• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. १३ - जग्गा वाली लुटपिट

साल: २००९ महिना: माघ फैसला मिति :२००९/१०/०२ २१५

१३/२००९             १४/९३१

प्रधां न्यालये डी वी ज्यं वेन्च

मुद्दा नम्वर ९३१

अपिलाट श्री लाल सीवाकोटी पूर्व २नं सुंषानी चौधरा..१

              विपक्षी

   सु .कृष्ण लाल सीवाकोटी  पूर्व २नं सुषानी चौधरा..१

                   मुद्दा  :- जग्गा वाली लुटपिट

                           इजलास

श्री माननीय प्रधां न्यायाधीश हरी प्रसाद ज्यू

श्री माननीय न्यायाधीश महेन्द्र वाहादुर ज्यू

फैसला

सुवेदार कृष्णलाल सीवाकोटी  संगको जग्गा वाली लुटपिट मुद्दामा प्रधां न्यालये बक्यौता फाटले २००७ साल मार्ग ६ गते हराई  फैसला गरेमा चीत्त वुझेन ईन्साफ जाचो पाँउ भन्ने श्रीलाल सीवाकोटीले  दीयको निवेदन मत्रमा मधेका आदेश  वमोजिं मीसील  झीकाउँदा आन्दोलनमा परी मीसील जलीसकेको भन्ने ईलाका अदालतका जवाफ वाट देषीयकाले आदेश वमोजिं  इलाका अदालत मारफत दुवै थर झगडीया झिकाई मीसील षडा गरी आयको  मीसलमा सु कृष्णलाल को वा रत्न प्रसादले र श्री लाल  सीवाकोटी ले लिएको २००९ साल मार्ग ५ गते को तारेष दुवै थरले गुजारेको थमाइ ल्याएको समेत मिसिलवाट नदेषीयकाले समेत अ.वं.२२६नं वमोजिं यो उजुरी  डीस मीस गरी दिनु डिस मीस  गरी दिनु डिसमीस गरायमा उजुरवाला श्रीलाल सीवाकोटीके इन्साफ सदर भयमा सुरू दैराड रु२/१३ को हा.का ११नं ले दसौद रु ।२२ पैसा दराड हुनेमा अ.वं २२८ नं ले तेसका पनि सैक्रा ५ ले ।१।२यक  पैसा  दुई दाम दण्ड हुन्छ  सनद वमोजिं अदालत तहसीलमा लगत दी  मीसील  अ त मीसील  फाटमा वुझाई दिनु  

महेन्द्र वहादुर                 प्रधान न्यायाधीश

न्यायाधीश              

इतिसम्वत २००९साल माघ २ गते  रोज ५ शुभम्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..