निर्णय नं. ९१ - नामसारी
नेपाल प्रधान न्यायालय सीङ्गल वेंञ्च
ठानं 158
मुद्दा नामसारी
नीवेदक भ.पु ई कोल्पाकोट बस्ने नीवेदक वादी योगेश्वर पोखर्याल जैसी------------------------- |
वीपक्ष भ.पु.ई.पीखेल बस्ने वादी छत्र बहादुर थापा क्षत्री
|
ईजलास
श्री माननीय न्यायाधीश भैरव राज पन्त उपाध्याय ।
फैसला
येस्मा योगेश्वरले मसंग मोरु 51 कर्जा ली नीजका हक दर्ताको पीखेल मौजाको ...रैकर स्मेत 4 कील्ला भीत्रको भ.पु.माल्मा तीरो बुझाउनु पर्ने रोपनी 23।।2 जगा 93।12।15 मा राजीनामा गरीदीएकाले तीरो बुझाई चलं गरी आएकोमा योगेश्वरको उजुरी वींतीपत्रबाट कारवाइ भै हक वेहक गरी आउनु भनी मालबाट गरेको पर्चामा नांसारी नभएको भंने लेखेको देखेकाले नालेस गर्न आएको छु राजीनाम सदर गरी नामसारी गरी पाउ भंने छेत्र बहादुरको वादी रहेछ ।
छत्र बहादुरलाई मोरु 51 मा जगा राजीनाम गरी दीयाको नभै वंधकी दीएकोमा 94 सालको तीरो मैलाई तीराई 95 साल देखी नीजले र 97 साल देखी हस्तेवारीबाट तीराएको 01 सालमा मैलाई तीराएको झुकान पारी राजीनामा गराएको भै नांसारी गराउन नसकेको वादीको लेखाई झुट्टा हो भंने स्मेत वेहोराको योगेश्वरको प्रतेवादी रहेछ ।
राजीनामा प्रतेवादीले गरी दीयाको नभया जालसाजी कृते के हो उजुर गरी बदर गराउन नसकेकोले राजीनाम गरीदीयाकै ठहरी नीखंन नपाउने गरी आजै फैसला भएकाले नामसारी गरीदीनु पर्ने ठहर्छ भंन्ये स्मेत बेहोराको भक्तपुर अदालतको 07।6।2।2 मा गरेको फैसला रहेछ ।
भक्तपुर अदालतको फैसलामा चीत्त बुझेन भंने स्मेत बेहोराको योगेश्वरको अपील रहेछ ।
ईन्साफ भक्तपुर अदालतको मुनासीव गरी 07।10।27।6 मा अपील दोश्राले फैसला गरेको रहेछ ।
योगेश्वरको वींतीपत्रमा 7 साल्मा छीनेको रहेछ भने मीसील झीकी ईन्साफ ऐं सवाल बमोजीं गर्नु भंन्ये 8।7।4 मा भयाको आदेस रहेछ ।
येस्मा जगा नीखनाई पाउ भंने मुदामा पेस भएको राजीनामा योगेश्वरले वयां गर्दा कृते भंन नसकेको तीरो तीरेको रसीदहरु पनी प्रतेवादीहरुबाट पेस भैरहेको मीसीलबाट देखीयाको हुनाले भोग बंधकी नीखनाई पाउ भनी वादीले झुट्टै उजुर गरेको ठहराई भक्तपुर अदालतले गरेको ईन्साफ मुनासीव गरी गरेको अपील दोश्राको ईन्साफ मुनासीव भै आजै सीङ्गल वेंचबाट फैसला भै छीनीएकोले यो नामसारी मुद्दामा नामसारी गरीदिने ठहराएको भक्तपुर अदालतको ईन्साफ मुनासीव गरी अपी दोश्राले ठहराएको ईन्साफ मुनासीव मीसील मीसील फाट्मा बुझाई दीनु ।
न्यायाधीस
इति सम्वत 2011 साल जेष्ठ 1 गते रोज 6 शुभम् ---------------------------------