• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९७ - घुस

साल: २०११ महिना: जेष्ठ फैसला मिति :२०११/०२/०५ १६८

 

नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्‍च

अपिल नं 433

मुद्दा घुस

अपिलाट प्रतेवादी नौ पुर्ण बहादुर महरजं ल.पु.ई.किर्तिपुर गल्छी टोल

वीपक्ष वादी पुस्पराज उप्रति पु 2 नं पवटी दियाले खर्कको हाल का ई मैतीदेवि----------------------------

 

 

 

 

 

 

ईजलास

श्री माननीय न्यायाधिश प्रदिप्त मान्यवर नेपाल तारा ले.ज.प्रकाश शम्सेर जङ्ग बाहादुर राणा

फैसला

     येस्मा मेज.खं सम्सेर सङ्गको चोरी मुद्दामा लक्ष्मी प्रसादले मलाई पोलेछ र म समंमा हाजिर हुन नसकदा विंतिपत्रबाट म्याद थामि 10 साल माग 18 गते हाजीर हुन ल.पु.अ.मा जादा आज भोलि भनि अलमल्यायेकोले चाडो गरी देउ भनी विस्यं भन्ने फाटवालालाई भंदा 21 गते 2 वजे मोरु 30। लि आउनु तिंरो कां हुंछ नत्र विग्रन्छौ भनी घुस मागेकोले सर्कार तर्फबाट तेति रुपैञा मदत पायेमा भ्रष्टाचार गर्ने निजलाई पक्राउ गर्न सकछु भंने ......माघ 20 गते ठाडो वयां दीन जादा पुर्ण बहादुरले वञ्यान राम्रो गर्ने भये रु 30। ल्याउ भनेमा पर्ण बहादुर विचारी भंने ठानी आज रुपैञा छैन भोलि ल्याई दिंछु भंन्दा वयां पनी भोलि नै गराई दिंछु भनेकोले मसंग रुपैञा नहुदा भ्रष्टाचार अफिसमा गै मोरु 5। दर्का नोट रु र कांदार स्मेत साथमा लि दिन जादा निज पुर्ण बहादुरले यो मेरो मानिस गोविन्दलाई दि पठाउनु भनेकोले निजलाई दिदा मैले मदत ल्यायेका मानिसले देखि निज गोविंदलाई पक्रदा पुर्ण बहादुर भागेछ र हामी 2 जवांलाई पक्री ल्यायेको हो ---अदालतको मेरो फाटवाला विचारी स्यां भन्ने पैल्हे नचीन्हेकोले नौ पुर्ण बहादुरलाई विचारी ठानि घुस दियेको हु घुस लियेमा गोविन्दलाई र घुस मागेमा नौ पुर्ण बहादुरलाई सजाय गरी पाउँ भंने स्मेत व्यहोराको वादी पुस्पराज उप्रेतीको ....कागज व्यान रहेछ ।

     पुस्पराजले ल.पु.अ.का वि स्यां भन्नेलाई घुस दियेमा पक्राउ गर्न गयेको उजुरवालाले नचीनि विस्यां भन्ने फाटवाला नौ.पुर्ण बहादुर एक जना अर्को मानिससग पुस्पराजले कुराकानि गरेको र अडा उठेपछी 4। बजेका वखत अदालत अगाडी निज पुस्पराजले मोरु 30। को निपालि नोट किता 6 नौ पुर्ण बहादुरको साछी गोविंद नापितलाई दियेपछी षटी गयेका ------------लाई ईसारा गरी मौकामा निजले पक्रेपछी स्वधपुछ गर्दा पुर्ण बहादुरले यी वाहुंसंग लि आउ भनेकाले मैले लियेको हु भनी गोविन्द नापितले र पुर्ण बहादुरले मेरो साथी हो येसैलाई दिनु भनेकोले दियेको हु भनी पुस्पराज स्मेतले कागज गरी दियेकोले स्व कागज र गोविन्दले लियेको घुसको रु 30। को नोत कित्ता 6 स्मेत पुस्पराज घुस लिने गोविंदलाई स्मेत दाषेल गरेका चौ भंने व्यहोराको भ्रष्टाचार निवारण अफिसका स.ई.फत्ते बहादुर स्मेतको रिपोट रहेछ ।

     नौ पुर्ण बहादुर मेरो हित चीत्तको साथी हुदा आज विहान निजले पाटं तर्फ जाउँ भनेकाले भात षाई पाटं तर्फ आयेको थिञे निज पुर्ण बहादुर आफनो अडामा गयो म पनि आफनो कां तर्फ गञे पुर्ण बहादुरले घर जानालाई अडामा आउनु भनेकोले निजलाई बोलाउछु भनी अदालतमा गै वोलाउदा मेर्कांछ पख भन्दा लौ हुंछ भनी निजसँगै वसिरहेको थिञे पुर्ण बहादुरले उ त्यो वाहुंसंग रु 30। लिनु भनेकोले निजसंग रु 30। लि षल्तीमा हाल्न लाग्दा खटी आयेका स.ई.फत्ते बहादुर स्मेतले अदालत अगाडी सडकमा देखि पक्राउ गरी ल्यायेको हो भंने गोविंद नापितको कागज रहेछ ।

     आज विहान 7 वजेको टायंमा ल.पु.अ.का नौ पुर्णमानले ऐ बस्ने गोविन्दलाई येस खोरमा थुनि राखेकोलाई कुरा सिकाउन लागेको वषत मैले कुरा सुनि के भने हिजो दिं 4 वजजे लपु अगाडी सडकमा तिमिले लियेको रुपैञामा मैले मागनु भनेको हैन मलाई अदालतका वैदारलाई दिनु भनी मेरो हातमा दिनलाग्दा मैले स्व रुपैञा नलिदै पुलिसले जवरजस्ति समाति ल्यायेको भंनु भनी कुरा सिकायेका वषत मैले पक्री जाहेर गरेकी हु भंने स.पु.गो खोरपाले ह.प्रेंनाथको रिपोट रहेछ ।

     ल.पु.अ.को वि.स्पीका फाटको नौसिन्दा हु मेरो फाटमा उजुरवाला पुस्पराजको चोरी मुद्दा छ निज्को माघ 18 गतेको वयान गर्ने म्याद थीयो स्व दिं म वेरामि हुदा अडामा हाजिर थिन 19 गते अडामा आञे पुस्पराजलाई देखिन 20 गते 4 वजे अडा वंद गरेपछी वारदलिमा निज पुस्पराजलाई देषे निजले मेरो 18 गतेको म्याद थीयो म हाजीर भञे फाटवाला नहुदा कां भयेन भनेकाले भोलि आउ भनेको थिञे हिजो 2॥. तिर निज आयेकाले निजलाई र मिसिल स्मेत लगी हाकिं काहा देषाउदा विचारी प्रेंलाल लगेको मिसिलको कारवाही गरनदिनु हाकिंले भनेकाले निज विचारीलाई मिसिल र मानिस स्मेत लगी दियेकोमा अरु कांले भ्यायेन भोली गरौला भनी मिसिल फिर्ता दीयेकोले 4॥ वजेसम्म अडाको कांले वसी तेसपछी घर गयेको हु हिजो गोविंदसंग भेट भै कुरा भयेको थियेन निज गोविंद साथी भाई हो कति कारणले मैले नभनेको पुस्पराजसंग रु 30। लिनु भनेको छ भनी वयां गरेको हो निजै जांला पुलिसका रीपोट वमोजिं म र पुस्पराज 3 जना वसी कुरा कानी गरेको र मैले गोविंदलाई पुस्पराजसंग रुपैञा लिन पठायाको पनि झुट्टा हो आज मेरा घर्मा भोज भयेकोले सहरमा तरकारी किन्न भनि रु 4।50 लि प्रं भाईचालाई लि आउदा हाकु भाईचाको फुपु हांम्रो किर्तिपुरको कुसलेनि हुनाले निजले बाटामा भेटी सहर जाने भये मेरो भाई हाकुचा कुस्ले पशुपत्तिबाट पक्री खोरमा थुनियेको छ भेटि आउ भनेकाले तरकारी नकिंदै पुगोको खोरमा निजलाई भेटन आउदा निज गोविन्द पनि तही थुनि राषेको देखि किन तिमि भन्दा मलाई दां लियो भनि पक्री ल्याई थुनेका छन भनि निजले भंनासाथ त्यहीको पालेले मलाई पक्री लगेकोले  हाकु भाईचासंग अरु कुरा गर्न पाईन भंने स्मेतत व्यहोराको मौकाको कागज र गोविंदसंग 10 साल पौख 10 गते पागा भैरव थां अगाडी मेरो भाई धंचा र निज गोविंदको भाई सिवचासंग झगडा गर्न लागेको वषत मेरो भाईलाई 2X3 थपड गोविंदले कुटेको देखि निजलाई पनी मैले मुडकीले हानी झगडा भै ईवि परेको थियो स्वही रीसले निज गोविन्दले ल.पु.अ.मा आयेको कुरा देषाई झुटा कागज लेषी दियेको होला म फाटवाला पनी हैन मेरो फाटवाला स्यां विचारी घर विदा लियेकोले अडामा हारीर छैन हाजिर नभयेको विचारीले कसरी घुस माग्यो होला मैले स्मेत पुस्पराजसंग घुस मागेको र लियेको स्मेत छैन गोविंद मेरो ईविवाला मानिस हुदा निज र पुस्पराज मिलि मलाई विगारनाका लागी तेस्तो कागज गरेको होला 22 गते हाक भाईचा कुस्ले बोट खोरमा भेटन गयेकोमा नीजसंग कुराकानि गर्न नपाउदै गोविन्दले र पुस्पराजले पुर्ण बहादुर तेहि हो भनी पालेलाई देषाई पक्राउ गर्न लगायेको हो म गोविंदलाई कुरा सीकाउन खोरमा गयेको होईन गोविंद र पुलिस मिलि रीपोट गरेको होला भंने व्यहोराको नौ.पुर्ण बहादुरको वञान रहेछ ।

     पुर्ण बहादुरसंगै घर जाउ भनी माघ 20 गते 3।।।. बजेको टायंमा भेटन जादा ल.पु.अ.को ढोका नेर पुगेपछी पुस्पराजले तिमि काहा जाने भनि सोध्दा पुर्ण बहादुरलाई भेटन जाने भनी भन्दा मोरु 30। को नोटा थां 6 निज पुर्ण बहादुरलाई देउ भनी पुस्पराजले भंदा म लिन्न दिन्न भनी भंना साथ निज पुस्पराजले जवरजस्ति नोट हात्मा थापन लगाई पुलिस हो वा ...निज पुस्पराज स्मेत 5 जनाले पक्री ठानामा लगी कागज गरायेको हो मैले खुसि राजीले ...लियेको हैन निजसंग नोट लि आउ भनी पुर्ण बहादुरले मलाई भनेको स्मेत छैन जवरजस्ती पक्री ल्याई ठानामा गरेको कागजमा सैछाप गर भंदा नभयेको कुरामा सैछाप गर्दिन भंदा नचिनेका मानिसले कुटपिट गरी मारनी सामना गरेको पीर सहन नसकी सै गरी दीयेको हु मैले भेन वमोजिं लिखि सै गरेको हैन भंने स्मेत व्यहोराको गोविंदको वञ्यां रहेछ ।

     10 साल माघ 22 गते व्याहान 7 वजे वाग भैरव थां अगाडी नौ पुर्ण बहादुरलाई भेट भै सहर जाने भये मेरो भानिज हाकुचा भंने हाकुभाई कुस्लेलाई पशुपत्तिबाट पक्राउ गरी पुलिस गोंधारामा थुनि राषेको रहेछ तपाई गै संचो विसंचो हेरी कै कैले छुटने हो सोधी आउनु भनी पठायाको हु भनी बुझीयाको वामिचा कुस्लेनिको वयान रहेछ ।

     माघ 22 गते विहान 6॥ बजेका टायंमा वाग भैरवको पछाडी घर अगाडी उभि रहेको देखि काहां जाने भनी सोध्दा आज श्राध्छ तरकारी किन्न जानुपर्ने भयेकोलेछ जाउँ षरमं लि आउँ भनेकाले षरमं लि 7 बजे सहरतिर आई पुर्ण बहादुरले तरकारी किनि मलाई दियेपछी घर जाउ भनी पुर्ण बहादुरले मलाई भन्यो र निज कांमा गयो के कांमा गयो मलाई था छैन भंने व्यहोराको पं भाईचाको वयां रहेछ ।

    येस मुद्दामा बुझीये सम्मका प्रमाण परीवन्दबाट पुस्पराजसंग घुस लिने गोविन्द पुर्ण बहादुरको मानिस नभये संगै घर जाउ भनी पुर्ण बहादुरलाई भेटन भनी माघ 21 गते दिंको 3।।। बजेको टायंमा गयेको भनी वयान गर्नै नपर्ने स्व गरेको देखियेबाट घुस लिन षान वंदोवस्त गरेको देखिन आयाको र गोविन्दले पुस्पराजलाई अघि नचिन्हेको भंने वयां गरेको र निज पुस्पराजलाई नौ पुर्ण बहादुरले गोविन्दलाई चीन्हाई घुस लिन लगायाको देखिन आयेको मौका कागजमा पुर्ण बाहदुरका अरौट बमोजिं पुस्पराज संग रु 30। लियेको भनी गोविंदले सावित भै कागज लेखिदियेको पुर्ण बहादुरले घुस सम्म षान नपायेको घुस षान लिन उद्योग गरेमा नीज गोविंदलाई अवं 279 नं का ऐं वमोजिं ।3 मैन्हा कैद र नौ पुर्ण बहादुरले घुस षान मागेको षान सम्म नपायेको विगो रु 30। को विगा वमोजिं मोरु 30। डंड गरी जारी हाल भयेको वर्षास गर्न अवं 279 वमोजिं जाहेर गरेका छौ भनी अपिल दोश्रा फाटले जाहेरी फैसला गरेको रहेछ ।

     स्व ईंसाफ उपर चीत्त बुझेन भंने स्मेत व्यहोराको नौ पर्ण बहादुर महरजंको प्रधान न्यायालयमा अपिल परेको रहेछ ।

     येस्मा तारेखमा रहेको अपिलाट नौ पुर्ण बहादुरलाई राखि पेश हुन आयाको यो मुद्दा बुझदा पुस्पराजसंग रुपैञा लिनु भनि निज अपिलाट नौ पुर्ण बहादुरले गोविन्दलाई अह्रायेको नभये गोविन्दले निज उपर झुटा पोल गर्नुपर्ने पत्यार लायेकको कारण स्मेत दिन गुजार्न नसकेको र अरु अपिल्का फैसलामा लेखियेका वुदा प्रमाणबाट स्मेत जारीर वर्षास गर्न जाहेर गरेको ईंसाफ अपिल दोश्राको मुनाशिव छ निज नौ पुर्ण बहादुरलाई जागीरबाट वर्षास गरीदिनु स्व वर्षास भयेको जनाउ कितापषानालाई र ललितपुर अदालतलाई स्मेत दिनु ईंसाफ पारी छीन्ने हाकिं उपर अपिल गरे वापत अपिलाट नौ. पुर्ण बहादुर महरजंके सुरु डंड रु 30। को पैल्हा अपिल हुदा हा.का 10 नं ले सैक्रा 10 ले मोरु 3। तिं रुपैञा डंड हुंछ रूजु हुदा असुल गर्नु भनी तहसिलमा लगदी मिसिल मिसिल फाटमा बुझाई दिनु।

  

   

 

                                                            न्यायाधीस      

इति सम्वत 2011 साल जेष्ठ 5 गते रोज 3 शुभम् ------------------------------------------

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563