• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८० - जगा बाली लुट्पीट्

साल: २०१० महिना: जेष्ठ फैसला मिति :२०१०/०२/१६ ९८

अभिलेख दर्ता नं.80/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.350/485 नि.नं..........

 

नेपाल प्रधान न्यायालय डिविजं बेञ्च

मुद्दा नं.४८५

 


अपिलाट् – वादी महाविर भडारी डोटी चौकिलेक ठाठा गाऊं


विपक्ष – बहादुर कठायेत डोटी दीपायेल गाऊं १

ऐं को स्वास्नी  इना छेत्रेनी -१

अवी  भडारी  ऐं -१


 

मुदा जगा बाली लुट्पीट्

 

ईजलास

श्री माननीय प्रधान न्यायाधीस हरीप्रसाद प्रधान एम.ए.बी.एल

श्री माननीय न्यायाधीश भगवतिप्रसाद सिं बी.एस.सी.बी.ऐल

 

फैसला

जेठा वावु अर्जुन भडारीका नाऊमा दर्ता भै मेरो हक भोग भयेको रु ।.।। तीरोको घोल तडो पाखो जगामा मैले ०५ सालको गहु वाली लगाई पाकी तयार भयेको वाली अवी भडारी स्मेतको मदत ली वैशाख १० गतेका दीन प्र. वहादुरले लुटी मोरु ।.।। तीराको जगा मध्ये ।।. को जगामा स्मेत दावी गरेकाले लुटेको गहुको रु २० वीगो भराई जगा मेरो हक थामी पाऊ भन्ने स्मेत ०६।४।७ को वादी रहेछ ।

वादीको ।.।। को १ खला र ।।२।। को १ खला स्मेत भजने भडारीको घर मीलान वाटा माथी र मनी छुट्टैछ वादीले दावी गरेको जगा मेरो घोल तडों भन्ने देऊ तडो लेखीयेको तीरो रु ।।२ र वढ २। स्मेतको जगा हुनाले मैले मसुरो वाली लगाई खायेको हुं वादीको वाली लुटेको होईन ।।२ को जगामा ।.।। को जगा घुसाई मेरो जगा लीने मुरादले चाहीने वादी मीलान प्रतेवादी गराऊनाको लागी भतीजो अवी स्मेतलाई प्रतेवादी गराई झुठ्ठा नालेस गरेको हो भन्ने स्मेत प्र.वहादुर, नीजको स्वास्नी मीना स्मेतको ०६।७।३ को प्रतेवादी रहेछ ।

वादीको रु ।.।। को १ खला र ।।२ को अरको खला स्मेत २ कित्ता जगा १२ नं. वाटो देखी ऊतर दक्षीण १६।१७ नं मा छुट्टाछुट्टै नक्सावाट देखीयेकोमा येकै साथ भयेको भन्ने किसिं संग अवी भडारीले जालसाजी प्रतेवादी दीयेको र वादीको जगा छदै प्रतेवादी ऊपर जगा र वालीमा दावा गरी झुटा ऊजुर गरेको ठहर्छ भन्ने स्मेत ०७।४।११।४ को डोटी अपीलको सुरु फैसला रहेछ ।

डोटी अपीलको फैसला इन्साफ मुनासीव ठहराई ०७।१२।८।४ मा प्रधान न्यायालय दोश्रा फाटले गरेको फैसला रहेछ ।

वादी महावीरका नीवेदन पत्रमा भयेका ०८।५।२८।५ का आदेस मुतावीक ईन्साफ जाचीन दायेर भै नक्सा मुचुल्का सरज्मीन लेखाई स्पष्ट नदेखीई वादी प्रतेवादी यो येसो भन्ने सम्म लेषीयेको देखीनाले सरजमीन वुझ्न लेखी पठाई वुझी आये पछी दुवै थर राखी पेस गर्नू भन्ने स्मेत ०९।८।८ को आदेस रहेछ ।

येस्मा तारेखमा रहेका वादी महावीर प्र.वा.जगैसिं स्मेत राखी पेस हुन आयेको यो मुद्दा वुझ्दा नक्सा नं १६।१७ को वाटा तल माथीको जगा वादी महावीरको रु ।।२ को १ खला र रु ।.।। को १ खला स्मेत २ खलामा स्वो घोल तडो जगा हो नक्सा नं. ९।५ को जगा प्र. वहादुर कठायेतको सावीक वढ स्मेतको तीरो ।। दर्ता सरज्मीनका मानीस ६१ जना मध्ये ज्वां ५९ ले येकमुख भै कीटानी साथ लेखी दीयेको देखीनाले वाटातल माथी १६।१७ नं को जगा वादी दर्ताको र झगडा परेको नक्सा नं ९।५ को जगा प्र.वहादुरको देखीन आयेको सो जगा हरुको अरु काफी सवुद वादीले केही गुजार्न नसकेको स्मेत वाट डोटी अपीलको ईन्साफ सदर गरी ०७।१२।८।४ मा प्रधां न्यायालय दोश्रा फाटले गरेको फैसला इन्साफ मुनासीव ठहर्छ ।

दोहर्‍यायेमा वादी महावीरके हाकींका नाऊमा कराऊनेका ११ नं. का अैं ले सुरु दण्ड रु७ को दसौद मो रु ।७० सत्तरी पैसा दण्ड हुन्छ रुजु हुँदा असुल गर्न तहसिलमा लगत दी, मीसील मीसील फाटमा वुझाई दीनु ।

 

न्यायाधीश                      प्रधान न्यायाधीश

ईति सम्वत २०१० साल जेष्ट १६ गते रोज ६ सुभं                                                                                                                                                                                                                                                                                                

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563