निर्णय नं. १९७ - समन जालसाजी
नेपाल प्रधान न्यायालय, डिभिजन बेञ्च
ठा.नं. १०४७
मुदा : समन जालसाजी।
निवेदक विरिछ महरा चमार
विपक्ष प्रतेवादी जोखु राउत अमिरसमेत
इजलास
श्री माननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान, एम.ए/वि.एल.
श्री माननीय न्यायाधीश भगवतीप्रसाद सिं, वि.एस.सी./वि.एल.
फैसला
यस्मा, मैले तिरीसकेको धान बाली भनी जोखु राउतले उजुरी गरी मेरा नाउँमा आएको म्याद प्रतेवादीहरू मिली बीचबीचै तामेल गराई एकतर्फी फैसला गरायछन्। जालसाजीसँग म्याद तामेल गरेमा सजाय गरी मेरो प्रतिउत्तर ली इन्साफ पाउँ भन्ने विरिछ चमारको फिराद रहेछ।
म्याद तामेल हुन जाँदा वादी घरमा फेला नपरी टाँसी दिएको हो, जालसाजी गरी तामेल गरेको होइन भन्ने छोटेलाल, सीउ नारायन, जोखु राउतको प्रतेवादी र वीरगंज अमिनिका सि.ठाफुर कुर्मीको रिपोर्टसमेत रहेछ।
उजुरीबमोजिं जालसाजी गरेको ठहर्दैन भनी ०८।११।१।४ मा रूटखना अपिलले फैसला गरेको रहेछ।
अपिलको इन्साफमा चित्त बुझेन भन्ने वादीको अपिल परी आएमा इन्साफ अपिलको मुनासिव ठहराई ०९।५।३१ मा प्रधान न्यायालय तेश्रा फाँटले फैसला गरेको रहेछ।
इन्साफ दोहोर्याई पाउँ भनी वादीको निवेदन परी यो मुद्दाको मिसिल झिकी जाहेर गर्नु भनी ०९।०८।९ मा आदेश भएको रहेछ।
प्रतेवादी मध्ये सि.ठाकुर कुर्मी हाजिरी बारे मुद्दा किनारा भै लेखी आएबमोजिम गर्ने गरी तारेख तोकी र अरू प्रतिवादी ३ जनालाई छलफलको म्याद तामेल गरी पठाईदिनु भनी वीरगंज अमिनीलाई लेखी पठाई आएपछि पेस गर्नु भन्ने ०१०।१२।१९ मा डिभिजन बेञ्चबाट आदेश भएको रहेछ।
तारेखमा रहेका वादी वाखङ्क सी. प्रतेवादी छोटेलाल, सीउसरणको वा समेत का वा जोखु राउत अहिर र सि ठाकुर कुर्मीलाई समेत राखी पेस हुन आएको बुझ्दा जालसाजीसँग तामेल गरे भनी उजुर परेको छैन प्रतिवादी जोखु राउतको र वादी पिरीछ चमारको लेनदेन मुद्दाको मिसिलसाथ रहेको तामेली म्यादमा हेर्दा अ.वं.१३६ नं. ऐनको रीत पुर्याई तामेल गरेको नदेखिँदा तेस्तो वेरितको तामेली म्याद कायम गरी एकतर्तफी फैसला गर्न नहुने सोही ऐनले अर्को अर्को म्याद तामेल गर्नु, गराउनुपर्ने त्यस्तो म्याद तामेलीउपर परेको यो उजुरीमा जालसाज गरेको ठहर्छ, ठहर्दैन भनी फैसला गरिरहन नपर्ने देखिएकाले लेनदेन मुद्दामा वीरगंज अमिनीले एकतर्फी फैसला गर्नु र यो मुद्दामा अपिल न्यायालय तेश्राले ठहर फैसला गरेको मनासिव नदेखिंदा तपसीलका कुरामा तपसीलबमोजिम गर्न तहसिलमा लगत र सिं ठाकुर कुर्मीलाई अमिनीमा हाजिर हुने दिन तोकी पठाई सोभन्दा अघी हाजिरी फाराममा काज लगाई दिनु भनी अमिनीलाई लेखी पठाई दी जोखु राउतको र विरीछ महरा चमारको ०८।१।१६ मा वीरगंज अमिनीबाट फैसला भएको लेनदेन मुद्दा जगाई सो फैसलाले लागेका विगो दण्डसमेतको लगत काटी वादी प्रतेवादी दुवै थरलाई ऐनबमोजिम म्याद दिई औं सवालबमोजिम मुद्दा किनारा गरी दिनु भनी प्रमाण मिसिलसहित मिसिल वीरगंज अमिनीमा पठाई दिनू वीरगंज अमिनी क.वं. अपिल प्रधान न्यायालय तेश्रालाई केही गर्न पर्दैन।
तपसील
प्रतेवादी वीरगंज अमिनीका सिं ठाकुर राउत कुर्मी जिल्ला वारा प्र टोकनी मौजे बहुवरी के ऐ.को रित नपुर्याई म्याद तामेली गरेमा अ.वं.१३६×२८९ न.का अैंबमोजिम तजविजी कंरू.५।- पाँच रुपैँया जरिवाना हुन्छ असुल गर्ने...............................................१
देहायका मानिसलाई कं. अपिलको देहायबमोजिम दण्ड जरिवाना गरको नलाग्ने हुँदा असल भए फिर्ता र नभए बेहोरा जनाई लगत काटी दिनू भनी क. वं. अपिललाई पूर्जी गर्नू........ १
वादी जिल्ला वारा प्र. टोकनी मौजे वसदिलुवा विर्ता बस्ने विरिक्ष महरा चमारलाई गरेको दण्ड कं रू. दुई रूपैँया आठाना.................................................................................१
देहायका साक्षीलाई गर्ने गरेको जरिवाना जनही कं रू. एक रूपैँयाका दरले जम्मा कं रू. ११।– --------------१।-
जि वारा प्र खेश्राहा मौजे वैराठपुर बस्ने विरिक्षे कुर्मी.................................................१
ऐ.प्र टोकनी मौजे वसडिलुवा विर्ता बस्ने सेतमान खत्री...............................................१
ऐ.ऐ.मौजे अद नभै डरीया बस्ने मुसहरू दास थारू...............................१
ऐ.ऐ.वसदिलुवा विर्ता बस्ने बदन महतो धानुक.........................................................१
ऐ.ऐ.खेस्रौल बस्ने रमेशर खाँ थारू......................................................................१
ऐ.ऐ.बसे वसदिलुवा बस्ने सुन्दर महतो धानुक.........................................................१
ऐ.ऐ. बस्ने महाबिर थारू...................................................................................१
ऐ.ऐ.टरपुर बस्ने अव्दुल रहमान फकिर.................................................................१
ऐ.ऐ.बसदिलुवा विर्ता बस्ने महतो धानुक................................................................१
ऐ.ऐ.हरपुर बस्ने अनुप राउत अहिर......................................................................१
ऐ.ऐ.मटेरिना बस्ने भोला चौधरी थारू....................................................................१
वादी बिरीछ महरा चमारलाई प्रधान न्यायालय तेश्रा फाँटले कं. रु.चाराना दण्ड गर्ने गरी ०९।७।८।६ मा लगत दिएको नलाने हुँदा असुल भए फिर्ता र नभए बेहोरा जनाई लगत काटी दिनू.....................................................................................................३
देहायका मानिसलाई गल्ती गरेमा जरिवाना नगर्ने कितापमा जनाई राख्ने.........................४
प्र.न्या. तेश्राका हाकिम मि.सु. महेन्द्रबहादुर महत क्षेत्री..............................................१
ऐ.का अ.सुब्बा बेनु बहादुर.................................................................................१
ऐ.का डि. तारानाथ उप्रेती..................................................................................१
क वं.अपिलका हा.सु. गुरूप्रसाद मैनाली.................................................................१
ऐ.का अ.ख निल पराक्रम सिं राजवंशी..................................................................१
ऐ.का ता.डि. चुडामणी प्रसाद अधिकारी..................................................................१
ऐ.का वि विनु मां सिं राज भँडारी.........................................................................१
वीरगंज अमिनीका हाकिम ना.सु.वखत माँ सिंराज भँडारी.............................................१
ऐ.का.वि. पूर्णप्रसाद उपाध्याय.............................................................................१
भगवतीप्रसाद सिं हरिप्रसाद
न्यायाधिश प्रधान न्यायाधिश
ईती सम्वत् २०11 साल जेष्ठ 26 गते रोज 3 सुभं