• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८१ - जग्गा विगो

साल: २०११ महिना: बैशाख फैसला मिति :2011/01/29 ९६

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च

अ नं. 774

अपिलाट

भूमिराज अचार्ज जैसी बागलूं ई.जी. पर्वत मौजे वलेयासाम झूम्टा बस्ने (प्रतिवादी)

विपक्ष

ऐ ऐ बस्ने गङा दत्त पाध्या (वादी)

 

 

 

 

 

 

मुद्दा जगाविगो

इजलास

श्री माननीय न्यायाधीश भैरव राज पन्तो पाध्याय

फैसला

      एस्मा अघि 2001 सालमा मै प्रतिवादी, वादी भयेको यै जगामा झगडा परि मिलापत्र भएको जगा मध्ये मर्दन ठानो पुरानु घडेरी भंने जगामा मरमत गरी लगायेको वानो पर्षाल 09।9।6 गतेका राती फाली नकसान पारी दिएछन ऐ 7 गते थाहा भै पक्राउ गर्दा अघी मीलापत्रबाट हक छोडेको भए तापनि हाल जगा महंगो बढदै आएकाले अब जगा समेत खान दिन्न भनि जगा मार्फत खीचोला गरेकाले नालेस गर्न आएको छु नोक्सानी बान्‍नोको विगो रु 55। भराई मिलापत्र बमोजिमको जगासदर राषी पाउ भंने स्मेत 09।10।16।5 को फिराद पत्र रहेछ ।

     वादी दावी बमोजिमको जगा स्मेतका 6 कित्ता खेत पाखा जगा, जगाको दाता धनपतिबाट लक्ष्मीभक्तले र लक्ष्मीभक्तबाट मैले हक छुटाई राजीनामा गरी लिएकोमा मै वादी स्मेतले जगामा खीचोला गरेकाले मेरो उजूर परेमा आषीर मोरु 1500। रुपैया म स्मेतले ली जगा जगा यै वादीलाई दिने गरी मिलापत्र गरेको भए तापनि घरसारमा भोग बन्धकी तंसुक गरी भोगमा खान दिको हुँ हाल थैली बुझेर जगा छाडी देउ भंदा आफुसंग रहेको वंधकी तंसुक दवाई जगामा दावी गर्‍यो भनि म उपर झट्टा मुद्दा गरेको हो सो झगडा परेको जगा मध्ये पूर्व जल्केनीको चौतारा स्मेतका 4 किल्ला भीत्रको भ्वानी चांको जगा दाता धनपतिबाट 02 साल्मा रु 100। मा वंधकमा खाययेको छु स्व वंधकी जगा स्मेत किल्ला भीत्र पारी आफैले बान्नो भत्काई म उपर झुट्टा उजुर गरेको हो भन्ने स्मेत 09।12।16।1 को प्रतिवादी रहेछ ।

     बुझीए सम्मका प्रमाणबाट वादीको उजुर खारेज गर्ने ठहराई वागलूं अदालतले 010।1।30।3 मा फैस्ला गरेको रहेछ ।

      खारेजै हुनै नसक्ने मुद्दा खारेज गरीदिएको अड्डाको गल्तीबाट मेरो जगा जानु पर्ने छैन गैर्‍ह ईन्साफ गल्ती गरेमा चित्त बुझेन ।

      अघि यै जगामा झगडा पर्दा यै प्रतिवादी स्मेतले वादी गंगादत्त संग रु 1500। बुझी हक दावी छोडी सकेको देषीएको मिलापत्र बमोजीं कां गर्न सम्म अड्डाको गल्ती भएकोमा मिलापत्रबाट पाउनेको जगा जान नसक्ने हुनाले प्रतिवादीले वादीको जगालाई बंधकीमा दीएको भंने र भुवानी चांको जगा स्मेत वंधकी खायेको भनी वादी दावी बमोजीं वान्नो पर्खाल स्मेत नोक्सान गरी दिएको ठहराई पाल्पा अपिलले 010।6।1।5 मा फैस्ला गरेको रहेछ ।

     ऐं ले रीत पुगेको कागज वेगर मैले राजीनामा गरी ली राषेको जगा वादीको ....गराउनै नहुने गरायेमा चित्त बुझेन ।

     एस्मा अपिलाट भूमिराजलाई राषी पेश गरेको यो मुद्दा बुझ्दा यै वादी गंगादत्तको र प्रतीवादी भुमिराज स्मेतको 2001 साल्मा मुद्दा परि मिलापत्र हुदा यै वादीले दावी गरेको जगा स्मेत यै भूमिराज स्मेतले हक दावी छाडी सकेको देषीएको आफुले हक छाडी सकेको जगालाई बंधकी सम्म दिएको हुँ भनि जीकीर लीएको देषीएकाले स्मेत इन्साफ सुरु अदालतको गल्ती ठहराई पाल्पा अपिलले छिनेको मुनासीव छ ।

      ईन्साफ पारि छिन्ने हाकीम उपर पैलो अपिल गरेमा अपिलाट भूमिराज अचार्ज जैसी के सुरु डण्ड मोरु 14।6।1 को हाकिमका नाउमा कराउनेका 10 नं ले सैक्रा 10 ले मोरु 1।41 यक रुपैया यकचालिस पैसा थप डण्ड हुनेमा तिर्न सक्तीन माफी पाउ भनि निवेदन गरेकाले नीज अपिलाट भूमिराजसंग रु ।4 लि छाडी दिनु रुजु भएकाले तहसीलमा लगत दिनु ।

 

                                                      

                                                          न्यायाधीश      

इति सम्वत 2011 साल बैसाख 29 गते रोज 3 शुभम् ---------------------------------

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563