निर्णय नं. २११ - पीरपीराउ गर्यो भंन्येस\मेत
अ.द.नं. 211/2011
2011 सालको मी नं 369/136
नेपाल प्रधान न्यायालय सिंगल बेञ्च
फौ. अ .नं 136
मुद्दा - पीरपीराउ गर्यो भंन्येस\मेत
अपिलाट- प्र. वादी जिं. मु. कर्नसिं छत्याल मगर afगलुं कालापातलखानी वस्ने
विपक्ष- वादी मोतीलाल छन्त्याल मगर स्मेत ऐ ऐ
ईजलाश
श्रीमाननीय न्यायाधीश भैरवराज पंतोपाध्याए
फैसला
येस्मा सनदक ४ कील्ला भीत्रको जरासुका भन्ये वं फाडी फलाटे भंन्ये नाम राखी ८६ साल्मा अवाद गरेको रहेछ पुर्व मंडलीको योस्मेत ४ किल्ला भित्रको जगा घर कुरीयास्मेत राखी दपोट गरी खाएकाछन रु १४।का दर्लै जवरजस्ती लीएकोले सजाएगरी पाउ भंन्येस्मेत उजुरी वयान रहेछ ।
फलाटे भंन्ये जगा अघी तावा रकममा र तेसपछी ८६ साल्मा दर्ता गरेको हो घर धुरी दपोट गरी खाए खुवायको होइन दर्ता छ रुपैञा उठाई लीयेको होइन उजुर झुट्टा हो भंन्येस्मेत मु. कर्नविर छन्त्यालस्मेतको प्रतेवादी बयान रहेछ ।
वुझीए सम्मका प्रमाणले झुट्टै उजुर गरेको ठहर्छ भनी २००६ साल भाद्र २१ गते वागलुं अदालत ले फैसला गरेको रहेछ ।
अरु ईन्साफ मनासीव फलाटे तर्फ सनद हुनुभन्दा पछाडी दर्ता गराएको देखीएकोले जगा वुझाई दी दर्ताको लगत काटनलाई 007/8/7 मा पाल्पा अपीलले जाहेर गरेको रहेछ
सनदका कील्ला भीत्र अरुको जगापनी भयकोमा मेरो मात्र बझ्याउने गरेकोमा चीत्त वुझेन भ्न्येस्मेत जीं मु. कर्न सिं को अपील्परि नक्सामा देखीएका सनद हुनु भंदा पछी दर्ता गराउने रैतीहरुलाई झिकाई वुझेकोमा सरुप कामीस्मेतको वारेसद्वारा प्रधान न्ययालय चौथा फाटमा वयान हुदा खानी रकमको जगा पछी दर्ता गरेको हो भंन्येस्मेत वयान भयको रहेछ ।
वादीहरुलाईस्मेत झीकाई पेस गर्नु भंन्ये सिंगल वेञ्चको आदेश रहेछ ।
पेस हुन आएको यो मुद्दा वुझ्दा सनदमा सावीक आवादी वाहेक भंन्ये लेखीएको नक्साका ४ कील्ला भीत्र ७८ साल देखीको आवादी दर्ता जगा देखीएको सो जगगा सनद हुनुभंदा अगावै देखीको आवादी भं खानी रकमबाट भोगी आएको खानी रकम खारेज भयपछि दर्ता गरायको हो भंन्ये प्रतेवादीहरुको वयान भयको र खानी रकम तर्फको दर्ता उतार पनी आएको वादी दावी ४ किल्ला भीत्र अरुहरुको जगा पनी सनद भंदा पछी दर्ता देखीयकोले तेस उपर उजुर परेको नदेखिएको लेस्मेत खानी रकम खारेज भएपछी दर्ता गरायको रहेछ भंये देखीन आएको र छलफलमा झीकीएका वादीहरुले २०१० साल पौख १५ गते तामेल भयेको म्याद गुजारेकोलेसमेत ईन्साफ सुरु वागलुङ्ग अदालतको मनासीव पाल्पा अपीको गल्ती ठहर्छ तपसील वमोजिंको लगत दि जिंम कर्नसिं छत्यालको मगरको धरौटी अपील हुदा फैसला भएको जनाउ दिनस्मेत मीसील जिल्लामा पठाउन मीसील फाट्मा वुझाई दिनु ।
तपसिल
देहायका मानीसके पाल्पा अपीलका 2007/8/7 गतेका फैस्लाले देहाय वमोजिं गर्ने गरेको असुलि भए फेर्ता नभए लगत काटी दिनु भनी पुर्जि गर्न लगत दिनु --1
जिंमु कर्नसिं
छत्याललाई गर्ने गरेको मोरु ५।पाच डंड.....जंको कलं-------- -------------1
मोतीलाल छत्यालके सुरुले गर्नेगरेको डंड फेर्ता दिने अपीलले गरेकोमा अपिलको लगत काटी सुरु लगत कायें गर्ने मोरु ।३५को कलं---------------------------------------1
हस्ते छत्यालके ऐ ऐ मोरु ।३५ को कलं ------------------------------------------1
नरविर वहीकके ऐ ऐ मोरु ।३५ को कलं -----------------------------------------1
नदीये छत्यालके ऐ ऐ मोरु।३५को कलं-------------------------------------------1
चद्रंविर वहीकके मो रु ।३५ को कलं -------------------------------------------1
यं सोभामगर्नी के ऐ ऐ मोरु ।17।2को कलं-------------------------------------1
मनीकर्ना मगर्नीके ऐ ऐ मोरु ।17/2को कलं ----------------------------------1
ऐ कालापतल वस्ने खड्गवीर वाहीकबाट रु १।
सलामी सुरुले लीने गरेको पाल्पाअपीलले फेर्ता गर्ने गरेकोमा लगगत काटी सुरु लगत कायें गर्ने मोरु १।को कलं-----------------------------------1
केही गल्ती ईन्साफ गरेमा भनी सुरु वागलु अदालत लाई देहाए वमोजिं गर्ने गरेको जरिवानाको कलं --------------------------------------------1
का .मु. वि. चंद्रनीधी तेवारी के रु ।60को कलं
वि तीलप्रसाद मीश्र के रु ।४० को कलं --------------------------------------------------------१
कर्न सिंबाट खङ्गवीरले लीएको जगा नदीने भएकाले थैलीमा उजुर परेमा ठहरे वमोजिं हुने भनी सुनाउने र सो फलाटे जगा दर्ता लीराके रु ।१२।२को लगत काटन माल्लाई पुर्जी गर्नु भनी सुरुमा पठाउने भनी पाल्पा अपील्का फैसलामा लेखेको सो वमोजिं गर्न पर्दैन -----2
ईन्साफ केही गल्ती गरेमा पाल्पा अपीलका देहायका मानीस्के हा. का १ नंले मोरु १। एक जरीवाना गर्नु --------------------------------------------------------------3
सु.गुरु प्रसाद मैनाली प .१ नं .नु .ई .नर्जाकवीलास के रु ----------------------।55
ना .सु हरी वाहादुर श्रेष्ट लपुई सुनधाराके रु ।30
काडी लीलामणी अधीकारीके रु----।15
वागलुं कालापतलखानी गाउ वस्ने जिंमु केनसिं छत्यालले पाल्पा अपील उपर अपील गर्दा पाल्पा अपीलका मोरु ।५० पैसा 2007/10/18 मा धरौट राखेको देखीनाले फेता दिनु भनी पुर्जी गर्न लगत दिनु ----------------------------------------
भैरवराज पंत
न्यायाधीश
इति संवत २०११ साल जेष्ट २९ गते रोज ६ सुभंम्