• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८६ - लेंदें जगा

साल: २०११ महिना: बैशाख फैसला मिति :2011/01/31 ९०

 

नेपाल प्रधान न्यायालय सीङ्गल वेञ्‍च

ठा.नं 130

वादी वीराट्नगर बजार बस्ने बुधीलाल मछाजु

वीपक्ष प्रत्येवादी वीराट्नगर बजार बस्ने नोरचन्द्र उपाध्या स्मेत

 

 

 

 

 

मुद्दा लेंदें जगा

इजलास

श्री माननीय न्यायाधीस भैरव राज पन्तपाध्या ।

फैसला

      येस्मा डीठा महाप्रसाद 95 सालमा मरे नीजका नाउमा दर्ता भयेको मौजा मौजाको जगा वीगहा 4।391 के रु 401 मा नीजका दाजु गंगा प्रसादले 95।6।29 गते फार्छे गरी पास गरी नदीदा नालेस परी पास हुने ठहरी फैसला भयेकोमा सो जगा नीज महाप्रसादले लीयेका उखूको ब्यू वारे टास गर्दा उजुर गरेमा सर्कारी वाकी इश्वरी चंले तीर्नुपर्ने ठहरी तोक सदर भयेकोले वीगो असुल भै मालबाट चलं स्मेत दीयेकोमा सो जागा डीठेनी बाबारानीबाट राजीनामा गराई ली सकेका छं भनी नंदप्रसाद नोरचंद्र स्मेतले खीचोला गरे सो कारवाद् भाउजु सावीत्रीबाट चलेकोमा नीज पोइल गयेकीले जगा मेरा नाउमा दाखेल दर्ता गरीपाउ भन्ने बुधीलालको उजुरी वयां,

      डी मयाप्रसादका नाउको जगा नीजको स्वास्नी बाबारानीको दर्खास्त परी सरजमीं बुझी दर्ता भयेकोले सावीत्रीका नाउमा दर्ता गर्न वाधा परी रीपोट दीयेको पछी डीठेनी बाबारानीबाट नंदप्रसादले जगा लीयेकोले पास गरी दीनु भन्ने पुर्जी आउदा दोहरा दाखेल दर्ता गर्न नहुने हुदा रीपोट दीदा जस्को हक छ छुट्टाई लीनु भंन्ने तोक लागी आयेको सावीत्रा पोइल गै सकेकीले जस्को हक हुन्छ दाखेल खारेज गर्न मंजुर छ भंन्ने  गोपीनाथ डी दधीराम स्मेतको वयां,

     लोग्ने महाप्रसादका नाउको जगा लोग्ने परलोग भयेकोले मेरा नाउमा दर्ता भयेको छ मैले नोरचंद्र नंदप्रसादलाई बीक्री गरेको हुं जेठाजु गंगाप्रसाद 35/40 वर्ष अघी नै भीन्न भयेकोले नीजको हकलाग्ने छैन भन्ने डीठेनी बाबारानीको वयां,

      ज्मा जगा कठा ।।।.4 कंरु 9000 मा बाबारानीबाट सांतादेवीका नाउबाट पास गरी लीयको छु भन्ने नोरचन्द्र उपाध्याको वयां,

      डी. बाबारानीबाट कंरु 8001 मा वीगहा 3।2। जगा राजीनामा गरी नालेस परी लेखत पास हुने ठहरी फैसला भयेकोले पास स्मेत भै भोगेको छु भन्ने नंदप्रसादको वयां,

      सवालका 11 दफाले दोहरा परे नपरेको बुझीरहनु नपर्ने हुदा पास भयेको हो भन्ने सु.सारदा प्रसाद स्मेतको रीपोट,

      डी महाप्रसादका नाउको जगा बाबारानीका नाउमा दर्ता भयेको छ भन्ने वीसेस्वरको वयां,

      मोरं अपीललाई स्मेत राषी ऐन बमोजीं गरी छीनी नतीजा जाहेर गर्नु भन्ने उकाजको फों,

      गंगाप्रसादको र ईश्वरी चं स्मेतको हकसफा मुदा वादीको हक ठहर्दैन भन्ने तोक सदर भयेको उखुबारेका मुदामा गंगाप्रसादका नाउमा म्याद टास हुदा येती जगा मेरो हक हो बीक्री गरेको छु भन्न आउन नसकी म्याद गुजारेको 91 सालमा महाप्रसाद मरी 4 वर्ष पछी 95 सालमा जाल गरी आफना नाउमा दर्ता नगरी गंगाप्रसादले हक नपुग्ने जगा बीक्री गरेको देखीयेको हक षाने स्वास्नी बाबारानीको मंजुरी नगरी नीज बाबा रानीका नाउमा दर्ता भयेका जगा गंगा प्रसादले वादीको दाजु पुर्णलाललाई आफनो हक नपुग्ने जगा जाल गरी बीक्री गरेको सदर हुदैन वावारानीले नंदप्रसाद सान्तादेवीलाई बीक्री गरेको सदर ठहराइ 6।5।12 गते मोरं वीराट्नगर गोस्वारा र ऐ मोरं वीराट्नगर अपील स्मेत भै फैसला गरी नतीजा जाहेर गरेको,

      पेस हुन आयेको यो मुदा बुझदा इन्साफ र सजायेलाई जाहेर गरेको नभै प्रमाङ्गी वमोजीं नतीजालाई सम्म जाहेर गरेको जाहेर भयो ऐन सवाल वमोजीं गर्नु भनी मीसील मोरं वीराट्नगर अपीलमा पठाइदीनु ।

 

                                                           न्यायाधीस      

इति सम्वत 2011 साल बैसाष 31 गते रोज 5 शुभम् ---------------------------------

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563