• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९४ - जगा वाली

साल: २०११ महिना: जेष्ठ फैसला मिति :२०११/०२/०१ ९८

 

नेपाल प्रधान न्यायालय सिङ्गल वेंञ्च

अ.नं.135

मुद्दा जगा वाली

अपीलाट् का.ई.हाडीगाउ चराडोल बस्ने डी. भैरव बहादुर खत्रि क्षेत्री

का.ई.ईन्द्रचोक भोषाछे गल्ली बस्ने हीरामान महर्जन--------------------

 

 

 

 

 

ईजलास

श्री माननीय न्यायाधीश भैरवराज पन्तौ पाध्याय

फैसला

      मेरो पोता वीर्ता 4 कीता रोपनि ।.।। जगा अन्यायवालाले कवुलीयत गरी कमायेको 03 साल देषी 06 साल सम्मको वाली नदीयेकोले 3 साल्को धां 5।10।2 को वीगो रु 110।25 भरी भराई जगा पजनी गर्न पाउ भंने वादी ।

      सो जगा मैले हीरामानलाई मगनीमा कमाउन दीयाको हुनाले वादीले फार्छे गरी नलीदै देखि सावीक वीर्तावारले हाम्रो 2 रोपनी जगाको 2 मुरी कुत चाहीन्छ भनेकाले 4 जनाले ।10 पाथीका दरले लीने खाने गरेका रहेछन वादीले पनि 2 मुरी धां नै लीने गरेको रहेछ रसीद दीने गरेको रहेनछ, जगा खहरेले आयेकाले विर्तावारलाई भनेको रहेछ मलाई जगा खोसला भनि भनेन 06 सालमा खोला लागी धान दीन नसकदा 2 रोपनी जगाको 2 मुरी कुत मध्ये मोरु 1 को ।1।6 ले हुने रु 23। मा असुल रु 20 वाकी 3। भनि आफ्ना हस्ताक्षरले मंपरी रसीद लेखि दीयेछन, सो रसीद मलाई देखाउन ल्यायी रसीदमा मोही मेरो नाम लेखि 2 रोपनी जगाको 2। मुरी कुत 20 रु असुल वाकी 3। भनि लेखेको देखि ।.।। जगाको मबाट धां 1।16।6 को कवुलीयत गराई खोला वेमाख हुन लागेको वास्तै नगरी 2। मुरी कुत चाहीन्छ भने 06 सालको वालीलाई खोला कट्टि मींहा गरी की सोही वमोजीं गर्नुपर्छ की जगा वनाई दीनुपर्छ भनेकोले झुट्टा दावी गरेको हो खोलो जाची ठहर वाकी खेतको धां 1।16।6 को दामासाहीले लागने धां वाली तीराई र भराई ली सकेको 05 सालतकको दावीमा वादीलाई नै सजाय गरी पाउ भंन्ये स्मेत प्रतेवादी ।

     भाद्र 22 गते 7 को लीखत सद्दे हो होइन था छैन तर 1।2 सालको वाली मलाई बुझाई 2 सालमा यौटा रसीद गरीदीयेको थीञे यो रसीद सोही हो की कीर्ते गरी ल्यायेको के हो लेखत भीडाई पाउ भन्ये स्मेत वादी वा वल बहादुरको वयान ।

     लेखियेको जगाको सालको धां 2। बुझाउने गरी प्रतेवादीबाट मगनीमा  कमायाको 05 साल तकको वाली प्रतेवादीलाई नै बुझायेको हु 06 साल्को वाली मध्ये मोरु 20 हीरामानलाई बुझाई नीजले गरी दीयेको भरपाई प्रतेवादीलाई दीयेको हु भाद्रमा वाली बुझायेको हु भरपाई यै हो भंन्ये स्मेत मगनी मोही हीरामानको वयान ।

     06 साल्को श्रेस्ता हेर्ददा 06।5।22 गते रोज 7 नभै 4 हुने अंकहरु पनि सचीयेकोले दावी बमोजींको धान 5।10।2 को वीगो रु 110।25 भैरव बहादुरबाट वादीलाई भराई दीने ...जगा पजनी गर्न पाउछ भंन्ये समेत रा का.दे.दो को फैसला ।

      सालै नहालेको रसीद दीनु फजुली पार्न मैन्हा गते वार नमीलाउनु ज्यापु ज्यापु मीली 5 साल सम्मको भैरव बहादुरलाई बुझायेको भंन्ये वयां गराउन मगनीवाला नमीलेको भये 05 सालसम्म ....कमाउनेले 06 सालमा नीजलाई बुझाउन कीन नीजले छोडपत्र गरी दीयेको छ 1 रोपनीमा 7।8 मुरी कुत लागने बाझो जगा होला जगा जाची तलसीं हाकीं स्मेतलाई सजाय गरी पाउ भंन्ये स्मेत भैरव बहादुरको अपील ।

      अपीलाट् भैरव बहादुरले वाली बुझायेको सबुद अपीलमा स्मेत दीन नसकेकाले इन्साफ सुरुको सदर । भंन्ये अपील तेश्राको फैसला ।

      अपील मीलांको इन्साफ जाची पाउ भंन्ये विंतीपत्रमा वेहोरा साचो भये यो मुद्दाको मीसील जाची ऐं सवाल बमोजीं गर्नु भंन्ये तोक ।

      यस्मा 06 साल आस्वीं 22 गते रोज 7 हुनेमा जालसाजी भाद्र 22 गते रोज 7 लेखेछ भंन्ये अपील जीकीर छ तापनि........... भरपाई आफुसंग भयेपछि उजुर वाजुर गरी बदर गराउन सक्नुपर्ने सो गरेको छु भंन्न नसकेको र सो रसीदमा साल नभयेको ...काटिएको देखियेको र भाद्र 22 गते रोज 7 नभै रोज 4 हुने भयेकोले स्मेत इन्साफ अपील्को मुनासीव छ इन्साफ पारी छीन्ने हाकीं उपर इन्साफ जचायेमा प्र.भैरव बहादुरको सुरुको डण्ड रु 5।51 को हाका 11 नं ले सयेकडा 10 ले मोरु ।55 पचपंन पैसा डंड हुन्छ वारेस हुदा तहसीलमा लगत दी मीसील मीसील वीभागमा बुझाईदीनु।

                                                            न्यायाधीस      

इति सम्वत 2011 साल जेष्ठ 1 गते रोज 6 शुभम् ---------------------------------

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563