• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७४ - संधीसर्पण जगा

साल: २०१० महिना: जेष्ठ फैसला मिति :२०१०/०२/१४ १०२

अभिलेख दर्ता नं.७४/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.२१८/२१२ नि.नं.....

 

नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च

सानं २१२

 

मुदा संधीसर्पण जगा

 


वादी : पुर्व ४ नं फाली सां पां को कीमालुं बस्ने परी फुर्लंबु सर्पेनी


वीपक्ष प्रतेवादी : पुर्व ४ नं फाली सां पां को सुर्के बस्ने बुधीवीर त्मां


इजलास

श्री माननीय प्रधान न्यायाधीस हरीप्रसाद प्रधान एम.ए.बी.एल

 

फैसला

येस्मा गीदेवरीको खोला पछीं च्यां डाडाले छीनेको पुर्व स्यां खोला दखीं धां डाडा पानी ढलो उतर येती ४ कील्ला भीत्र चापफलाट स्मेत १ लाख रुषको ठूलो जंगल भयेको मेरो सुर्के तालुक थमाञी भीत्र २८ घर रैतीको संधीसर्पन पर्ने जगा ६ साल देखी तीरो तीर्ने गरी प्रतेबादीले ५ कीत्ता जगा दर्ता गरेछ जगाको लगत काटी पाउ भन्ने फुरलंवु सर्पेनीको बीन्तीपत्र बयान रहेछ,

संधीसर्पन पर्ने हो तापनी अरुले दर्ता गर्ला भनी मैले दर्खास्त दी १ कीता धंटुका नाउंमा ४ कीता मेरा नाउमा दर्ता गरेको छु भन्ने बुधीबीरको बयान रहेछ,

संधीसर्पन पर्ने जगा मैले दर्ता गरेको हैन मेरा नाउमा कस्ले दर्तागरी दीयो था छैन भन्ने घंटु भन्ने रतेस कुमारको बयान रहेछ,

सनदको कील्ला नभीडे पनी नकसाबाट संधी सर्पन जगामा झगडा परेको र प्रतेबादीले नै संधीसर्पन वं जंगल हो भन्ने वयां गरेको नकसाबाट १ कीता आबाद गरी ४ कीता जंगलै देखीयेको फैसला सदर भै आयेपछी जगाको लगत काट्न माललाई लेखोट दीने स्मेत ठहराई ८।७।८ गते भोजपुर अदालतले जाहेरी फैसला गरेको रहेछ,

लगत काट्ने ठहरायेको इन्साफ मनासीब सो जंगलमा अब कसैले पनी अबाद गर्न नपाउने गर्न इलाका माझ कीरात मालका नाउमा र सो जंगलको रक्षा पालन रांरो भये नभयेको पुर्व ४ नं गोस्वाराले जाची नभये गराइ राखन फैसला सदर भयेपछी अदालतले माल गोस्वारालाई सुचना दीने स्मेत ठहराइ ९।११।२३ गते धनकुटा अपीलले जाहेरी फैसला गरेको रहेछ,

साधक द्वारा आयेको यो मुदा वुझदा नकसाबाट ठूलो वं जंगल देखीयेकोले संधी सर्पन पर्ने सो जगाको दर्ताको लगत काटी अब कसैले आबाद गर्न नपाउने गरी गोस्वाराले बराबर जाची नीगरानीमा राखने ठहराइ धनकुटा अपीलले जाहेर गरेको मनासीब छ तपसीलका जगाको लगत काट्न लगत फाटलाइ लेखी पठाइ दीनु ।

तपसील

देहायेका जगा संधी सर्पनको ठहरेकोले दर्ता भयेकै साल देखी नालीबालीको लगत काटी दीनु भनी लगत फाटलाई लेखी पठाउनु

आसामी                              घर          हले         कोदाले       ज्मा

पूर्व ४ नं जील्लै                        -           वीज         ताके वीडा    ताके

माझ कीरात माल

फाली सर्के जी

फरलंवु सर्पेनी

जींमा ६ सालको

नंबरी ६ सालदेखी

बाली तीर्ने

६।९।२३ का वुधीमां

का दर्खास्त ७।१।२

का नापी मुचुल्का

बमोजीं

 

च्यां डाडा पानी ढलो

पुर्व सुर्के झर्ने ठाडो

बाटो दखीं गुफा

वं डाडो पर्सीं लीवुवा

झर्ने बाटो उतर येती

४ कील्ला भीत्रको वल्लो

पल्ले दुवै ठाउ गुरासे

भन्ने बारी आवाद

गर्ने बुधबीर त्मां            १ फ        x          -           x          -           ।।४ –।२८ -।२८

 

कागज थला डाडो खोला

पूर्व स्याम खोला

पसीं वख्रोनी वारको

बारी उतर सानु मह

भीर दखीं येती ४ कील्ला

भीत्रको सीगते खर्क ऐ -     १ फ        x          -           x          -           ।।४ –।२८ -।२८

स्याम खोला दखीं नीर

देवराको ठाडो खोल्सा पुर्व

कागज भंदा पारीको

पानी ढलो डाडो खोलसी

पसीं यती ४ कील्ला

भीत्रको जगा अबाद

गर्ने घंटु श्रेष्ठ              १ फ        x          -           x          -           ।।४ –।२८ -।२८

 

येकराते पानी पानी ढलो

उतर तारेभीर पुर्व

गीरदें घारीको खोलसा

पसीं स्याम खोला दखीं

येती ४ कील्ला भीत्रको

गरदे आलुवारी भन्ने

बारी अवाद गर्ने वुधी

बीर तमां                 १ फ        x          -           x          -           ।।६ –।८४ -।८४

 

रीछीडी सेर्पेनीको घर

पही देबी थां वरीको डाडा

पारीको भंज्यां तेर्सो बाटो

डढुं खर्क पुर्व वडारे

महभीर स्यां खोला

दखीं कुलेको वस्तीले

चर्चेको बाहेक पसीं देवी

थां डाडा उतर येती ४

कीला भीत्रको दाढुं वारी

अबाद गर्ने बुधीवीर तमां     १ फ        x          -           x          -           ।।४ –।२८ -।२८

 

प्रधान न्यायाधीस

इती सम्वत् २०१० साल जेष्ट १४ गते रोज ४ सुभ्म् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..