• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९२ - जगा तिरो दपोट

साल: २०११ महिना: जेष्ठ फैसला मिति :२०११/०२/०१ ९२

 

नेपाल प्रधान न्यायालय सिङ्गल वेंञ्च

अ.नं.46

मुद्दा जगा तिरो दपोट

अपीलाट वादी स्यूराम खत्री छेत्री प्यूठान पुनिगाउ मध्ये वगमारा बस्ने

विपक्ष-जी.मू.दल बहादुर थापा समेत ऐ पुनीगाऊ ।

 

 

 

 

 

ईजलास

श्री माननीय न्यायाधीश प्रदीप्त मान्यवर नेपाल तारा ले.ज.प्रकाश शमशेर ज.व.रा.

फैसला

      यस्मा प्यूठाना कालाशेष थुनिगाउ तालुक 25 सालदेखि अवादी दर्ता भै 93 साल सम्मको तिरो सर्कारमा दाखिल भएको मोहि ऐमानको काम दरा भंने चीसापानी भंने पुए भंने देवरको फिरकुली भंने जग्दे दमाईको द्रगा भंने गन बहादुरको पनेला बोट भंने जुठो फालने भंने मान बहादुरको पनेला बोट भंने समेत पाखा जगाहरु सो तालुकदार दल बहादुरले 94 सालको घरदरमा दर्ता गर्न छुटाई तिरो आफूले खाने गरेकाले साल 1 को जम्मा तिरो रु 5।77 का दर्ले 94 साल देखि 05 सालतक वर्ष 12 को जम्मा तिरो रु 69।24 विगो उपर गरी जगा दर्ता गराई तालुकी वर्खास्त गरी पाउ भंने समेत वादी रहेछ ।

      ऐमानको कामदेरा भंने पाखो दवाए भंने हक्मा आरंबोट पाखो भै काले कामीका नाउमा रु ।13 दर्ता भएको हाल राजीनामबाट सर्जनले भोग गरेको छ ऐमानकै चीसापानी दवाए भनेकोमा ऐमानको बाबू थेपचूका नाउमा रु ।30।2 दर्ता भएको गरौ हालने पाखो भै हाल सर्जनको भोग भएको ऐमानकै पुए भंने पाखो दवाए भनेकोमा ऐमानकै बाबू थेपचूका नाउमा रु ।32 दर्ता भएको वर्षे खुटे भंने भै हाल सर्जनले भोग गरेको देवरको फिरकुली दवाए भनेकोमा देवरकै नाउमा रु  ।30 दर्ता भएको भीरकुना भंने हो जग्दे दमाईको माईको द्रगा भंने जगा दवाए भनेकोमा नीज जग्देको बाबू मंसुर दमाईका नांमा रु ।8 दर्ता भएको भीरधारी भंने हो गन बहादुर पनेलाबोट दवाए भनेकोमा नीजैका भाई टिकाराम रु ।62।2 दर्ता भएको निजै गन बहादुरको जूठो फालने दवाए भनेकोमा सो पनि भाई टीकारामका नाउमा रु ।62।२ दर्ता मध्येको हो मान बहादुरको पनेला बोट दवाए भनेकोमा नीजैका नाउमा रु 1। दर्ता छ दपोट गरी खाए खुवाएको छैन नाउ फरक पारी झुट्टा उजुर गरेको हो भंने स्मेत प्रतेवादी वयां रहेछ ।

      झगडा परेको जगा हाल अवादी हो भंन वादीले नसकि 25 सालमा दर्ता भै 93 सालसम्म तिरो चलेको 94 सालको घरदरमा मात्र छुटाए भंने वादी लेखबाट देखिएको मोठ भिडाई हेर्दा प्रतेवादी इन्कार वमोजिं दर्ता भएको मोठ नकलबाट देखिएको दर्ता भै रहेको साविक जगाको घरदर हुदा साविक मोठ भिडाई साविक मोठकै आधारले घरदर हुने हुदा यो परिवंदबाट छुटे छुटाएको भंन लेखन वादीले नसकेको साविक वमोजिं तिरो नपुगे मालले तुरुन्तै पक्रि असुल गर्ने कुरा तालुकदारले मोठ दर्ता गर्न छुटाई तिरो आफूले खायो होला भंने कुरा प्रतित नपर्नाले वादीले झूट्टै उजुर गरेको ठहर्छ भनी 07।2।23 मा प्यूठान् अदालतले छिनेको इन्साफ सदर गरी 08।9।19 मा सल्यान् अपीलबाट फैसला गरेको रहेछ ।

     वादी अपिलाट स्यूरामको धरौटी अपील पर्न आएकोले भै आएको नक्सा सरजमीनले दपोट हैन साविक दर्ताकै जगा हो भनि लेखिदिएकाले सुरु र अपीलका फैसलामा लेखिएका वुदा प्रमाणबाट इन्साफ सुरुको सदर गरेको अपीलको मनासीव छ ईन्साफ पारी छिन्ने हाकिं उपर अपील गरेमा समेत तपसिलका मानिसलाई तपसिल बमोजिं गर्नु भनि लगत दी मुद्दा छिनीएको जनाउ अपीलाटलाई दिनु भनि मिसिल सल्यान अपीलमा पठाउन प्रधान न्यायालय मिसिल विभागमा बुझाई दिनू ।

तपसिल

वादी अपीलाट स्यूराम खतृ छेत्रीके सुरु डंड मोरु 17।31को दोश्रा अपील हुदा हाकिंका नाउमा कराउनेको 10 नं.का ऐन वमोजीं सैक्रा 5 ले मोरु ।86।2 छयासी पैसा दुई दाम डंड हुनेमा नीजले तारेखमा बस्न नपरोस् भनी 09।1।6 मा सल्यान अपीलमा धरौट राखेको मोरु ।7 सात पैसा सदरस्याहा गर्नु भनी सल्यान अपीललाई पुर्जी गर्न तहसीलमा लगत दीनु --------------------1

नीजै अपीलाट स्यूराम खतृ के माथी 1 दफामा लेखिए बमोजीं मोरु ।86।2 डंड हुने र सोही बमोजीं धरौट राखनुपर्नेमा मोरु ।7 सात पैसा मात्र धरौट राखेकाले सो ।7 कटाई नया हुन आएको मोरु ।79।2 उनासी पैसा दुई दाम ऐन सवालको रीत पुर्‍याई असुल गर्नु भनी तहसिलमा लगत दिनू ----------------------------------------------------------------------------------------

सल्यान अपीलका हाकिं सुव्वा लोकजं बहादुर शाहा सल्यान बजारके माथी लेखिए बमोजीं अपीलाट स्यूरामबाट मोरु ।86।2 धरौट लीनु पर्नेमा मोरु ।7 पैसा मात्र धरौट लीएकाले ऐन छाडी काम गरेमा अदालती बन्दोवस्तका 289 नं का ऐनले मोरु 1। एक रुपैञा जरीवाना हुन्छ हाल सोही अडामा वाहाल हुदा असुल गर्नू भनी लगत दीनू-------------------------------------------------

 

 

 

                                                           न्यायाधीस      

इति सम्वत 2011 साल जेष्ठ 1 गते रोज 6 शुभम् ---------------------------------

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563