------।20

अपील पैल्हा फाट्काका.मु.ष. गुणानाथ उपाध्याके मोरु ---।75

ऐ का वी पद्मराज मीश्र के मोरु -------------------------।25

प्र. आनंदराज अमात्य श्रेष्ठ १ प्र हरीप्रसाद पाध्या 1 स्मेत के 2002।2003

सालको वालीको वीगो मोरु 112। एकसय वाह्र नीज प्रतेवादीहरुको जायजात

गरी भराई पाउ भनी वादी जीतकृष्णको ऐंका म्याद भीत्र दर्षास्त परेका वषत

प्रतेवादीहरुको जायजात गरी कोर्टफी सवाल बमोजीं वादीबाट दस्तुर ली प्र.आनंद

राजबाट मोरु 56। प्र.हरीप्रसादबाट मोरु 56। का दर्ले वादी जीतकृष्णलाई

भराई दीनु भनी अ.त.वीगो फाट्मा लगत दीने ---------------------------------------------4

भक्तपुर अदालत अपील पैल्हा र न्यायालय तेश्रा फाट्के गल्ती ईन्साफ गरेमा

केही गर्नु पर्दैन --------------------------------------------------------------------------5

 

 

                                                     

                                     न्यायाधीश                न्यायाधीश  

      

इति सम्वत 2011 साल बैसाख 29 गते रोज 3 शुभम् ---------------------------------

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563