निर्णय नं. ७९ - कन्या चोरी
अभिलेख दर्ता नं.७९/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.२०/७५८ नि.नं..........
प्रधान न्यायालय डिभिजन बेञ्च
फौ.ठा.नं.७५८
मुदा कन्या चोरी
निवेदक – पेटबोलीबाट बुझिएको प ३ नं कास्की जुंलेटि डीडी बस्ने लीलाबहादुर कार्की छेत्रृ
विपक्ष –वादी ऐं बस्ने काली छेत्र्यानी १
प्रतिवादी ऐं बस्ने मु केसरबहादुर थापा छेत्री १
भिंबाहादुर ऐं १
धने कामी ऐं १
वीस्णुप्रसाद जैसी १
बालकुमारि छेत्र्यानी १
ऐं ढुंगा सागु बस्ने तीलकबहादुर ऐं १
सानु तीलकबहादुर ऐं १
पुतली छेत्र्यानी ऐं १
नरबहादुर ऐं १
चुडामणी पाध्या ऐं १
इजलास
श्री माननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम.ए.एल एल बि
श्री माननीय न्यायाधीश भगवतिप्रसाद सिंह राजपुत
फैसला
येस्मा आमा बालकुमारी पोइल गयेकी र सौतेनी आमाको कुरा सुनि हेला गरेको थीय ०६ साल जेष्ठ १० गते वाख्रा हेर्न गयाका ठाउवाट आमा वाल कुमारी स्मेत ५ जनाले वालंको नाच छ भनी लगे ११ गतेको रात सानु तिलक वहादुर जैसी वीवाह गरी दीएकोले वावु लाई भंछु भंदा थुनी राखेको र भाद्र १० गते फुत्की आयेकोले नालेस गर्न आयेको छु म १० वर्षको नावालखलाई चोरी वीवाह गरेमा प्रतेवादीहरुलाई सजाये गरी पाऊ भंने स्मेत कालीको वादि रहेछ ।
हामीहरुले वावु दाजु स्मेत वनी चोरी वीवाह गरी दियको होइन उमेर स्मेत १५ वर्ष को छ उजुर झुट्टा हो भंने स्मेतको केसर वाहादुर-१ मीं वाहादुर -१ धन वाहादुर -१ वीस्णु प्रसाद स्मेतको प्रतेवादी रहेछ ।
दिदी पुतलीले लीला वहादुर र म संग भनी लीला वहादुरले मंजुर गरि कंयादान दिनु भनेकोले कन्यादान दीयेको चोरी वीवाह गरेको होइन इविवाला मानीसलाई दुख दिनका नीमीत्त झुट्टा उजुर गरायेको हो भंने स्मेत वालकुमारीको प्रतेवादी रहेछ ।
वावु लीला वहादुर र केटि स्मेत मंजुर भै पुतलीका घरवाट आमा वाल कुमारीले कंयादान दियेको र वावु लीलावाहादुर जेष्ठ १३ गते आई माइत ली गयेकोमा झुट्टा उजुर गरेको हो भंने स्मेत सानु तीलक वाहादुरको प्रतेवादी रहेछ ।
मु तीलक वहादुर १ पुतली १ नरवाहादुर १ चुडामणीले म्याद गुजारेको रहेछ ।
छोरीलाई चोरी वीवाह गरी दियकोले जेष्ठ २० गते वींती पत्र दि तोक कारवाई चलाइन भाद्र १० गते छोरी आयेकोले भाद्र २० गते नालेस गरेको हो भंने स्मेत लिला वाहादुरको वयान रहेछ ।
बुझीए संमका प्रमाणले साछी सरजीं स्मेतवाट चोरी वीवाह गरेको भंने देखीन नआयेकोले स्मेत पोईल गयकी स्वास्नि तर्फकी छोरीलाई झीकाई लीला वाहादुरले इविवाला स्मेत उपर झुट्टै उजुर गरायेको ठहर्छ भनी १३ नं गोश्वारा सफल वाहादुर र एै अदालतले स्मेत भै २००७।७।१५ गते फैसला गरेको रहेछ ।
वादी काली र लीला वाहादुरको स्मेत अपील परेकोमा लीला वाहादुरको अपील डीसमीस र कालीको अपील तर्फबाट इन्साफ मनासीव गरी २००८।३।११ गते प्रधान न्यायालय तेश्रा फाटले फैसला गरेको रहेछ ।
कालीले गरेको उजुरमा मलाई सजाय लाग्न नपर्ने हुदा डीसमीस जगाई हेरी दिनु भंन्ये आदेश पाउ भंन्ये लीला वाहादुरको विंतीपत्रमा मीसील झीकी इन्साफ जाची अैं सवाल बमोजिं गर्नु भन्ये २००८ साल भाद्र २४ गते आदेश भयेको रहेछ ।
पेस हुन आयेको यो मुदामा उजुरवाला लीला वाहादुरलाई स्मेत बुझ्दा सरजीं लेखाइवाट स्मेत चोरी वीवाह गरेको भंन्ये देखीन नआई गाउ घरमा नीमत्रणा स्मेत दि वीवाह गरेको भंन्ये देखीएको र उमेर १४।१५ वर्षको थीयो भंन्ये लेखी दिएका कालीले दिएको नालेशमा आमा पोइला गयेकोले सौतेनी आमाको कुरा सुनी अपहेला गरेका थीय भंन्ये लेखेकोमा सनाखतमा लीला वाहादुरले स्ही छाप गरेको देखीयको र जेष्ठ १० गते दीयेको विंतीपत्रमा छोरी कालीलाई चोरी वीवाह गरी दियछन भंन्ये लेखेको सोही वींतीपत्रमा लेखीयका मानीस स्मेतका उपर भाद्र २० गते कालीको नालेस परेको देखीनाले स्मेत इन्साफ प्रधान न्यायालय तेश्रा फाटको मनासीव दोहरायेमा लीला वाहादुर कार्की छेत्रीलाई केही गर्न पर्दैन मीसिल फाटमा बुझाई दिनु ।
न्यायाधीश प्रधान न्यायाधीश
इति सम्वत् २०१० साल जेष्ट १६ गते रोज ६ सुभं ।