निर्णय नं. ८९ - जगा नीखनाई पाउँ
नेपाल प्रधान न्यायालय सीङ्गल वेंञ्च
ठानं 925
मुद्दा जगा नीखनाई पाउँ
भ.पु ई कोल्पाकोट बस्ने नीवेदक वादी योगेश्वर पोखर्याल जैसी---- |
भ.पु.ई.पोख्रेल गाउँ बस्ने छत्र बहादुर थापा क्षत्री 1 ऐ ऐ बस्ने गणेश बहादुर खत्री क्षत्री समेत |
ईजलास
श्री माननीय न्यायाधीश भैरव राज पन्त उपाध्याय ।
फैसला
छत्र बहादुरसंग 92 साल्मा मोरु 50 कर्जा ली भ.पु.माल्मा सालको मकै पाथी ।3।6।4 तीरो लागने अं पाखो रोपनी 22/।।2 जगा भोग वंधकी दीएको 96 साल्मा गणेश बहादुरको बाबु नरध्वजसंग 99 कर्जा ली नं 406 को रोपनी 2।।/ भोग वंधकी दीएको हुनाले नीजहरुले भोग गरी आएको 04 सालको तीरो मैलाई तीराएको 2।3 सालको तीरो नीजहरुले तीरेको 5 सालको तीरो तालुकदारले नबुझेमा दरकास्त ....दीएको प्रमांगी वमोजीं कारवाई भै जगा राजीनामा बमोजीं तीरो भरो गरेको भंने नीजहरुको कागज भएमा मोहीया सावीकै नां कायंछ जीं हरी बहादुरको कागज भै हक वेहकमा नालेस गर्नु भनी पर्चा गरी सुनाये वमोजीं नालेस गरेको छु छत्र बहादुरलाई रु 51 र गणेश बहादुरलाई 99 बुझाई पाउँ भंन्ये योगेश्वरको वादी रहेछ ।
93 साल चैत्र 11 गते मोरु 51 कर्जा ली जगा राजिनामा गरी दीएकोले 4 सालको तीरो आफुले बुझाएमा मेरो हक नजाने 04 सालको वाली मैले नै बुझाएकोमा नीजको उजुरीबाट नालेस गर्नु भनी सुनाएको नांसारी गरी पाउँ भनी वादीका नांमा नालेस गरेको वंधकी भंने वादी लेखाई झुठा हो राजीनां सदर गराई पाउँ भंने छत्र बहादुरको प्रतेवादी रहेछ ।
96 साल वैसाख 15 गते तालुकदार ललीत वं साछी राखी रु 99 मा बाबा नरध्वजलाई वादीले राजीनामा गरिदीए बमोजीं जगा भोग चलं गरी आएको 03 साल्को वाली बुझी रसीद दीएको 4 साल्को वाली नांसारी नगरी ...रसीद दींन भनेको 4।5 साल्को वाली वादीलाई तीर्न लगायेमा 5 साल्को नबुझाईकं ....जगाको तीरो बुझीदीयेन भनी उजुर गरी कारावाई भै नालेस गर्नु भनी सुनाएको झुकां पारी राजीनां गराएको छैन जगा वंधकी भए वादीले दोहरी पेस गर्न नसकेकोले राजीनामा सदर गरीपाउँ भंन्ये गणेश बहादुरको प्रतेवादी रहेछ ।
झुकां पारी राजीनां गरायेको भए वादीले जालसाजी तर्फ उजुर गरी बदर गराउन नसकेको नांसारी गरी पाउँ भनी वादी उपर छत्र बहादुरको उजुर परेपछी मात्र नीखनाई पाउँ भनी यो वादीले उजुर गरेको देखेको नांसारी गरीदीने ठहराई आजै फैसला भएकाले राजीनां भै सकेको जगा वंधकी नीखनाई पाउँ भनी वादीले झुट्टै उजुर गरेको ठहर्छ भंन्ये स्मेत वेहोराको भक्तपुर अदालतले 07।6।2 मा गरेको फैसला रहेछ ।
भक्तपुर अदालतको फैसलामा चीत्त बुझेन भंने योगेश्वरको अपील रहेछ ।
ईन्साफ भक्तपुर अदालतको मनासीव गरी अपील दोश्राले 07।5।27 मा गरेको फैसला रहेछ ।
हदमुनी गरी अपील दोश्राले फैसला गरेकाले ईन्साफ जाची पाउ भंन्ये योगेश्वरको वींतीपत्रमा मीसील झीकी ईन्साफ जाचीदीनु भंन्ये प्रधान न्यायाधीशको आदेस रहेछ ।
सकल राजीनामाहरु ली आउनु भनी प्रतेवादी छत्र बहादुर थापा क्षत्री र गणेश बहादुर खत्री क्षत्री स्मेत झीकाई मुद्दा पेस गर्नु भंन्ये 10।11।22।6 को सीङ्गल वेंञ्चको आदेश रहेछ ।
येस्मा पेस भएको सकल राजीनामा योगेश्वरले वयां गर्दा कृते भंन नसकेको तीरो तीरेको रसीदहरु पनी प्रतेवादीहरुबाट पेस भैरहेको मीसीलबाट देखीयेको हुनाले र नांसारी मुद्दा तर्फ नामसारी गरीदीने ठहराएको भक्तपुर अदालतको इन्साफ मुनासीव गरेको अपील दोश्राको ईन्साफ मुनासीव भै आजै सीङ्गल वैंचबाट फैसला भै छीनीएकोले येसतर्फ भोगवंधकी नीखनाई पाउँ भनी वादीले झुट्टै उजुर गरेको ठहराई भक्तपुर अदालतले गरेको ईन्साफ मुनासीव गरी गरेको अपील दोश्राको ईन्साफ मुनासीव दोहराएमा सुरु कोर्तफी मोरु 7।50 को हाकींका नाउमा कराउनेको 11 नं ले दसौद मोरु ।75 पचहत्तर पैसा डण्ड हुंछ रुजु हुदा ऐंसवाल बमोजीं गर्नु भनी लगत दी मीसील मीसील फाँटमा बुझाई दीनु ।
न्यायाधीस
इति सम्वत 2011 साल जेष्ठ 1 गते रोज 6 शुभम् ---------------------------------