निर्णय नं. ८३ - जगाकुत
नेपाल प्रधान न्यायालय सींगल वेञ्च
अ.नं 16
अपिलाट -------------------------- प्रतेवादी धंकुटा खाल्सा मातीम्बु बस्ने भीम्बाहादुर मगर-------------------- धंकुटा पातले बस्ने अम्बर जं कार्की क्षत्री----------------------------- |
विपक्ष वादी धंकुटा बजार बस्ने मु. बिस्नु बाहादुर श्रेष्ठ ---------------- |
मुद्दा जगाकुत
इजलास
श्री माननीय न्यायाधीस प्रदिप्त मानेम्वर नेपाल तारा ले.ज.प्रकास सम्सेर जङ्ग बहादुर राणा
फैसला
यस्मा मसंग 600 कर्जा ली नीजका नाउमा दर्ता भयको मकैको ब्यू पाठी ।3 जाने बावोटे रैकर वारी 6 सींगडोल भंन्य मानोमुरी ।7।8।9 को खेत भोग बन्धकीमा खानु 5 वर्ष थैली बुझाईने छैन भनी 2001।12।26 मा भोग बन्धक दीयकाले सो खेतवारीको सालको धां ।13 का दर्ले बुझाउने सोही मीतीमा कवुलीयत गरी दीयकोमा 2002 सालको ठेककुट बाकी राषी फेरी 2003।1।8 मा कंरु 40 ली नीजका नाउमा 97 साल्मा दर्ता भयको मकै व्यू पाटी ।5।4 जाने जगा भोग बंधकी दी सालको मकै ।15 बुझाउने कबुलीयत गरी दीयकोमा जगा लीय देखि कवुलीयत बमोजिं वाली नल्यायेकाले वालीको रु 199 भराई तम्सुकमा लेखियका कवुल बमोजिं थैली नआयेसम्म जगाको दावी मेताई पाउ भमने समेत वादी रहेछ।
सींडाडा भंन्य मानोमुरी ।7।8।6 मा अम्बर सीं कार्कीबाट कंरु 99 ली 2000।1।2 मा वंधकी दी सालको धां 1।5 बुझाउने कवुलीयत गरी दियको र मोरु 4। तीरो लागेको घरवारी स्मेत नीजै अम्बर सींलाई 2002 साल चैत्रमा बंधकी लेखिदी सोही मीतीमा मकै 1।5 कुट बुझाउने गरी कमाउन दियकोले कमायको छु 2001।12।26 मा वादीबाट कंरु 8 कर्जा ली चैत्र मैनामा सवाईका दर्ले ब्याज लगाई बुझाउला नबुझाये सीम्डाडा भंन्य खेत बंधकी लेखि दीउला भनी तम्सुक गरी दीयको हो वादीका दावी वमोजिं रुपैञा लीयको छैन भंन्य समेत प्रतेवादी रहेछ ।
प्रतेवादी भीम्बाहादुरले म बाट रु 66 ली 2000।1।2 मा सींडाडा खेत र रु 99 मा 2002।12।14 मा घरवारी भोग वंधकीमाली असामी भीम्बाहादुरलाई नै कमाउन दी कुट खाई आयकोले थैली उपर नभयेसम्म भोग गर्न पाउ भंन्य स्मेत पेटवोलीबाट बुजीयको अम्बर जंको वयां रहेछ ।
वादीबाट पेपस भयेको लेखत गरी दीयमा भीम्बाहादुर सावीतै भयकोले अम्बर जंलाई गरी दीयको लेखत पास नहुनकोहुनाले 2 थरिमीलेमा जैलेसुकै पनी खडा गर्न सकने हुदा धिगन्याही गरी कुट नदीयको स्मेत ठहर्छ भनी 05।12।29 मा धंकुटा अदालतबाट फैसला गरेको रहेछ ।
भीम्बाहादुर अम्बर जंले यौटै अपिल गरेकाले पनी मीलोमतो रहेछ भंनुपर्ने भीम्बाहादुरले अम्बर जमलाई गरी दीयको लेखत मीलेमतबाट जाल्साजी गरेकाले सजाये गरी पाउँ भनी वीस्नु बहादुरले नालेस गरेकोमा जाल्साजी गरेको ठहराई धंकुटा अदालतबाट फैसला गरेकोमा चीत्त बुझाई बसेकोले स्मेत न्साफ अदालतको मनासीव भनी 09।3।5।4 मा धंकुटा अपिलबाट फैसला गरेको रहेछ।
प्रतेवादी भीम्बाहादुर र अम्बरजं कार्की स्मेतले ईन्साफ सदर भयेमा लाग्ने डंड धरौट राषी अपिल गरेको यो मुद्दा बुझदा ।
प्रतेवादी भीम्बाहादुरले रु 8 संम कर्जा लीयको भनी प्रतेवादी दीयको भयेपनी वादीले फत्ता स्मेत 5 थां लेखत पेस गरेको देखाई कागज गराउदा सो लेषत गरेमा सावीत भयको देखिनाले सो लेखत कवुलीयत बमोजिं वालीको वीगो भराई दीने गरेको ईन्साफ धंकुटा अपिलको मनासीव . अपिल गरेमा हाकींका नाउमा कराउनेका 10 नंले दोश्रा अपिल हुदा अम्बर जंके सुरु डंड मोरु 5 को सैक्रा 5 ले मोरु ।25 पचीस पैसा र भीम्बाहादुरले सुरु डंड मोरु 37।35 को सैक्रा 5 ले मोरु 1।87 यक रुपैञा सतासी पैसा डंड हुन्छ सो डंड 2009।6।30 मा धरौट धंकुटा अपिलमा राषी अपिल गरेको हुदा सदरस्याहा गर्न पुर्जि गर्न लगत दी मुद्दा छीनीको जनाउ अपीलाटलाई दीनु ।
न्यायाधीस
इति सम्वत 2011 साल बैसाख 31 गते रोज 5 शुभम् ---------------------------------