निर्णय नं. ९५ - वेईज्जती
नेपाल प्रधान न्यायालय सीङ्गल वेंञ्च
अ.नं.135
मुद्दा वेईज्जती
अपीलाट् वादी डडेलधुरा अदालत ईलाका 6 गर्खा हतर्क गाउँ बस्ने दुरी उपाध्यायनी---------------१ ऐ.बस्ने ऐ.को भतिजो लाल्मनी जैसी |
वीपक्ष प्रत्येवादी डडेल्धुरा अदालत ईलाका गड गर्खा ...गाउ बस्ने जगन्नाथ जोसी ----------------------------1 ऐ.बस्ने मनिरां जोसी----------------1 |
्ईजलास
श्री माननीय न्यायाधीश भैरवराज पन्तो पाध्याय
फैसला
येस्मा चोरी मुद्दाको प्रत्येवादीमा लाल्मनी वेस्या फुडी फेरकल्लीको सन्तान् र दुरी डुलुवा फीरुवा भै वदनीयेत की हो भनि वेईज्जत गरी लेखेकाले सजाये गरी पाउँ भंने वादी रहेछ ।
दुरी ईज्जत माफीक नरही डुलुवा फीरुवा भयेकीले 98 साल देखी भात हटक भयेकी र लाल्मनीकी आमा मंथरी वीवाहीताको सत्य छाडी धेरे ठाउमा पोईल गै आखीर जीमुवा जोसी पट्टीबाट लाल्मनि जन्मेको हुँदा भयेकै कुरा लेखेका हुँ भंने प्रत्येवादी रहेछ ।
दुरी हीडुवा फीरुवा भयेको भंने तर्फबाट भात खान कर नलाग्ने भंने फैसला भयेको देखीयेको हुदा येस्मुद्दाबाट केही गर्न नपर्ने खारेज हुने र लाल्मनीलाई वेईज्जति गरे भन्ने तर्फ वादीका आमाको कां कर्तव्य साछीका वकाईबाट स्मेतत खोटै देखीयेको हुदा प्रत्येवादीले वेईज्जत गरेको ठहर्दैन भन्ने 2006।5।17।6 मा डडेलधुरा अदालतबाट फैसला गरेको रहेछ ।
सुरुले अंन्यायेसंग फैसला गरे उपर चीत्त नबुझी अपील गरेको नेपाली काङ्ग्रेसबाट अड्डा कबजा हुदा पोलीन गयेकोले हाल 08।6।2 का टाँस बमोजीं अपील गरेका छौं भंने वादीहरुको अपील रहेछ।
दुरीका हकमा न्यायालयबाट चली मीली आयेको भात रोका गरेको ठहर्छ भनि फैसला भै प्रत्येवादीलाई सजाये भैसकेको हुदा खारेज गरेको र लाल्मनीका हकमा धेरै जनाको पोईल गै जीमुवा जोसीबाट जंमायेको भनि प्रत्येवादीका धेरै साछीले लेखीदीयेबाट स्मेत सुरुको ईन्साफ मुनासीव भंने 2009।1।30।2 को डोटी अपीलको फैसला रहेछ।
पटक पटक अंन्याय कसुर गर्दै रहेकोमा येक पटक सजाये पाये पछी फेरी सजाये गर्नु नपर्ने ऐंन भयेको र लाल्मनीले न्यायालयका फैसलाबाट आधा अंस भाग पाउने फैसला भययेको छ वेस्या फुडीको सन्तान भये अंसै पाउनु नपर्ने हुदा स्मेत ईन्साफमा चीत्त बुझेन भंने दुरी लाल्मनी स्मेतको अपील रहेछ ।
यो धरौटी अपील परेको मुद्दा बुझदा दुरी तर्फको हकमा प्रत्येवादीहरुले वेईजती गरेको ठहरी अघी नै सजाये पाई सकेको देखीयेको हुनाले त्यस्तर्फ केही गर्नु नपर्ने र लाल्मनि तर्फका हकमा वादीका दावि वमोजीं लाल्मनिलाई वेईज्जती गरेमा प्रत्येवादी सावितै भयेकाले वेईज्जती गरेकै ठहर्छ स्व ठहर्नेमा वादीकी आमाको कां कर्तव्य खोटै देखीयेको हुँदा वेईज्जति गरेको ठहर्दैन भनी सुरुले र स्वही ईन्साफ सदर गरी अपीलले स्मेत गल्ती गरेको ठहर्छ स्व गलती ईन्साफ गरेमा सुरु र अपीललाई सजाये स्मेत त्पसील्का कुरामा त्पसील्यै लेखीया बमोजीं गर्नु ।
तपसील
वादी दुरी उपाध्यायनीके ईन्साफ पारी छींने हाकीं उपर अपील गरे वापत हाका 10 नं बमोजीं सुरु डंड मोरु ।3 को दोश्रो अपील हुदा सयेकडा 5 ले मोरु ।1 येक पैसा डंड हुंछ स्व डंड नीज दुरीको वा लाल्मनि जैसीले अपील गर्दा तारेखमा नबस्ने गरी 09।4।30 मा डोटी अपील्मा धरौटी दाखील गरेको मोरु ।6 मध्येबाट कट्टी गरी ली सदर स्याहामा आंदानी वाधनु भनी जील्लालाई पुर्जी गर्न तहसील्मा लगत दीने---------------------------------------------------------------------1
अपीलाट् वादी लालमनि जैसिके नीजलाई प्रत्येवादीहरुले गाली वेईज्जती गरेकै र नीज लाल्मनीका हकमा सुरु र अपीलको स्मेत ईन्साफ उल्टी भै गाली वेईज्जतिका 6 नं का ऐंले मोरु 1। डडेलधुरा अदालतका 2006।5।17।6 का फैसलाले लाग्ने गरेको स्व र 2009।1।30।2 का डोटी अपीलका फैसलाले अपील गरे वापत हा.का 10 नं वमोजीं मोरु ।10 स्व अपील उपर न्यायालयमा अपील गर्दा तारेखमा नबस्ने गरी 09।4।30 मा डोटी अपील्मा धरौटी दाखिल गरेको मोरु ।6 मध्ये ।1 दुरीतर्फको कट्टी गरी बाकी मोरु ।5 स्मेत जमा तिं कलंको गरी मोरु 1।15 येक रुपैञा पंध्र पैसा नीज लाल्मनीलाई नलाग्ने हुदा असुल भयेको जति ऐंसवालको रीत पुगाई नीज लाल्मनी हस्ते खर्च लेखी फीर्ता दीने र असुल नभयेको जतिको व्यहोरा जनाई लगत काटीदीनु भनी जील्लालाई पुर्जी गर्न स्मेत तहसील्मा लगत दीनु ----------------------------------------------2
देहायेका अड्डा के माथी ईन्साफ खंडमा लेखीया वमोजीं दुरी तर्फको ईन्साफ सदर भै लाल्मनी तर्फको ईन्साफ उल्टी भयेकाले ईन्साफ केही उल्टीमा हाका 15 नं बमोजीं मोरु 1। दर्ले जरीवाना हुंछ ऐं वमोजीं गरी असुल गर्नु भनी तहसीलमा लगत दीने ---------------------------------------------
डडेलधुरा अदालतके मोरु येक रुपैया -------------------------------------1।
हाकीं डीठा जगदीस गौतंम 3 नं कास्की पोखरा के----।75
वी.उद्धव बाहादुर खत्री के ऐ--------------------------।25
डोटी अपीलके मोरु येक रुपैञा -------------------------------------------1।
का.मु.अ.ख. मान बाहादुर चन्द प 3 नं कास्की पोखरा के –।75
वी. तुङ्ग ध्वज खाल ठकुरी ऐ के रु ------------------------।25
देहायेका प्रत्येवादी ज्यान 2 के वादी लाल्मनी जैसीलाई चोरी मुद्दाको प्रत्येवादीमा वेस्या फुडी फेरकल्लीको संतां भंने लेखी गाली वेईज्जति गरेको ठहरेकाले गाली वेईज्जतिका 6 नं वमोजीं जनही मोरु 2। दुई रपैञाका दर्ले डंड हुंछ रुजु नहुदा ऐं वमोजीं असुल गर्नु भनी तहसील्मा लगत दीने—
जगंनाथ जोसी के मोरु दुई रुपैञा ----------------------------------2।
मनीरां जोसी के मोरु दुई रुपैञा ------------------------------------2।
वादी लाल्मनी जैसीलाई गाली वेईज्जती गरेको ठहरी सुरु र अपीलको ईन्साफ उल्टी भयेतर्फ प्रत्येवादीहरुलाई छल्फलको म्याद दी झिकाई मात्र फैसला गर्नुपर्ने हो तापनी मोरु 2। का दर्ले डंड हुने मुद्दामा डडेलधुरा अदालत ईलाकामा घर भयेका त्यती टाढाका रैतीलाई झीकाई रहदा मर्का पर्न जाने भै नीजहरुलाई छल्फलको म्यादै नदी मुद्दा फैसला गरी दीयेको हुनाले नीज प्रत्येवादी जगंनाथ 1 मनिरां 1 स्मेत र धरौटी अपीलाटवाला वादी दुरी 1 लालमनि 1 स्मेतका ज्या ज्वान 4 लाई यो फैसला भयेको जनाउ दीनु भनी यो फैसला सहीतको मीसील जील्लामा पटाउन मीसील फाट्मा बुझाई दीनु ।
न्यायाधीस
इति सम्वत 2011 साल जेष्ठ 3 गते रोज 1 शुभम् ---------------------------------