निर्णय नं. ९ - घर जग्गा नीखन्न पाऊ
नेपाल प्रधान न्यायालय डिभीजन बेञ्च
सा.नं –
मुद्दा :- घर जग्गा नीखन्न पाऊ
अपिलाट् का .प.ई पलांचोक कारसिंजोर उप्रेती थोक वस्ने टिकालाल उप्रेती
विपक्ष ऐ ऐ वस्ने तीर्थराज उप्रेती
इजलास
श्री माननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम् ए वि यल्
श्री माननीय न्यायाधीश भगवति प्रसाद सींह राजपुत वि यस्सी वी यल्
फैसला
मामा वाज्ये सुब्बा गंगाधरले येकली वुढीसंग घर जगा किनी आमालाई दाइजो दीयेकोले भोग चलं गरेको म जन्मेको वर्ष दीं भै आमा मरेकोले मामा बाज्येले लीखत सहीतको मलाई लगेको मेरो हक नटुटने गरी येक्ली वुढीले गरी दीयेको लीखतको विट्मा लेखि दीयेको भन्ने वुझीयेको नीखन्न जादा नीखन्न दीयेनन् फार्छे भन्छन् भने म नावालखको जग्गा अरुवाट लीयेको सदर नहुने थैली तीर्नु पर्ने भये तीराई घर जगाको खीचोला मेटाई चलं चलाई पाऊं भन्ने समेत टीकालालका वादी
सुब्बा गंगाधरले दाताको फार्छे स्मेत सोपी हाम्रा बाबु विष्णु प्रसादलाई फार्छे गरी दीयेकोले वावु छनज्यल वावुले र शेषपछी हामीले भोग चलं गरी आयेको ३०।३५ वर्ष भै सक्यो वादी झुट्टा हो भन्ने स्मेत तीर्थराजको प्रतेवादी ।
वादीबाट पेश भयेको ७१।२।३० को दातव्य लीखत कृते हो भन्ने स्मेत प्रतेवादी सद्दे हो भन्ने समेत वादी वयान
प्रतेवादीवाट पेश भयेको ७१।२।२२ को सुब्बा गंगाधरले रुद्रा देखि माहालक्ष्मीहरुबाट गरी दीयेको फार्छे ल्यापचे नबुझिने हुदा सो प्रमाण नलागने हुदा तेसका हकमा सद्दे कीर्ते छुट्याई रहनु नपर्ने ७३।२।२२ को सुब्बा गंगाधरले वीस्नुलाई गरी दीयेको फार्छेपत्र जालसाजी हो गंगाधरले गरी दीयेको सकली फार्छे पत्र दवाई जालसाजी पेस गरेका हुन् भंन्ने स्मेत वादी वयां,
सद्दे हो भन्ने प्रतिवादी वयां,
७१ सालको लिखत सद्दे हो मैले लेखेको हुँ भन्ने स्मेत माया नंदको वयान,
झगडा परेको जगा सुब्बा गंगाधरले फार्छे गरी लीयदेखि भोग गरी आयेकोमा दाजु तीर्थराज र म भींन हुदा आधी आधी भोग गरी आयेका छौं भंने स्मेत हरी प्रसादको वयान।
दाताले दीयेको फार्छे पेस गर्न नसकेको दाताको नां किटी लेखन नसकेको दीदा धर्ममानले कैफीयत गरेको नठहरेको जगाको कील्ला लेखन नसकेको महा लक्ष्मीको ल्यापचे बुझीने हुदा प्रमाण लागने सु गंगाधरले गरी दीयेको लीखतको साछीको सैछाप प्रमाणको दपोट् मुद्दाको रूद्रलालको हस्ता सै संग मीलेकोले प्र वाट पेश भयेको २३।२।२२ को सद्दे लीखतलाई जालसाजी भनी ७१।२।३० को कृते लिखत खडा गरी झुट्टा उजुर गरेको ठहर्छ भन्ने स्मेत अपिल दोश्राको फैसला।
चित्त बुझेन भन्ने टिकालालको अपिल रहेछ।
दीने र दातव्य पाऊने तर्फबाट बन्धकी दीयेको हो निखन्न पाऊ भनी लेखेको नदेखियेको वन्धकीमा दीयेको सवुद आउन नसकेको गंगाधरका हकवाट विष्णु प्रसादलाई दियेको भन्ने कुरामा बादी सावीत बादी तर्फवाट विष्णु प्रसादले भोग गरेको नदेखियेको वालख देखि अैं ले सम्म सो जगा वादीका भोगमा नभयेमा साविक दान तव्यका १४ नं ले १६ वर्ष भीत्र जग्गा भोग गर्नु पर्ने की नालेश दी हक गराई लिनु पर्ने सो गर्न नसकेकोमा अैं ले नालेस उजुर सुन्न नहुने जमीको १ नं ले पनी १ वर्ष भीत्र उजुर नपरे नलाग्ने ८७ साल्मा कीतावमा वादी १९ वर्ष लेखियेकोवाट ३ सालमा ३५ वर्ष लेखीयेको अैं को अवस्थामा १६ वर्ष थपदा ३२ वर्ष भित्र उजुर गरी हक गराई लिनु पर्ने १६ वर्ष पुगेपछी १६ वर्ष भीत्रै भोग गर्नु पर्ने नदिये नालेस गरी हक गराउनु पर्ने सो नगरी हदम्याद नाघी सकेपछिको उजुर हुदा डंड सजायका ५३ नं. ले यो नालेस खारेज गर्नु पर्ने सद्दे कृतेमा चलाउने तहकीकात गर्ने हाकींहरुलाई सजाय गर्न स्मेत ठहर्छ प्रमांगि बमोजिं जाहेर गरेका छौं भंन्ये प्र. न्या दोश्राको फैसला।
यस्मा उमेर वर्ष १६ पुगेका मीतीले दानदातव्यका १४ नं जग्गा मीचनेका १ नं का अैं का म्याद १६ वर्ष अर्थात ३२ वर्षको उमेर भित्र भोग चलन गर्न र उजुर वाजुर गरी आफ्नो हक गराउन नसकी हदम्याद नाघी सकेपछी ३५ वर्षको उमेरमा मात्र नालेस उजुर गरेको तेस्तो नालेस अैं ले दायर रहन नसकी खारेज हुने हुदा प्रधान न्यायालय दोश्राफाटवाट खारेज गर्ने ठहराई जाहेर गरेको इन्साफ मुनासिव छ मीसील मीसील विभागमा वुझाई दीनु।
भगवती प्रसाद सिंह हरि प्रसाद
न्यायधीश प्रधान न्यायाधीश
इति संवत २०११ साल वैसाख ८ गते रोज ३ शुभम् ।