• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८४ - दोहरा दर्ता

साल: २०११ महिना: बैशाख फैसला मिति :२०११/०१/३१ ९१

 

नेपाल प्रधान न्यायालय सींगल वेञ्‍च

अ.नं 47

मुद्दा दोहरा दर्ता

अपिलाट प्रतेवादी खड्गध्वज खतृ छेत्री प.4 नं.ई.वस्तरा वानेथोक धोद्रेखोला

विपक्ष वादी वीर बहादुर रोका मगर ऐ. माथ्रे ढुंगा -------------------------

 

 

 

 

 

इजलास

श्री माननीय न्यायाधीस भैरव राज पन्तो पाध्याय

फैसला

      यस्मा मु. मोहं बहादुर जीम्माको रुद्रवीरको दाले दर्ताको जगा मध्ये रु ।6 तिराको वलेदीं पाखो जगा रुद्रवीरले रु 150। मा 81।11।12 गते राजीनाम गरी दी 94 सालमा फटके तिरो रु ।50 समेत मेरा नाउमा दर्ता भएको र 99 सालमा अन्याए खड्गध्वजले दावी गरी मुद्दा पर्दा पनि मेरै राजीनामाको ठहरी फैसला भएको जगालाई प्रती भनी खड्गध्वज दर्खास्त दिने अरु अन्याएवालाले दर्ता हुने हो भनी मुचुलका गरी दिने गरेकाले नालेस गर्न आएको छ दर्खास्त मुचुलका बदर गरी मेरो जगा सदर थामी पाउ भंने समेत वादी रहेछ ।

      वादी दावीको वलेंदी भंने प्रती जगा दर्ता गर्न म खड्गध्वजले दर्खास्त गरी दर्ता गर्न हुने हुदा रु ।50 तिरो ठेकि दर्ता गर्ने मुचुलका गरी दिएका हौ सो जगा वादीका नाउमा दर्ता भएको पनि छैन रुद्रवीरका दर्ताको जगा र वादीले जीतेको जगा वेगलैछ भंने समेत प्रतेवादी रहेछन् ।

      वादीले आफ्ना नाउमा 94 सालमा रु ।50 दर्ता भएको भनेमा सोभए 98 सालमा वादीले दाता रुद्रवीरलाई रु ।6 तिरो बुझाउन नपर्ने र दर्ता बुझ्दा पनि वादीका नाउमा दर्ता भएको नदेखिएको झगडा परेको जगा वंवुटे भंने नक्सामा जनीएको देखिएको हुनाले ऐनले अवाद गरी खान पाउने हुदा प्र. जिकिर बमोजिं दर्ता हुने जगालाई मेरो भनी वादीले झुट्टै उजुर गरेको ठहर्च भनी 06।12।1 मा स्याङजा अदालतबाट फैसला गरेको रहेछ ।

     प्र.खड्गध्वजको र वादीको दाता रुद्रवीरको वंधकि तंसुक लुटपीट मुद्दा पर्दा वादीका राजीनामाको ठहरी फैसला भएको जगा र हाल खड्गध्वजले दर्खास्त गरेको जगा उहि मिलन आएको तेस्मा अवादी समेत देखिन आएकाले प्रतेवादीले वादीको हकको अवादी जगा समेत प्रति भनि दर्ता गर्ने गरी जालसाज गरेको र वादीले पनि अवादी सम्म आफ्नो हक भएकोमा प्रति वंवुटे भएको जगा समेत मेरा हकको भनि झुट्टा उजुर गरेको ठहर्छ भनी 07 साल पौष 12 गते पालपा अपीलले फैसला गरे उपर वादी वीर बहादुरको अपील परेकोमा प्रधान न्यायालय पैला फाटबाट 08।2।8 मा पालपा अपीलको इन्साफ सदर गरी छिनेको रहेछ ।

     प्रतेवादी खड्गध्वजले पालपा अपीलले छिनेको इन्साफमा चित्त बुझेन भनी धरौटी अपील गरेबाट विचार गर्दा अघी मुद्दा परि वादीले जिति पाएको जगा यस ठाउमा छ भनी अपीलाटले नक्सामा देखाउन नसकेकोबाट वादी वीर बहादुरको अवादी गरो वाहेक अरु प्रतेवादी अपीलाट खड्गध्वजले दर्ता गर्न पाउने गरेको फैसलामा लेखिएको वुदा प्रमाणबाट इन्साफ पालपा अपीलको मानसीव छ इन्साफ पारी छिने हाकिं उपर अपील गरेमा अपीलाट प्रतेवादी खड्गध्वजके सुरु डंड मोरु 5। पाचको हाकिंका नाउमा कराउनेका 10 नं का ऐनले पैला अपील हुदा सैक्रा 10 ले मोरु ।50 पचास पैसा डंड हुनेमा सो डंड तारेखमा बस्न नपरोस भनी 07।12।19 मा पालपा अपीलमा धरौट राखेको मिसिलबाट देखिएकाले सदरस्याहा गर्नु भनी पालपा अपीललाई पुर्जि गर्न तहसिलमा लगत दी मुद्दा छिनीएको जनाउ धरौटी अपीलाटलाई दिनु भनि मिसिल पालपा अपिलमा पठाउन प्रधान न्यायालय मिसिल विभागमा बुझाई दिनु ।

 

                                                      

                                                           न्यायाधीस      

इति सम्वत 2011 साल बैसाख 31 गते रोज 5 शुभम् ---------------------------------

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563