• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९८ - लुटपिट

साल: २०११ महिना: जेष्ठ फैसला मिति :२०११/०२/०५ १६८

 

नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्‍च

अ.नं. 588

मुद्दा लुटपिट

अपिलाट प्रत्येवादी प 4 नं गरौ सोरेक भंज्याङ् बस्ने टिकाराम पाडे जैसि समेत

वीपक्ष वादी ऐ केरावारी बस्ने हेमलाल उपाध्या

 

 

 

 

 

ईजलास

श्री माननीय न्यायाधिश प्रदिप्त मान्यवर नेपाल तारा ले.ज.प्रकाश शम्सेर जं.वा.रा.

फैसला

     यस्मा अर्कै टिकारामबाट रु 98। मा 99 साल् कार्तिक 4 गतेमा 1 तलो छायेको घर र गोठ समेतको भन्ज्यां भन्ने वारी राजिनामा ली चलं गरेकोमा सो जगाको घरगोठ यहि 03 साल चैत्र 1 गते देखि रुप नारायणले वचन दि धने समेतका 4 जना खेताला भै लीलाधर टिकाराम समेतले भत्काउन लगाई लगेकोले निजहरु 2 जनाबाट रु 300। वीगो भराई प्रत्यवादीहरुलाई सजाय गरीपाउ भन्ने समेत 04।1।18।4 को हेमलालको फेराद रहेछ ।

     इविदार हुनाले झुट्टा उजुर गरेको हो हामिले घर भत्काई लगेको हैन निजै वादीले भत्काई आफनै निमित्त काममा लगाएकोले दाविबाट अलग गरिपाउ भन्ने समेत 04।4।31 को रुपनारायण समेतको प्रत्यवादी रहेछ ।

     बुझिएसम्मबाट घर भत्काई लगेका हंकि भंन गोठ भत्काउनेले जगामा समेत दावि लीन पर्ने सो नलिए बुझिएको प्रत्यवादीको साछी 1 जनाले पनि घर भत्काई लगेको छैन भनि बकेको वादीको साछीको बकाई प्रमाणीत नभएको मुख्य प्रत्यवादीहरुको प्रत्यवादी परेपछि अरुको नपरे पनि प्रमाण विना ठहराउन नहुने हुनाले लुटेको ठहर्दैन भन्ने समेत 08।12।27 को सुरु स्यांजा अदालतको फैसला रहेछ ।

      घर भत्काई नलगेको भए मैले उजुरै नगर्ने र त्यै काठपातबाट निज्को जगामा गोठ बनेको सरजमिं समेत भए देखिने र धेरै प्रत्यवादीहरुले प्रत्यवादी नै नदि बसेकोमा तेस्तो इन्साफ गराई वदर गरीपाउ भन्ने समेत 09।1।26 को हेमलालको अपिल रहेछ ।

     प्रत्यवादीहरुले कसुर गरेको नभए 4 जनाले प्रत्यवादी नै नदि वस्न नपर्ने र वादीको साछी 3 जनाले वादीले भनेबाट सुनेको भनि बकेको र लुटी नलगेको भए वादीले भंनु र ति साछीले सुन्न नपर्ने प्रत्यवादीको 1 जना साछीले लुटेक हैन भने पनि वादीले सो काठ्पात यो कांमा लगाएको भंन नसकेको र सबैकुरामा मोल बढेकै देखिनाले दावि वमोजिं रु 300। मोल जाने घर समेत भत्काई लगेकै ठहर्ने हुनाले सुरुले गल्ती इन्साफ गरेको ठहर्छ भन्ने समेत 09।2।28 को पाल्पा अपिल्को फैसला रहेछ ।

     हामिले घर गोठ भत्काएको भए जगामा पनी दावि लीने र हाम्रो जगामा बनेको घर गोठ चुडामणीसंग लिएको हुनाले अपिलबाट गरेको इन्साफमा चीत्त बुझेन भन्ने समेत 09।5।2।1 को टिकाराम समेतको अपिल पत्र रहेछ ।

     धरौटी अपिलद्वारा पेस हुन आएको यो मुद्दामा छलफलको निमित्त झिकि आएको वादी हेमलालले दीएको वारेश छेत्र बहादुरलाई समेत राखी बुझदा किनि हक भएको जगामा बनेको घरगोठ भत्काई लगे भनि वादीले दावि ली देखि जांने भनी दिएका साछी बुझदा लुटि लगेको देखेको हैन वादीले भनेबाट सुनेको भनि बकेका र प्रत्यवादीको साछीले सडि गली भत्केको भनि भनेकोले समेत इन्साफ सुरु स्यांजा अदालतको मुनासीवै भै पाल्पा अपिलले गल्ती गरेको ठहर्छ तपसिलका कुरामा तपसिल बमोजिं गर्नु भनि मिसिल मिसिल फाटमा बुझाई दिनु ।

तपसिल

देहाएको कलम कलममा 09।2।28 को पाल्पा अपिलको फैसला वमोजिं गर्न नपर्ने हुनाले सुरु स्यांजा अदालतमा पुर्जि गर्न सरोकारवाला अड्डामा लगत दीनु ------------------------------------

वादी हेमलाल उपाध्याके घर बनाउनेका 13।17 नं ले पोली सावित गर्न नसकेको हुदा

डंड रु 22।50 लाग्नेमा 08।12।27 को सुरु स्यांजा अदालतको फैसला वमोजिं

09।1।9 मा रु 22।50 स्यांजा अदालतले सदर स्याहाँ गरी सकेको देखिएमा फिर्ता

दिने गरेको अपिल फैसला बमोजिं गर्न नपर्ने भनी अ.त.फौ.मा लगत दिने ------------------1

देहाएका प्रत्यवाददीके पाल्पा अपिलको फैसलाले लाग्ने गरेको देहाए वमोजिंको डंड हाल

नलाग्ने भएकोले असुल भएको भए फिर्ता र नभए लगत काटीदीनु भनी ऐ.ऐ----------------2

प 4 नं गरौ सोरेक भंज्यां बस्ने लीलाधर पाडे जैसीके लाग्ने गरेको रु -----6।43

ऐ ऐ बस्ने टिकारां ऐ के ऐ ----------------------------------------------6।43

ऐ पाडे खोला बस्ने प्र.रुप नारायण पाध्या के ऐ ---------------------------6।43

ऐ तीलाहार माघर बस्ने वालु पाध्याको साईलो छोरो के ऐ ---- ------------6।43

ऐ ऐ डंडारे बस्ने अने भुसाल जैसी के ऐ ----------------------------------6।43

ऐ ऐ बस्ने धने भुसाल ऐ ऐ ----------------------------------------------6।43

ऐ ऐ बस्ने धनेको आमा परेले भंन्ये जैसेनी ऐ -----------------------------3।21

पाल्ला अपिलका फैसलाले झुट्टा बकने भनी प 4 नं गरौ सोरेक पैमाँ पाटागाउ बस्ने

प्रत्यवादीको साछी वोम बाहादुरलाई लाग्ने गरेको रु 1। हाल नलाग्ने भएकोले ऐ ऐ--------3

पाल्पा अपिलका फैसलाले देहाएका मानीशहरुलाई ईन्साफ उल्टीमा लाग्ने गरेको जरी

वाना रु 1। हाल नलाग्ने भएकोले ऐ ऐ -------------------------------------------------4

स्यांजा अदालतका हा.डि.ईश्वरी सर्मा के रु -----------------------।70

ऐ का वि.गंगा बाहादुर पौडेल छेत्रृ के रु -------------------------।30

पाल्पा अपिलका फैसलाले प्रत्यवादी लीलाधर टिकारांबाट वादीले भरीपाउने रु 300।

निज प्रत्यवादीहरुको जायजात देखाई अपिल अवस्था पुगेका 5 वर्षभित्र दरखास्त पर्न

आए वादीबाट दसौंद ली विगो भराई दिने भनी ठहराएको हाल सो विगो भराउन नपर्ने

भएकोले विगोको लगत काटन अ.त.विगो पाटमा लगत दीने-------------------------------------

देहाएका मानीशबाट पाल्पा अपिलको ईन्साफ उपर अपिल पर्दा 09।5।2।1 मा ज्मा रु  2।29 पाल्पा अपिलमा धरोट राखेको देखीनाले सो धरोट रहेको रुपैयाँ ऐं सवालको रीत पुर्‍याई दरौटवालालाई फिर्ता दीनु भनी पाल्पा अपिललाई पुर्जि गर्न अ.त.फौ.मा लगत दीने-------------------------------

लीलाधर पाडे जैसी----1            टिकारां पाडे जैसी -----1

गल्ती ईन्साफ गर्ने देहाएका मानीशके हा.का.15 नं ले तजविजि रु 1। जरीवाना हुन्छ देहाए वमोजिं लगत कसी असुल गर्नु भनी सरोकारवाला अड्डाका नाउमा पुर्जि गर्न अ.त.फौ.मा लगत दीने

पाल्पा अपिलको मा.सु.सेरमां गुभाजु का.ई.मंजेश्वरी के रु ---------।40

ऐ को अ.ना.सु. हरी बहादुर श्रेष्ठ ल.पु.सुन्दारा के रु -------------।30

ऐ को वि. कृष्णराज गुरु घराना प 2 नं गोरखा खोपलांके रु ----।20

वादीका साछीहरुले सजाय दिनपर्ने सम्मको झुट्टा बकेको नदेखीनाले केही गर्न पर्दैन --------------

 

 

                                                            न्यायाधीस      

इति सम्वत 2011 साल जेष्ठ 5 गते रोज 3 शुभम् ------------------------------------------

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563