• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८५ - घर बनाएको रुपैञा दिलाई पाउ

साल: २०११ महिना: बैशाख फैसला मिति :2011/01/31 ९४

 

नेपाल प्रधान न्यायालय डीवीजन वेञ्‍च

ठा.नं 848

मुद्दा घर बनाएको रुपैञा दिलाई पाउ

नीवेदक, काई.असं कीसीढोका टोल बस्ने वादी ग्यांमां तुलाधर-------

विपक्ष, काई भींसेंथां बस्ने प्रतेवादी सीवराज श्रेष्ठ ----------------------

 

 

 

 

 

इजलास

श्री माननीय न्यायादीस प्र.मा.ने.ले.ज.प्रकास सम्सेर जङ्ग बहादुर राणा ।

श्री माननीय न्यायाधीस भैरव राज पन्तो पाध्याय ।

फैसला

      यस्मा काई. असं कीसीढोका टोलको ब्लक नं 9/43 नं को सडक लाईनको घर मध्ये पसल 1 तला प्रतेवादीको र तेसदेषी माथीको तला जम्मै मेरो भएकोमा अघी झगडा परी भएको 1 छापे फैसला बमोजीं प्रतेवादीको पसल 1 तला पनी मैले षर्च गरी बनाई सकेकोले म्यूनीसीपलले गरी दीएका लगत बमोजीं लागेको षर्च मोर 1000।84 प्रतेवादीबाट भराई पाउ भंने स्मेत ग्यांसींको वादी रहेछ ।

     अघी मेरो पसल तला धराप थीएन वादीले आफ्नो माथील्लो तला भत्काउदा जथाभावी भत्काई धराप पारी दीएकाले मैले षर्च दीनु पर्ने होईन भंने स्मेत वेहोराको सीवराजको प्रतेवादी रहेछ ।

     अघी देषीकै धराप नभै वाददीले माथील्लो तला भत्काउदा मात्र धराप भएको देषीनाले षर्च भराई पाउ भंने वादीको दावी झुट्टा ठहर्छ भनी रा.का.देवानी दोश्रा फाट्वाट 07।4।22 गते फैसला गरेको रहेछ ।

      अघी देषीनै ढल्की धराप भएको देषीन आएकोले घर बनाउदा लागेको षर्च प्रतेवादीबाट वादीलाई भराई दीनु पर्ने देषीन आएको म्यूनीसीपलबाट गरीदीएको लगत ईष्टमेट् बमोजीं बनाएको छ छैन भनी वभरसीयरलाई जचाउदा मोरु 5।56 घटाई जाचपास गरी दीएकोले सो मोरु 5।56 र ई लोह छ पुरानो नै कां लागने हुदा तेस्को मोरु 20। स्मेत जम्मा मोरु 25।56 घर बनाउदा लागेको षर्च मोरु 1000।85 मा कटाई बाकी मोरु 975।29 प्र सीवराजबाट वादी ग्यांमांलाई भराई दीने ठहर्छ भनी अपील तेश्रा फाटका हाकीं असीष्टेन्टले 08।2।27 गते फैसला गरेको रहेछ।

       वादीले माथील्लो तला भत्काई ल्याएबाटै पसलको थाम् नीदालहरु ढल्कीन गएको देषीनाले घर बनाएको षर्च नपाउने गरेको ईन्साफ देवानी दोश्रा फाट्को मुनासीव छ भनी अपील तेश्रा फाट्का विचारी तुल्सीलालको राय पर्चा रहेछ ।

     सुरु देवानी दोश्रा फाट्को ईन्साफ सदर गरी राय पर्चा गरेको ईन्साफ अपील तेश्रा फाट्का वीचारी तुल्सीलालको मुनासीव छ भनी प्रधान न्यायालय चौथा फाट्बाट 09।1।17 गते फैसला गरेको रहेछ ।

     अघी देषीकै धराप पसललाई मैले माथील्लो तला भत्काउदा धराप पारेको ठहराई न्यायालय चौथा फाट्बाट फैसला गरेमा चीत्त बुझेन भनी वादी ग्यांमांले वींती चढाउदा मीसील झीकी ईन्साफ जाछी ऐंसवाल बमोजीं गर्नु भंने 09।2।31 गतेको आदेस रहेछ ।

      यस्मा पसल धराप पारी राख्यो भनी जाचकी भरथ गुभाजुको रीपोट् परी प्रतेवादीलाई पक्राउ गरी कागज गराउदा पसल धराप भैरहेको छैन भनी कागज गरेकोमा वभरसीयरले जाचदा पसलको नीदाल गाह्रो देषी ।3 वाहीर नीस्केको डंडीले तान कसीराषेको दलींहरु गाह्रो पट्टी केही झुकी रहेको ऐ. मुनी गाह्रो केही भत्कीरहेको वारमाथीको नीदालमा डनै षंडको दलींहरु अडी पसल धराप भैरहेकोले तेसमाथी तला थपी बनाउदा अडन नसकने भएकोले जमीनै संम भत्काई दीएमात्र धरापको वचोट् हुंछ भनी नक्सा स्मेत गरी ज्वाफ दीएको र म्यूनीसीपलका हाकीं गै जाचदा पनी पसलको थांहरु धल्की धराप भैरहेको देषीएकोले तेसमाथी तला थपी बनाउदा अडन नसकने भएबाट जम्मै भत्काई बजबुती साथ वादीलाई बनाउन दीने ठहराई म्यूनीसीपल नक्सा मुद्दा फाट् म्यूनीसीपल गोस्वाराबाट र १ छापे लगाएतबाट फैसला भै पुरानो कां लागने काट् ईट् स्मेत कटाई म्यूनीसीपलबाट गरीदीएको लगत ईष्टमेट बमोजीं प्रतेवादीको पसल 1 तला वादीले षर्च गरी बनाई तयार पारी सकेको देषीन आएकोमा सो पसल बनाउदा लागेको षर्च वादीले पाउदैन भंदा न्याय नपर्ने हुनाले र भूकंपमा परेको पुरानो घर भएको र तेस्माथी उत्तर पट्टीको रत्नमांको पसल ............संग बनाउदा झगडा परेको पसलको नीदाल नीराधर हुगै अघी नै तानको आधारमा रहेकोबाट तेस्तोमा तला थपी बनाउन कीमार्थै नहुने हुनाले र अरु अपील तेश्रा फाट्का हाकीं असीष्टेन्टका फैसलामा लेषीएका वुदा प्रमाणबाट प्रतेवादीको घर एक तला बनाएको षर्च मोरु 975।29 प्रतेवादीबाट वादीलाई भराउने गरेको ईन्साफ अपील तेश्रा फाट्का हाकीं असीष्टेन्टको मुनासीव छ देवानी दोश्रा र अपील तेश्राका वी. तुल्सीले र प्रधान न्यायलय चौथा फाट्बाट गल्ती गरेको ठहर्च सो गल्ती गरेमा केही गर्नु पर्दैन अरु तपसीलका मानीलाई तपसीलमा लेषीए बमोजीं गर्न तहसीलमा लगत दी मीसील मीसील पाट्मा बुझाई दीनु ।

वादी प्रतेवादीहरुके कोर्टफी लागेको मुद्दा हुदा केही गर्नु नपर्ने ----------------------------------1

प्र.सीवराज श्रेष्ठके वादी ग्यांमां तुलाधरले नालेस दर्ता गर्दा राषेको कोर्टफी मोरु 57।47

मध्ये घर बनाएको वीगो मोरु 975।29 भरी पाउने ठहरी फैसला भएकोले तेस्मा लागेको

कोर्टफी मोरु 48।77 र वादी नकल दस्तुर मोरु ।50 ईतलाएनामा दस्तुर मोरु ।12

स्मेत जम्मा मोरु 49।39 उनंचास रुपैञा उनंचासलीस पैसाको दस्तुर केही नलीकन र

घर बनाउदा लागेको षर्च मोरु 975।29 नौसय पचहत्तर रुपैञा उनंतीस पैसाको कोर्टफी

सवाल बमोजीं दस्तुर ली. भराई पाउ भनी प्रतेवादीको जायजात देषाई वादीको ऐंका म्याद

भीत्र दर्षास्त परेका वषत प्रतेवादीको जायजात गरी प्रतेवादीबाट वादीलाई जम्मा मोरु

1024।68 भराई दीने भनी अपील तेश्रा फाट्का हाकीं असीष्टेन्टले फैसला गरेकोमा

न्यायालय चौथा फाट्को लगत कट्टा गरी अपील तेश्रा फाट्का हाकीं असीष्टेन्टका फैसला

बमोजीं भरी भराउ गरीदीनु भनी तहसीलमा लगत दीने ----------------------------------------2

वादी ग्यांमांके अपील तेश्रा फाट्मा अपील गर्दा राषेको कोर्टफी मोरु 5।75 र न्यायालय

मा अपील गर्दा राषेको कोर्टफी मोरु 2।87।2 स्मेत नलागने हुदा ऐंसवालको रीत पुर्‍याई

फीर्ता दीनु भनी तहसीलमा लगत दीने --------------------------------------------------------3

वादीका साछी देहाएका मानीसके देवानी दोश्रा फाट्का फैसलाले गर्ने गरेको देहाए बमोजीं

को जरीवाना नलागने हुदा असुल भए फीर्ता र नभए वेहोरा जनाई लगत कट्टा गरी दीनु

भनी ऐ.--------------------------------------------------------------------------------------4

मदनसीं षड्काके मोरु--------1।

नारायण दास श्रेष्ठके मोरु ----1।

अपील तेश्रा फाट्का देहाएका मानीसके न्यायालय चौथा फाट्का फैसलाले गर्ने गरेको

जरीवाना नलागने हुदा ऐ ऐ -------------------------------------------------------5

सु. देवप्रसाद लोहनीके मोरु -------1।25

अडी. दोजराज पाध्या के मोरु -------।75

 

 

                                     न्यायाधीस                 न्यायाधीस      

इति सम्वत 2011 साल बैसाष 31 गते रोज 5 शुभम् ---------------------------------

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563