निर्णय नं. २०६ - गल्ती वंद गर्यो (गरो)
अ.द.नं. 206/2011
नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च
अ .नं 607
मुद्दा- गल्ती वंद गर्यो (गरो)
अपिलाट वादी वुटौल तपे सिवराज मौजे वंद नगर वस्ने सत्यनारायणवाहुन
विपक्ष तपे सीवराजमौजे भंदैनगर बस्ने गुरुप्रसाद कलवार
ईजलास
श्रीमाननीय न्यायाधीश भैरवराज पन्तोपाध्याय
फैसला
येस्मा चदे नगरको जानकीनगर देखी पछीं तर्फ परिक्रमा गर्ने गल्ती पछींको वजनाथको गुरुप्रसादले खरीदगरी ली उस्को जाहातको दीवाल थीयो उहीतक वनाउनु पर्नेमा गल्ली भनी अधिकार गरी लीयेकाले सावीक वमोजीं गल्ली कायं गराई पाउँ भंने सत्यनारायणको उजुरी रहेछ
मैले कल्यानजीसंग खरीद गरी सावीक देखी देवाल को वुनीयाद भये ठाउमा मैले हाल वुनीयाद खडा गरेको छु भंनेस्मेत गुरुप्रसादको प्रतेवादी रहेछ ।
सरजमींका वकाईबाट २ हात गल्ली छुटेको सिध हुन आयको आज जाचदा १ हात पाच इञ्च गल्ली छाडी गुरुप्रसादले नञा पका देवाल उठाई राखेको देखीयाको ले श्हात नपुग जगा चापी प्र. ले घर बनाएको ठहराई कृष्णनगर पंचायतबाट फैसला भयेको रहेछ ।
ठाकुरद्वाराको मंदीरको गीरजा भीत्रैबाट परीक्रमा गर्नेठाउ भै बाहीरबाट परीक्रमा गर्न २ हात चाहीने भंने लेख आवस्यक देखीन नआई अघीनभये पनी अव कायं गराई दीनुपर्ने भंन नहुने र दुगुनको आधी नभयेपनी अव कायं गराई दीनुपर्ने भंन नहुने र दुगुनको आधी हकदार झगरुको स्वास्नी कल्पावतीनीको लीखतबाट नीजको हक २४ फुट भंने देखीदा दुगुनको पनी तेती जगा हुने भै ज्मा ४८ फूट उत्तर पछींको सगोलको घर भंने देखीयेको र नक्सा बाट ४८ फूट भंदा वडी जगामा घर वनेको नदेखीदा प्रतेवादीले गल्ली मीची घर वनायेको ठहर्दैन भंने बुटोल अपील्को फैसला रहेछ ।वादी सत्यनाराको अपील परी आयेकोबाट नीर्णयलाई पेस हुन आयेको येस मुद्दामा ठाकुरद्वाराको मंदीरको गीरदा भीत्रैबाट परीक्रमा गर्ने ठाउ भयेको र दुगुनको आधीहकदार कल्पावतीनी को लीखतबाट नीजको हक २४ फूंट भंने देखीदा दुगनको पनी तेतीनै हुने भै ज्मा ४८ फीट उत्तर पछींनको सगोलको घर भंने सीध हुन आयेको र नकसामा ४८ भंदा वडी जगामा घर वनेको नदेखिदा अपिल फैसलामा लेखीयाका वुँदा प्रमाणबाटस्मेत इन्साफ अपीलको मुनासीव ठहर्छ इन्साफ पारी छींने हाकीं उपर अपील गरेवापत हा. का. १० नं ले पैलो अपील हुँदा सैक्रा १० ले कं. रु /।।।नीज सत्यनारायणलाई डण्ड हुनेमा नीजले 9/5/2/1 मा तारेखमा वस्नु नपरोस भनी तौलीहवा अमीनीमा कंरु ।धरौट राखेको मीसीलबाट देखीयाकाले सो धरौटीबाट कं रु /।।।कट्टा गरी सदरस्याहा गरी बाँकी कंरु ।......।अैन सवालको रीत प्रुर्याई नीज सत्यनारायणलाई फीर्ता दीनु भनी तौलीहवा अमीनीलाई पुर्जी गर्न अ. त. दे. मा लगत दी मीसील मीसीलफाटमा वुझाई दीनु अपीलाट लाई मुद्दा छीनियेको जनाउ पनी दीनु ।
भैरवराज पंत
न्यायाधीस
इति सम्वत् २०११ साल जेष्ठ २८ गते रोज ५ शुभ्म्