निर्णय नं. ८८ - पसलबाट उठाई पाउँ भंन्ये
नेपाल प्रधान न्यायालय सीङ्गल वेंच
अनं 441
मुद्दा पसलबाट उठाई पाउँ भंन्ये
अपिलाट् प्रतेवादी काई न्हचोखा टोल बस्ने कृष्णभक्त श्रेष्ठ-------------- |
वीपक्ष्य वादी काई छत्रपाटी बस्ने परमानंद श्रेष्ठ |
ईजलास
श्री माननीय न्यायाधीश भैरव राज पन्त उपाध्याय ।
फैसला
मैले 67 साल्मा दर्ता गराई ली मेरा नांमा का. पोता लगतमा दर्ता भयाको सालको वाहाल मोरु 61 लागेको काई मखंटोलको का.छेभडेल अडा मुनीको 3।4 नं को पसल कवल 2 मा पसल थापी बसी आएको अंकुल नमीलेकाले सो पसल छोडी छत्रपाटीमा बस्न गएकोमा अंन्यायेको बाबु स्यामकृष्ण साहु आई तीमीलाई चाहीने वखत् छाडीदीनेछु तीमी मार्फत वाहाल तीर्ने गरी पसल मलाई देउ भनी भंदा लीखत् केही नगराई वाहाल तीमीले नै हस्तेवारीबाट तीरी देउ चाहीएमा पसल छोडी देउ भनी 82 साल देखी छोडी दीयाको स्यांकृष्ण मरेको 16X17 वर्ष के भयो पसल मलाई छोड देउ भनी 4 साल देखी भराबर भंदा सो ईवी ली 06 सालको वाहाल बाँकी राखेबाट अडाले पक्राउ गर्दा वाकी वाहाल तीरी पसल छोडी देउ भंन जादा वाहाल यती दीदैन पसल पनी छोडदीन भनी जवाफ दी बाबु स्यांकृष्णकै पासामा मोरु 500 मा पसल राजीनामा गराई लीयाको भुकंपमा राजीनां हराये मेरै हक कायं गरी पाउँ भनी अंन्याये वाला कृष्णभक्तले वींतीपत्र दी पोता रजीष्टेंले हक वेहक ठहराई आउनु भनी पर्चा गरी सुनाएकाले नालेस गर्न आयाको छु राजीनामा गरी दीयाकै छैन चार कील्ला भीत्रको पसल अडैबाट उठाई मलाई दीलाई पाउँ भंन्ये स्मेत वेहोराको परमानंदको वादी रहेछ।
बाबु स्यांकृष्णले मोरु 500 मा सो पसल परमानंदसंग राजीनामा गराई लीएको हो बाबु छंज्याल बाबुले र पछी मैले वाहाल तीरी भोग गरी आएको आलताल गरी नांसारी गरी नदीएको राजीनामा भुकम्पमा परी वेपत्ता भएको मैले दीएको वींतीपत्रबाट सरजमीं बुझ्दा अघी देखी मेरै भग चलं भंने मुचुल्का भएको वाहाल जम्मा 198।25 मबाट ली सरौटी ....राजीनामा गरी दी हकै टुटी सकेको यो वादीको कवुलीयत छ भंन र पेस गर्न नसकी गरेको नालेस सरकारी तीरो लागने नालेसै लागन नसकी खारेज हुनुपर्ने भंन्ये स्मेत वेहोराको कृष्णभक्तको प्रतेवादी रहेछ ।
राजीनामा भुककम्पमा परेको भया साहु असामीको 1 नं बमोजीं आर्को लीखत गराई लीन नसकेको घर बनाउनेको 22 नं मा यती राजगुठी रैकर गैर्हमा बनेको घर पसल ईत्यादी वेचन हुदैन भंने लेखेकोबाट स्मेत प्रतेवादीको पसलमा हक नपुगने पसलबाट उठन नपरोस भंने प्रतेवादी जीकीर पुगन सकदैन भंने स्मेत ठहराई देवानी दोश्राले 09।7।22।6 मा फैसला गरेको रहेछ देवानी दोश्राको फैसलामा चीत्त बुझेन भंन्ये स्मेत वेहोराको कृष्णभक्तको अपील रहेछ ।
ईन्साफ सुरुको मुनासीव गरी अपील पैलाबाट 09।12।30।1 मा फैसला गरेको रहेछ ।
सो अपील पैलाको फैसलामा चीत्त बुझेन भंन्ये स्मेत वेहोराको कृष्णभक्तको अपील रहेछ ।
येस्मा वादी परमानंदको नीवेदन पत्र पेस भै सो मुद्दा कजलीष्टमा चढाई पेस गर्नु भंने आदेस बमोजीं पेस हुन आएको मुदामा बुझ्दा सरकारीया तीरो लागेको पसल घर बनाउनेको 22 नं ले कींवेच गर्न नपाउने हुनाले इन्साफ सुरुको मुनासीव गरी अपील पैलाले छीनेको ईन्साफ मुनासीव छ प्रतेवादी कृष्णभक्तलाई दोश्रा अपील हुदा सजाये तर्फ कोर्तफी रही दायेर भएको हुदा अपीलाटलाई केही गर्न नपर्ने र मीसील मीसील फाटमा बुझाई दीनु ।
न्यायाधीस
इति सम्वत 2011 साल जेष्ठ 1 गते रोज 6 शुभम् ---------------------------------