• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. २२ - जालसाजी

साल: २०११ महिना: जेष्ठ फैसला मिति :2011/02/20 ८९

 

 

 

 

 

 

नेपाल प्रधान न्यायालय, सींगल बेञ्‍च

अ.नं. २२

 

मुद्दा : जाल्साजी

 

अपिलाट वादी पश्चीं ४ नं ढोर कीमीलडाडा बस्ने इन्द्रे कुमाल

विपक्ष प्रतेवादी पश्वीं ४ नं ढोर कीमीलडाडा बस्ने खोरीन्दी भंन्या साबीत्रा कुमालनी

ऐ ऐ बस्ने च्यांटी भंने सुमीत्रा कुमालनी

ऐ ऐ बस्ने मु.मानसीं कुमाल

ऐ भीरकोट रामंजफबी बस्ने नरनाथ पाध्या

पश्चीं ३ नं बन्दीपुर बस्ने रा.सुखबाहादुर श्रेष्‍ठ

ऐ ऐ सामुहतिया बस्ने मनबहादुर श्रेष्‍ठ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ईजलास

श्री माननीय न्यायाधीस महेन्द्रबहादुर महत क्षत्री

 

फैसला

मानध्वज गुरूं जीम्माको पुर्व वनं वया बोली पावरको रैकर खेत पश्चीं काली कुमालनीको खेत ऊतर मेरो अंसको खेत र नीजै काली कुमालनीको खेत दषीं पीने कुमालको खेत यति ४ कीला भीत्रको तीरो मोरू ४।७६।३ लागेको ठुलो ढुंङ्गो डोभां काली सखा भंन्या स्मेत कलं कलंको खेत मुरि ।१२ कांन्छा वावु कृस्न संग अंस हुदा अबन्डा राखेकोले आधी खेत मुरी ।६ मेरा अंसको जगा कान्छी आमा साबीत्रा सुमीत्रा साछीस्मेत भै अदालाई भोराई मेरो अंसको खेत ।६ स्मेत खेतमुरि ।१२ रू१६०० मा जाल्साजबाट ०५।११।१३ मा पास गराये मेरा अंसको खेत ।६ राजीनामा गरे गरायेमा सजाये गरी राजीनामा बदर गरी खेत मुरि ।६ मेरो सदर गरी पाऊ भन्‍ने स्मेत वादी रहेछ।

म साबीत्रा सुमीत्राको लोग्ने कृष्ण कुमालको बाजे डंम्बरे कुमाल बादीको बाजे ससीधर अघि चीतौंबाट बसै आयकोले हकदार होईन लोग्नेका सेषपछी हामीले भोगी आयकोमा साहु लागी रू१६००। मा नरनाथलाई राजीनामा गरी दीयकोले प.गुमानसीं साछी भै लेखि दियको हो जाल्साजी गरेको हैन हामी साबीत्रा सुमित्रालाई गुणनीधी कुवेर भट्टले करकापसंग कागज गराई लाडा बाडीस्मेत सरिक भै सै भयकोले करकापमा ऊजुर गरेको हुदा झुठा फेराद दीयको हो नरनाथलाई राजीनामा गरी दीयको सदर गरि पाऊ भन्‍ने स्मेत साबीत्रा सुमीत्रा मु मानसींको प्रतेवादी रहेछ।

च्यान्ती भन्य सुमीत्रा खोरीन्ही भंन्य साबीत्राले नीजका लोग्ने कृष्णे मर्दा कृया गर्नस्मेत लीयको रू१६०००। मा घोर जसपुरका जी.मु.मानध्वज मार्फत तीरो गर्नुपर्ने ठुलोढुगो डोडो भंन्यास्मेत २ ठाऊ गरी ।५ मा बढ भंनय खेत मुरि ।६ को मोरू २।६९।३ लागेको कीत्ता १ वीरे थापाको दामोदर कुमाल बीरौटे ।३ को बढ खेत ।१ को रू ।९०।२ को कीत्ता १ ढोडपुछार भंन्या खेत ।२ को रू।२०।२ लागेको कीत्ता १ लालसीं पति दामोदर कुमालको ।९ मा खोलो ।५ मा अबाडी भंन्या खेत ।३ को रू ।९६ लागेको कीत्ता १ स्मेत ४ कीत्ता जगा ०५।१०।५ मा घरसारमा र ०५।११।१३ मा रजीष्ट्रेसं पास गरी दीयकोले २००६ सालक बाली मैले लगायको वादी र साबित्रा सुमीत्रास्मेतले गुणनीधी कुवेर महतले तीम्रो भन्दा अघीको मीती पारी राजीनामा गराई लीय दीयकोले लुटेको भनी चलं हटक गरेमा नालेस गरेको मुदा यसै अडामा छुटै नालेस गरे दायेरै छ सो मुदामा उतैबाट ईन्साफ पाऊने छु सोही नालेस गरेकाले झुठा नालेस गरेको हो जाल्साजबाट बादिको खेत ।६ स्मेत राजीनामा गराई लीयको हैन भंन्यस्मेत नरनाथको प्रतेबादी रहेछ।

बादीले दाबी गरेको खेत ।६ वादीकै भै अबन्डा रहेको भये अबन्डा रहेको लेखत हुनुपर्ने सो छ भंन नसकेको प्रतेवादी सुमीत्रास्मेत वादी अंसीयार हैन भनेको सो खेत भोग गरेको भये रसीद बादीमा प्रमाण दीनुपर्ने नदी दर्खास्तसाथ पेस गरेको c}नले प्रमाण नलाग्ने सो जगा वादीको हक लाग्नेमा प्रतेबादिहरूले जाल्साजी बीक्री गरेको भय सोही जगा प्रतेवादी सावीत्रास्मेतले दोहरा पारी मोहरू १४००। मा गुणनीधीस्मेतलाई बीक्री गरे भनी ऊजुर परेको सो लिखत ऊपर पनि बादीको ऊजुर हुनुपर्ने नभयेको सो नरनाथले ऊजुर गरेको मुदामा दोहरा बीक्री गरेकोस्मेत ठहरि आजैका मीतीमा फैसला भयको र साबित्राले करकापमा ऊजुर गरेको पनि करकाप ठहरि फैसला भयेकालेस्मेत जगा बादीको हक नदेषीयेकोलेस्मेत बादीले झुठा ऊजुर गरेको ठहराई ०९।१।१७ मा स्यांजा अदालतबाट फैसला गरेको रहेछ।

हकदार हैन भंन्यातर्फ पका सवुद प्रमाण प्रतेवादीले पेस दाखिल गर्न नसकेको बादीका ३ जना साछीले हकदार हुँ भनी बकी दीयकाले वादी कृष्णेको हकदार ठहर्छ झगडा परे बाहेक अरू जगा अवंडा रहेको नदेखियको अवन्डा भंन्य प्रमाण दाखील भैसकेको अरू अंस भैसकेमा बादी साबीत भयको जगा बाली मुदामा पनी आजैका मीतीमा सुरूको ईन्साफ मनासीब भै छीनीयकोले स्मेत ईनसाफ सुरुको मनासीब गरी पाल्पा अपिलबाट ०९।९।२५।५ मा फैसला गरेक रहेछ।

बादी इन्द्रे कुमालले ढरौटि अपिल गरेको यो मुदा बुझदा बीक्री गरेका ६ मैना भीत्र ऊजुर नपरेको र नगीच यति पुस्ता भीत्रको हकदार भंन्ये सबुद नभयको अंसवन्डाका ६१ नंम्बरका c}न बमोजिं रीत नपुगेकोलेस्मेत बादीको हक नपुग्ने ठहरायको सुरुको सदर गरेको पाल्पा अपिको ईन्साफ मनासीव ईन्साफ पारी छीन्‍ने हाकीं ऊपर अपिल गरेमा सुरु डंड मोहरू १०० को हाकींका नाऊमा कराउनेका १० नं ले दोश्रा अपिल हुदा सैक्रा ५ ले मोरू ५। डंड हुन्छ सो डंड तारेखमा वस्न नपर्ने गरी ०९।१०।२४।६ मा अपिलमा ढरौट राषेको देखिनाले सदरस्याहा गर्न पाल्पा अपिललाई पुर्जि गर्न अदालतमा तहसीलमा लगत दी मुदा छीनेको जनाऊ अपिलाटलाई दी मीसील मीसील फाटमा बुझाई दीनु।

 

 

 

महेन्द्रवहादुर महत

न्यायाधीश

 

 

ईति सम्वत् २०११ साल जेष्‍ठ २० गते रोज ४ शुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563