• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७८ - ज्यान

साल: २०१० महिना: जेष्ठ फैसला मिति :२०१०/०२/१४ १०६

अभिलेख दर्ता नं.७८/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.३१/१६८

 

नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च

मुद्दा नं.१६७

जदु सुडी वि. गोकर्ण धानुक समेत

 

मुद्दा ज्यान

 

ईजलास

श्री माननीय प्रधान न्यायाधीस हरीप्रसाद प्रधान एम.ए.बी.एल

 

आदेस

येस्मा जी.सप्तरी प्र. पकरी मौजे वीस्नुंपुर वस्ने वादी जदु सुडीको ऊजुर परेको प्र. पकरी मौजे कोईलाठी वस्ने प्र. गोकर्ण धानुक स्मेतको ज्यान डाका मुदामा गोकर्ण धानुक अैले सम्म थुनामा परेको देखीयेको हुँदा २ वर्ष भन्दा बढी थुनीयेकोले खारेज गर्न गृह मंत्रालयको तजवीज भनी हनुमान नगर अमीनीले जाहेरी फैसला गरेकोमा अन्तरीम जेल सुधार योजनाका ३।४ दफाले २ वर्ख भन्दा वढी थुनामा परी रहेको छाड्ने खारेज गर्ने गृह मंत्रालयकव तजवीज भन्ने लेखीयेकोले अमीनीले जाहेर गरेको मनासीव भनी अपील र अमीनी गोश्वाराले जाहेरी फैसला गरी साधक द्वारा पेस हुन आयेको यो मुद्दा वुझ्दा अन्तरीम जेल सुधार योजनाका ३ दफामा ज्यान मारा डकैती जवरजस्ति करणी वाहेकका कैदीहरुलाई जेलमा असल चालचलं देखीये तुरुन्त छाड्ने भन्ने लेषीयेको यो ज्यान डाका मुद्दा भयेको हुनाले सो दफा येस्मा लागु हुन नसकने र यो मुद्दामा कारवाई चलीरहेको देखीयेकोवाट अैं सवाल वमोजिं जो वुझ्नु पर्ने वुझी ठहरे वमोजिं मुद्दा चाडो कीनारा गरी दीनु भनी यो मीसील जील्ला हनुमान्नगर अमीनीमा पठाऊन मीसील फाटमा वुझाई दीनु ।

 

प्रधान न्यायाधीश

ईति सम्वत् २०१० साल जेष्ट १४ गते रोज ४ सुभं ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563