• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. २०७ - जगा वाली

साल: २०११ महिना: जेष्ठ फैसला मिति :2011/02/28 ८८

अ.द.नं. 207/2011

नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च

अनं ४२५४३

मुदा जगा वाली


अपीलाट वादी प्र वादी  देउसीं देउवा उ. इं गार्वा मुसाकोट गाँउ प्रतेवादी दुगरसीं देउवा ऐ ऐ   

विपकक्ष प्र. भैले देउवा ई. मुसाकोटगाउ


ईजलास

श्रीमाननीय न्यायाधीश भैरवराज पन्तोपाध्याय

फैसला

          येस्मा डोटी अपीलले गरेको ईन्साफमा चीत्त वुझेन भंने वादी देउसीं देउवा प्र. डुगरसीं देउवाको अपील परी आयेवाट नीर्णायलाई पेस हुन आयको येस मुद्दामा सावीक मीसील क्रान्तीमा आगलागीमा परी सडेकोले डोटी अपीलमा दोश्रो अपील परेकोमा मेरै जगा उतर मेरै  जगा पछींको  गडा जगा तीमी वादी देउसीं लाई छोडी दीञे भनी ०३ साल पौष २२गते डुगर सींले मीलापत्र गरेको सो नरमतीको जगामा माथी को २ गडा जगामा दावी गरी वाली खाये भनी वादीले दी गरेको सो जगा काहानेरको कस्को रहेछ भनी तेसतर्फ हेरेमा नक्सा नं ३ को जगा हो भनी वादीले झगडा जनायेको तेस ठाउमा सो मीलापत्र को कील्ला नीजै प्रतेवादी डगुरसींको उत्तर पछींमा जगा देखीन नआई नरमतीको जगा पछींमा हाल झगडा परेको जगा देखीन आयेकोले मेरै जगा पछीं मेरै जगा उत्तर मंने कील्ला देखीयको नरवतीको जगा माथीको २ गडा नीज  वादी देउसींको मीलापत्रको कील्लाबाट देखीन ठहर्न आउने र वाली वुझ्ने भनेको टायंमा नीज प्रतेवादी घरमै नभयको भंने पनी साछी वकाईबाट देखीन आयेपछी जगा र वालीमा वादीले झुट्टै नालेस गरेको भै अव  प्रतेवादीले मीलापत्रले छाडेको मेरै जगा पछीं मेरै जगा उत्तरको १ गडो भंन जगामा वादीले घ लगाई चलं गरेको छ भनी प्रतेवादीमा इन्कार लीयेको र नकसामा पनी सो घर देखायको छतापनी सो घर लगायेको जगा मेरो सावीक जगाको भंने वादीको जीकीर भयेको र तेस ठाउको उत्तर पछींमा भने वादीको जगा नदेखीयेकोले तेस्मा मीलापत्रको कील्ला मीलन नआयको सो मीलापत्रले छाडेको कील्ला को जगा ७ नंको भनी ........ले देखायको तेस ठाउमा उत्तर पछीं नीजै प्रतेवादी डगर सींको जगा लेखीयेको मीलापत्रको कील्ला तेही नै मीलन आयेको देखीनाले येक ठाउ मीलापत्रले पायेको जगा छदै अर्को ठाउमा मीलापत्रको जगाहा दावी गर्‍यो भनी वादीमा दावी लेखी आखीर नकसामा ..............को जगा भै कील्ला मील्न नआउने हुनाले सो जगा छुट्टै हो भनी कुरा वदली वादीले झुट्टा कुरा को दावी ली जगा र वालीमा उजुरी गरेको ठहर्ने हुनाले ईन्साफ सुरु डडेल्धुरा अदालतको मुनासीव मीलापत्र गरी छोडेको जगा नकसा नं ७ मा छदै नीजको घर भयेको ठाउमा हो भनी कील्ला नमिल्ने ठाउमा लेखायेमा प्र. डुगर सीं के मोरु १।- डण्ड गर्ने स्मेत ठहराई डोटी अपीलले फैसला गरेको  चीत्त वुझेन भंने डुगरसीं देउवाको अपील परी आयेवाट नीर्णयलाई पेस हुन आयेको येस मुद्दामा  नक्सा हेर्दा मीलापत्रले पायेको जगा नक्सा नं ७ मा कील्ला  मीलन आयेको र अरु जगा वालीका वादीले र ७ नं को जगा मीलापत्रले छोडेको छैन भनी प्रतेवादीले सवुद गुजार्न नसकेकाले इन्साफ सुरुको दर गरेको अपीलको मुनासीव ठहर्छ इन्साफ पारी छींने हाकीं उपर अपील गरेवापत देउसीं देउवा क ससुरु डंड मोरु ८/8 को हा. का. १० नं ले सैक्रा ५ ले मो रु ।४५ र प्र डुगरसीं देउवाके अपीलले गरेको सुरु डण्ड मोरु १।– को हाका  १० नं ले सैक्रा १० ले मो रु ।१० डण्ड हुनेमा देउसींले ८।१२।२६ मा र डुगरसीं ले 8/12/8 म डोटी अपीलमा धरौट राखेको देखीयकोले सो धरौटी सदर स्याहा गर्नु भनी डोटी अपिललाई पुर्जी गर्न अत दे मा लगत दीनु अपीलाटलाई मुद्दा छीनीयको जनाउ दी मीसील मीसील फाट्मा वुझाई दीनु ।

भैरवराज पंत

न्यायाधीस

इति सम्वत  २०११ साल जेष्ठ २८ गते रोज ५ शुभम्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563