निर्णय नं. ८० - जालसाजी
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
अ नं. 20
अपिलाट वादी जीलै वुटौल तफे धनौटा मौजे महीता टोला देवांगढी बस्ने छोटेलाल पासी--------------- |
विपक्ष प्रतेवादी ------------------ ऐ ऐ बस्ने हुमेनी पासी ---------- ऐ ऐ बस्ने जग मोहन पासी ------- ऐ ऐ बस्ने मोंगी पासीनी ----------- |
मुद्दा जालसाजी
इजलास
श्री माननीय न्यायाधीश भैरव राज पन्त पाध्या
फैसला
एस्मा भींन भयका काका दुखि 2001 साल चैत्रमा परलोक भयकाले मैले काज कीर्या गरी काकी मीनकाई जरजपालीको स्मेत हेरवीचार तहल चाकरि मैले गरी आयकाले नीजहरुका सेख पछी मेरो हक हुन आउने घरजगा आफु दाजु प्रतेवादी हुसेनी स्मेतलाई खुवाउने नीजका छोरा जगमोहनलाई 2006।1।31 मा खजहरी माल तालुक रजीष्टेसं पास गरी राजीनामा गरी दीयको महमत तकीले यीनका उपर वेलैमा नालेस गरेको ईतलायेनामा आईन्दा प्रमाणका मानीसका सामुंने नालेस गरेर के लान्छ जगा जमीं घर स्मेत जगमोहनका नाउमा राजीनामा गरीसके भनी भनेको प्रमाणको मानीस वेसाषमा भंन हुदा भनेकोले थाहा भै नालेस गर्न आयको छु वर्ष दीं खान पुग्ने जगा स्मेतको धंमाल छदै मेरो हक मार्न जालसाजि राजीनामा गरे गरायको वदर गरी पाउँ भंने स्मेत वादी रहेछ ।
हामी मीनकी रजपाललाई तीर्थ गर्न सारै ईच्छ भयकोले रु 2601 मा यीनको साछी बसी रजपालले आफ्नु नम्बरि जगा जगमोहनलाई राजीनामा गरी दी तीर्थ यात्रा गर्न गै रजपाल मरिसके हामी जगमोहन स्मेत मीली वादीको हक मार्न जाल्साजी गरेको हैन रु 2600 अडैको समने गनी 06।1।31 मा राजीनामा पास गरी लीयदीयको हो जगा वीगाहा 263.2 र फुस्को घर मात्र भयकाले वर्ष दीन षान लाउन नपुग्ने वादीले हरे वीचार गरेको र वादीको पनी सोही मौजामा जगा हुदा था पायन भंन्न नमीलने हुदा झुठा दावीबाट फुर्सद गराई पाउँ भंन्ने स्मेत प्रतेवादी रहेछ ।
संग बसी वादीले जगाको तीरो भरो गरी दीयको सबुद स्मेत गुजार्न नसकेको प्रतेवादी जगमोहनले 2 वर्षदेखि दर्ता गरी तीरो गरेको वादीलाई मौकामा था नभयको भनी लेखे बाटै हेर वीचार गरेको थीय भन्ने वादीको लेखाई वीस्वास मांन नहुने बटैयाबाट आयको आयस्ताबाट खान पुग्ने भनी लेखन नसकेकोले वीधवा अंसका 1 नंम्बरका 4 दफाको ऐनले आफु खुसि गर्न पाउने देषीयको अडामै गनी गनाई भै पास भयको लेखतमा रजपाली को उमेर 45 वर्ष लेखियको जाल्साजीको ...रीतपुर्वको ... नहुदा वादीले झुठै उजुर गरेको ठहर्छ भनी तौलीहवा अमीनीबाट 08।9।10।3 मा फैसला गरेको रहेछ।
रजपाल मीनको 2 जनालाई जगा वीगाहा 263 को आयस्ताबाट खान नपुग्ने जाल्साजी भनेतर्फ लायक सवुद गुजार्न नसकेकाले स्मेत ईन्साफ अमिनीले ठहराई छीनेको मनासीव भनी 2009।9।15।2 मा बुटौल अपिलबाट फैसला गरेको रहेछ ।
वादी छोटेलालको धरौटि अपिल परि आयको यो मुद्दा बुझदा उमेर पुगीसकेका रजपालले अडैमा रुपैञा गनी गनाई गरी राजीनामा गरेको पास भयको लेखतबाट देखियको जगा वीगाहा 263 वाहेक अरु यो यति आययस्ता भयकाले खान पुग्ने भनी कुनै सवुद प्रमाण दीन नससकेकोले ती जगाको आयस्ताले 2 जनालाई तीरो भरो गरी वेवार चलाई खान लाउन पुग्छ भंन नमीलने भंन्य स्मेत अपिल अमिनीको फैसलामा लेखियकोमा यो यति परिवन्दले खान पुग्छ भनी लेखन र सवुद दीन नसकेको र मुखे राजीनामा गरी दीने रजपाल मरि सकेका र लेखत पास भयका 2 वर्ष भयेपछी मात्र नालेस परेको देखिनाले र सुरु अपिलका फैसलामा लेखियका वुदा प्रमाणबाट स्मेत ईन्साफ अपिलले अमीनीको मनासीव गरी छीनेको मनासीव ठहर्छ ईन्साफ पारी छीन्ने हाकीं उपर अपिल गरेमा हाकींका तर्फमा कराउनेका 10 नं ले सुरु डंड डंड 55 को दोश्रा अपिल हुदा सैक्रा 5 ले ..। चार आना डंड हुन्च 09।12।9।1 मा वुटौल अपिलमा धरौट राखी अपिल गरेकाले सो धरौट राषेको डंड । चार आना सदरस्याहा गर्नु भनी पुर्जी गर्न लगत दी मुद्दा छीनीयको जनाउ अपिलाटलाई दीनु ।
न्यायाधीश
इति सम्वत 2011 साल बैसाख 29 गते रोज 3 शुभम् ---------------------------------