• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७८ - जगा दपोट

साल: २०११ महिना: बैशाख फैसला मिति :२०११/०१/२९ ९९

 

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च

अपिल नं 150

अपिलाट

प.3 नं इ.जि.कास्की मौजे पुराना कास्कीकोट् मनी बस्ने परसे सुनार (वादी)

विपक्ष

ऐ ऐ बस्ने लिले सुनार 1 लाट्या सुनारनी 1 सरवजीत दमाई 1 जीते सुनार 1 दुर्गे दमाई 1 स्मेत 5 जना (प्रतिवादी)

 

 

 

 

 

 

 

 

 

 

 

मुद्दा जगा दपोट

इजलास

श्री माननीय न्यायाधीश प्रदिप्त मान्यवर नेपाल तारा ले.ज.प्रकास सम्सेर जङ्ग बहादुर राणा ।

फैसला

       एस्मा इनारका ठाडा वान्‍ना पश्चीं स्मेतका 4 किल्ला भित्रको वाहुन पानी वुगे भंने अंनाजी माटोमुरी ।20 खेत 90 सालका जाचमा पनि दर्ता तिरो नगरी जगा दवाई खापेका रहेछन सो कुरा अघि थाहा थिए न.ता.पसुपतिले गरिदिएका 01 साल कार्तिकका वहालि पुर्जि वमोजिम मंवीरे कामीले गर्नुपर्ने तिरो रकं मैले गरी नै गरी तिरी चलायेको भै वीरेका दर्ताको घरवारी पाखो जगा सो 4 किल्ला भित्र म स्मेतले भै भोग गरेको र सो 4 किल्ला भित्रको वाहुं पानि बुगे भंने खेत....गुठी समेत कुनै रकंमा नदरीएको र दर्ता तिरो स्मेत नगरेको हाल मात्र थाहा पायेकाले 90 सालको जाचमा सो 4 किल्ला भित्रको जगा दर्ता तिरो नगरे पनि अब भोग बमोजिम तिमीहरुको तिमीहरुले र मेरो मैले दर्ता गराउँ भन्दा दर्ता तिरो नगरी तेसै खान पाइन्छ बनि जाली कुराको ज्वाफ दिएकाले जाहेर गरेको छु। श्री कास्की कोट कालिकाको खोरा त्रिसुल स्मेतको रकं चलाउनु पर्ने गुठीको विश्राम चौर प्याउडी, स्याम मुल भन्ने 3 ठाउको हुदा सो लेखीएको 4 किल्ला भित्रको जगा दपोट गरी खाएमा 90 साल देषीको तीरो रु 22।40 विगो असुल उपर गरी पोलाहा म हुदा जगा मेरा नाउमा नाप जाच गरी दर्ता गरी पाउ भंने स्मेत विन्तिपत्र वयान 04।9।10।5 को रहेछ ।

     वादीका 4 किल्ला भित्रको खेत् अघी कैले हो सर्कार तर्फबाट कास्की कोटमा कालीकामाईको गुठ राखी बक्सेको हुदा सो कालीमाईको निमित्त वडा दसैमा सुनको प्रतिमा 1, सुनको वुलाकी 1 चादीको वाला 1 पन्चरत्नको 1 चैत्र दसैंमा सुन्को प्रतिमा 1 पञ्चरत्नको सानो पोको 1 स्मेत साल 1 को मरमंवीर 1 सर्वे 1 नैने 1 लीले 1 स्मेत जना 5 ले श्रीमाईमा चढाउन सो कोटमाईको मुखीया पूर्ण बहादुर क्षत्रीलाई बुझाई आएको हुदा सो खेत हामी 5 जनाले खाई पाउई आएका हौं तेसो हुदा गुठीमा दर्ता छ हाम्रो नाउमा 90 साल्मा दर्ता हुन नापी भै गएको छ हामीले दपोट गरी खाएको छैन भंने स्मेत 05।1।28।2 को जीते सुनारको वयान रहेछ ।

     लेखिएका 4 किल्ला भित्रको लेखिएको खेत श्री कालीका माईको गुठीको हो सो जगामा 90 सालको जाचमा म लिले 1 जीते1 सर्वे 1वीरे 1 नैने 1 स्मेतका नाउमा भोग बमोजिम दर्ता गरी कालीकाको गुठी जगा लगेको छ नैने कामीतर्फको भाग म लिलेले 03 साल्मा रु 100। मा रकं चलाउने गरी राजिनामा गरी ली रकं चलाएको छु । गुठी माटोको हकमा क कस्का नाउमा के कती छ था छैन तापनि गुठी वन्दोवस्त बझे जाहेर हुनेछ । दपोट हैन लेखिएका किल्ला भीत्रमा 2 फोगडा जगा 77 साल्मा लीलामा कमेनीले मेरी आमा जाल्पीलाई वकस दिएकीले राजीनामाको जगा स्मेत रकं चलाई आएको छु । जाचमा मेरो नांमा दर्ता छ । अघि 79 सालमा वीरवले दमाईले दपोटमा उजुर गर्दा पनि गाउका तालूकदार सरजमीं स्मेतले गुठी नै हो भनि लेखी दी गुठी नै कायम ठहरी फैस्ला भएको मिसील पनी छ बुझी पाउ दपोट भनि झुट्टा उजुर दिएमा सजाये गरी पाउ भंने स्मेत 04।12।4।3 मा लीलेको वयां रहेछ

     सो 4 किल्ला भीत्रको खेत मुरी ।20 रं मंवीरे नैने, लिले, जीते, स्मेततले श्रीकालिका माईको गुठी सर्कारबाट रही रकं चलाई आएको र 90 साल्मा जाचबाट हाम्रो नाउमा दर्ता गरी दीएको स्मेत छ दपोट हैन भंने स्मेत 05।1।28।2 मा सर्वेको वयान रहेछ।

     प्र.इन्कार बमोजीं गुठी दर्ता भएको सबुद प्रमाण आउन नसकेबाट वादी दावी वमोजीं प्रतिवादीहरुले दपोट गरेको ठहर्छ भनी पोखरा अदालतले 06।6।19।4 मा फैसला गरेको रहेछ।

      90 सालको जाचमा 7 नं डोरले नापी गरी लगेकोले गोधारा तहवील स्मेत जुं अड्डा बुझ्नु पर्छ बुझी न्साफ गरी दीनु पर्नेमा बुझी नदी दपोट ठहरायेमा चित्त बुझेन भंने लिले, सर्वे, जीते स्मेतको अपील जीकीर रहेछ।

     बुझी आएको दर्ताको उतारबाट वादी दावीको 4 किल्ला भित्रको जगाहरु दर्ता देषीएकाले दपोट नठहर्ने गुठी कै ठहर्छ उल्टीमा सुरु अदालतलाई सजाये गर्ने स्मेत ठहराई अपील दोश्राले 08।1।25।3 मा फैस्ला गरेको रहेछ ।

     श्री कालिका माईको खोरा त्रिसुल स्मेतको रकं चलाउनु पर्ने स्यामुल स्मेत 3 ठाउमा छुट्टै दर्ता भएको मेरो उजुरीको खास दपोटको स्यामुल स्मेतको जगा र मेरो उजुरीको जगा स्मेत पृथक पृथक नक्सा गरीपाउ भंने वादीकोअपिल जीकीर रहेछ ।

     स्यामुल स्मेत 3 ठाउको जगा र मेरो उजुरीको जगा स्मेत नक्सा गरीपाउ भंने वादीको निवेदन पत्र रहेछ ।

      सबै जगाको नक्सा गर्नुपर्नेमा केही जगाको मात्र गरे उजुर गरेको सबै जगाको नक्सा गरीपाउ भनी रोहवरमा भनेकाले सबै जगाको नकसा गरी उजुरी जगाको वाली रोक्नु भंने 08।5।14।4 को श्री प्रधान न्यायादीशको आदेश रहेछ ।

      एस्मा अपिलाटको अपील जीकीर तथा भयेका आदेश बमोजीं प्र.न्या.तेश्रा फाट मार्फत भै आएको नक्सा ----मा लेखी आएको नाउ डाडा आडको जगा कमाउने मोही दुर्गे दमाई सर्वजीत दमाई र अधिकारी डाडा फलामे खेत कमाउने वदु अधिकारीको खडानंद प्याउडी विश्राम चौर खेत कमाउने भानुभक्त हरी प्रसाद समेत बुझीयेको वयान र छलफलमा झीकायेका जाल्पा सुनारनी 1 दुर्गे दमाई 1 स्मेतको वारेस लिले सुनार र अपिलाटको वारेस नर बहादुर स्मेतलाई राखी पेश गरेको यो मुद्दा बुझदा पछि भै आएको नक्साबाट देखीन आएको नाउडाडाको आड र फलामे खेत भंने जगा सर्वजीत दमाई भासकर पाध्या मोही भै कमाई आएको गुठी लगतमा दर्ता भएको छ भन्ने निज मोहीहरुले वयान स्मेत गरेका र सो दर्ता प्रमाण स्मेत पेश नगरेको स्मेतबाट छलफल निमित्त प्रतिवादी लिलेलाई झीकाई आएकोमा नीज प्र. लिलेले सो नाउडाडा आडको र फलामे खेत भंने जगा नीज मोहीहरुका नाउमा दर्ता भएको गुठी लगत दर्ता उतार श्री 5 स.न.गुठी लगत जाचबाट सारी ल्याई पेश गरी मिसील सामेल रहेको र अरु अपील दोश्रा फाटका फैस्लामा लेखीए सम्मका बुँदा प्रमाण स्मेतबाट ईन्साफ अपिल दोश्राको मुनासीव छ ।

      ईन्साफ पारी छिन्ने हाकिम उपर अपील गरेमा सुरु डण्ड मोहरु 1। को हा का 10 नं ले पैलो अपील हुदा सैक्रा 10 ले मोहरु ।10 पैसा थप दण्ड हुन्छ वारेस हुदा असुल गर्नु भनी अ.त ..फाटमा लगत दिनु ।

      

                                                      

                                                          न्यायाधीश  

      

इति सम्वत 2011 साल बैसाख 29 गते रोज 3 शुभम् ---------------------------------

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563