निर्णय नं. ९६ - आयको वीगो दीलाई पाउँ
नेपाल प्रधान न्यायालय सीङ्गल वेंञ्च
फौ.अ.नं.720
मुद्दा आयको वीगो दीलाई पाउँ
अपीलाट् वादी हनुमांनगर अमीनी ईलाका प्र.पक्री मौजे फर्सौट् बस्ने सुन्दर गोप ग्वार-----------------1 |
वीपक्ष प्रत्येवादी ऐ.बस्ने छुतहर मंडर ग्वार-----------------------------1 |
ईजलास
श्री माननीय न्यायाधीश प्रदीप्त मान्यवर नेपाल तारा ले.ज.प्रकाश सम्सेर जङ्ग बाहादुर राणा
फैसला
येस्मा मेरो नाउमा दर्ता सावीक नं 611 को ॥1॥1 मध्ये हाल नं 583 को कीत्तामा दखीं पुर्वतर्फ कुनामा आपको रुख भयेको 2007।3।8।5 देखी रोकी वास वार्ले घेरी ...खीचोला गरेकाले 15 सये आपको सयेकडा 2 ले मोल कंरु 30 भराई सजाये गरीपाउँ भंने वादी रहेछ ।
बाबु कुजल मंडरका नाउमा दर्ता भयेको सावीक नम्बर 612X624 को वीगाहा ।.॥ जगामा आप कटहर्को रुख लगाई भोग तीरो गरी बाबु पछी मेरा नाउमा सरी हालने 793 को वीगाहा 94।2 कायें भयेको हो वादीको 583 नं मेरा साधमा रहे पनी आपको रुख छैन झुट्टा नालेस गरेको हो भंने प्रत्येवादी रहेछ ।
ईनै प्रत्येवादीले वादी माथी दायेर गरेको जगावाली मुद्दामा वास काटेको नठहरी आजै फैसला भयेकाले स्मेत वादीले झुट्टै उजुर गरेको ठहर्छ भनी 2008।10।21।2 मा हनुमांनगर अमीनीले फैसला गरेको रहेछ ।
मेरा साछी 2 ले वादी मीली बकेकै छं ईन्साफमा चीत्त बुझेन भंने वादीको अपील रहेछ ।
.............आपको वीगोमा सम्म दावी गरेको स्व रुख भयेको जगामा दावि नदेखियेको हुदा हक भोगको सवुद दी जगा र वालीमा येकैपटक ऐं का म्याद भीत्र नालेस दीनु र उसै वखत ठहरे बमोजीं हुनेछ भनी वादीलाई सुनाई दीने स्मेत ठहराई 2009।3।19।4 मा सप्तरी अपीलले फैसला गरेको रहेछ ।
सरज्मीं नापनक्सा गरी ईन्साफ दीनु पर्नेमा खारेज गरी दीयेकाले चीत्त बुझेन भंने वादीको धरौटी अपील रहेछ ।
प्रधान न्यायालयबाट 2009।12।8।7 मा र 2010।10।10।7 मा स्मेत नक्सा गराई आयेको रहेछ ।
यो मुद्दा बुझदा प्रत्येवादीका साछीले म्यादै गुजारी बसेका र हाल भै आयेको नापी मुचुल्का हेर्दा वादीको जगा घटी प्रत्येवादीको जगा बढी देखीन आयेकोले कसो हो भनि ....लीनालाई स्व नापी मुचुल्का नक्सा सरज्मींबाट वादीको जगा उत्तर दखीं 10 लगी भंने लेखीई आयेकोमा मिसील सामेल रहेको दर्ता उतारमा पनी ....10 भंने लेखीयेको देखीयेको र स्व झगडा परेको रुख भयेको ....वादीका जगामा पुर्व पश्चीं आउने जाने बाटो र स्व बाटो देखी दखीं पट्टी मात्र यो झगडा परेको रुख देखीन आयेको स्मेतबाट वादीले झुट्टा उजुर गरेको ठहरायेको ईन्साफ सुरु हनुमांनगर अमीनीको मुनासीव. खारेज गरेको सप्तरी अपील्को गल्ती ठहर्छ. स्व गल्ती गरेमा अपीललाई सजाय स्मेत तपसील्का कुरामा त्पसीलमै लेखीया बमोजीं गर्नु ।
तपसील
वादी सदर मंडर ग्वार के नपाउने जगा वाली पाउँ भनी झुट्टा उजुर गरेमा ज.मी.का 27 नं ले कंरु 1 र वाली तर्फ लुट्पीट्का 8 नं ले कंरु 4॥ स्मेत जंवा कंरु 5॥ डंड हुंछ असुल गर्ने भनी 2008।10।21।2 मा हनुमां नगर अमीनीबाट फैसला भयेको स्व खारेज भयेकाले फिर्ता लगत काट्न लगत दीने भनी 2009।3।19।4 मा सप्तरी अपीलका फैसलामा लेखेको येस अडाबाट ईन्साफ सुरुको मुनासीव अपीलको गलती ठहरेकाले अपीलका फैसला लगत वमोजीं गर्नु पर्दैन त्यस्को लगत काटी सुरु हनुमांनगर अमीनीको फैसला लगत कायं राखी वादीलाई लागेको डंड कंरु 5॥ साढे पाच रुपैञा असुल गर्नु भनि जील्लालाई पुर्जी गर्न तहसील्मा लगत दीने---------------------
ऐ ऐ के ईन्साफ पारी छींने हाकीं उपर अपील गरे वापत सुरु उपर पैलो अपील गरेमा सुरु डंड कंरु 5॥ को हा.का 10 नं वमोजीं सयेकडा 10 ले कंरु ॥/ र अपील उपर न्यायालयमा दोस्रो अपील गरेमा सयेकडा 5 ले कंरु ।.॥ स्मेत जम्मा कंरु ॥।/॥ वाह्र आना ... पैसा डंड हुंछ स्व अपील उपरको न्यायालयमा दोश्रो अपील सप्तरी अपील मार्फत गर्दा तारेखमा नबस्ने गरी नीज सुन्दर मंडरले कंरु 2 धरौटी दाखील गरेको हनुमांनगर अमीनीको 09।5।12।4 को भर्पाईबाट देखीयेको हुनाले स्व कंरु 2 मध्येबाट लाग्ने ठहरेको ज्मा कंरु ॥।/॥ कट्टी गरी ली बढी कंरु 1/॥ येक रुपैञा दस पैसा ऐं सवालको रीत पुगाई नीजस्ते फीर्ता खर्च लेखी दीनु भनी जील्लालाई पुर्जी गर्न तहसील्मा लगत दीने------------------------------------------------------------------------------------
खारेज गर्नुपर्नेमा ईन्साफ गर्ने हनुमांनगर अमीनीका ले.चंद्रप्रसाद प्रधांके अवं 285 नंले कंरु /येकाना जरीवाना हुंछ असुल गर्ने भनी 2009।3।19।4 का सप्तरी अपीलका फैसलामा लेखीयेको येस अडाबाट सुरु हनुमांनगर अमीनीको ईन्साफ सदर सप्तरी अपीलको गलती ठहरेकाले अपीलका फैसला लगत बमोजींको जरीवाना कंरु / नलाग्ने हुदा असुल भये फीर्ता र नभये व्यहोरा जनाई लगत काटी दीनु भनी जीललाई पुर्जी गर्न तहसील्मा लगत दीने ---------------------------------------------
सप्तरी अपीलका देहायेका हाकीं कारींदाके ईन्साफ उल्टीमा हा.का.15 नं बमोजीं कंरु 1 येक रुपैञा जरीवाना हुंछ असुल गर्नु भनी तहसील्मा लगत दीने ---------------------------------------------
सु.तुलसी प्रसाद उपाध्याय पाल्पा खींदी-------------॥
अडी. कृष्ण बाहादुर थापा क्षत्री ऐ------------------।/
वी.कृष्ण बहादुर बीष्ट छेत्री ऐ -------------------॥/
धरौटी अपीलाट् वादी सदर मंडर गपइ ग्वारलाई यो फैसला भयेको जनाउ दीनु भनी फैसला सहीतको मीसील जील्लामा पठाउन मीसील फाट्मा बुझाई दीनु ।
न्यायाधीस
इति सम्वत 2011 साल जेष्ठ 3 गते रोज 1 शुभम् ------------------------------------------