• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८७ - डाका

साल: २०११ महिना: बैशाख फैसला मिति :2011/01/31 ९२

 

नेपाल प्रधान न्यायालय सङ्गल वेञ्‍च

अ.नं.207

मुद्दा डाका

अपिलाट् जि.मो.प्र.भाला भलेनि मौजे वुगडहरी झोरा घर भै हाल विरगंज जेलमा थुनियाको संपतिया थारु-----------

वीपक्ष प्रगंना गोग्राह मौजे कुसाह गछ. सितापुर बस्ने पुरं साहु तेलि

 

 

 

 

 

 

इजलास

श्री माननीय न्यायाधिस भैरव राज पन्तो पाध्याय ।

फैसला

      येस्मा 9।8।8 का रात्मा मेरा घर्मा डाका गर्न आउने फकिरा अगद अफिया थारु संपतिया थारु नेपलिया थारु 4 जनालाई चिने नीजहरु र अरु नचिनेका डाकाहरुले कंरु 754 को धंमाल डाका गरेकोमा सजाये गरी सो वीगो भराई पाउँ भंने समेत 9।8।10 मा दियाका दर्खास्त बमोजिं 9।8।13 मा पुरं साहले गरेको वयां रहेछ ।

     पुरं साहका घर्मा हामी र मुक्तिनाथ समेत डाका गर्न गयेका हु 1।2 वट्टा चुरोट् ---सुपारी सम्म हामीले लीयेको छ धंमाल लियेको छैन भंने समेत फकिरा अधीयां संपतीया नेपलिया स्मेत 4 जनाको वयां भयाको रहेछ ।

     हामिले पुरं साहको घर्मा डाका गर्न गयेका छैनौ अधिया थारु समेतले हाम्रा उपर झुट्टै पोल गरेका छं भंने स्मेत मुक्तिनाथ स्मेत 17 जनाको ईंकारी वयां रहेछ ।

          बुझिये सम्मका प्रमाणबाट फकिरा अधीया संपतिया नेपलिया स्मेत 4 जनाको हकमा साविति हुनाले डाका गरेकै ठहर्छ अरु मुक्तिनाथ जैसी 1 ईन्द्रलाल थारु 1 सोनि तेली 1 मीधिदास मुसहर 1 वादि चौधरी 1 लछमी थारु 1 टकुं चौधरी 1 छवीलाल खोटा 1 वद्रि जैसी 1 कुस्मा मिश्रा 1 अविकेसर जैसी 1 वलदेव तेलि 1 गंगाराम 1 वेदी चौधरी 1 मुसहर चौदरी 1 वृहस्पतीया खोटा राजवंसी 1 संता थारु 1 समेत 17 जनाले डाका गरेको ठहर्दैन अंतरेमाहादीया 1 जैलाल माहादीया 1 स्मेत 2 जना फरार रहेकाले 3 अडा बसी ...हुदा मुलतवि रहेकोमा जचाउँन नपर्ने समेत ठहराई 10।3।32 मा मोरं गोस्वारा ऐ अपिलले फैसला गरेको रहेछ ।

      ईन्साफ गोस्वारा र अपिलको ठहर मनासिव मुलतवि रहेका 2 जनाको हक्मा अ.वं 241 नं का ऐं बमोजिं जाहेर गर्ने भंने समेत ठहराई विराटनगर अमिनिले ऐमा राये पर्चा गरेको रहेछ ।

      सो ईन्साफ चित्त बुझेन भंन्या प्र.संपतियाको अपिल परेको यो मुद्दा पेस हुन आयेको बुझदा 9।8।8 का रात मेरा घर्मा डाका गर्ने संपति थारुलाई चिनेको भनि मौका दर्षास्त वयां गर्दा समेत वादी पुरं साहुले पोलेको सो .....डाका गर्न आउने चिनेका मानिस भनि वादिले पोलेका नेपलिया थारु 1 अधिया थारु 1 फकिरा अगर समेतले पनि निज संपतियालाई पोले बमोजिं निजहरुसंग आफु समेत डाका गर्न गयेमा सावित भै वयां गर्ने निज संपतियाले कुट्पिट् गरी सावीत गराएका हुं म डाका गर्न गयेको छैन भंने अपिल जीकिर समेत गरे तर्फ तेस्कुरामा म्याद भित्र उजुर गरेको नदेखियाको निज संपतियाको बाबु गौरन दास थारुले 9 साल माघ मैन्हामा चढायाको विंतिपत्रमा पनि छोरा संपतियालाई कुट्पिट् गरी डाकामा सावित गरायेका छं भंने कुरा लेखेको समेत नदेखियेकोबाट ईन्साफ मोरं गोस्वारा ऐ अपिल विराटनगर अमिनिको मनासिव ठहर्छ मुलतवीतर्फ अमिनीले राये बजाई अ.वं. 241 नं का ऐं बमोजिं जाहेर गरेको मुनासिव हुदा तेसतर्फको गल्तीमा गोस्वारा अपिललाई केहि गर्नु पर्दैन  अपिल गरेमा नीज संपतियालाई सुरु डंड कंरु 1131 र कैद वर्ष 6 को हाकिंका नाउमा कराउनेका 10 ले डढौड कंरु 113।।।। डंड र ।7।6 कैद गर्नु तेस्को लगत तहसिलमा दीनु किनारा भयाको जनाउ अपिलाट्लाई दी लेखिया बमोजिं गर्न मिसिल मोरं गोस्वारामा पठाईदीनु ।

 

 

                                                           न्यायाधीस      

इति सम्वत 2011 साल बैसाष 31 गते रोज 5 शुभम् ---------------------------------

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563