निर्णय नं. २१८ - बक्स पत्र
अ.द.नं. 218/2011
नेपाल प्रधान न्यायालय डिभिजन बेञ्च
मुद्दा नं 830
मुद्दा बक्स पत्र
पश्चीं १ नं नु. ई देवी घाट गुठीगाउ बस्ने ललीतकुमारी मरी सकार गर्ने ऐ ऐ को हाल का. ई बानेश्वर बस्ने बादी चीनीयादेवी साहा
पश्चीं १ नं नु. ई देवीघाट वस्ने चौ नरेन्द्र जं साहास्मेत बादी
इजलास
श्रीमाननीय न्यायाधीश प्रदीप्तमान्यबार नेपालतारा ले. ज. प्रकाश शम्सेर ज. वा. रा.
श्रीमाननीय न्यायाधीश भैरवराज पंत
फैसला
येस्मा मलाई लाग छोडेको बेथा भयेको मेरो अरु कोहि नभयेकाले मेरो जो भयेको जगा जमीं छोरीका नाउमा बक्सपत्र गराईपाउ भंनेस्मेत ललीत कुमारीको बेलीफा विंतीपत्र रहेछ ।
खसंचौ देवेंद्रजंगको स्वास्नी ललीतकुमारी र म भयेकोमा ललीतकुमारी नेपालमा बसी आयेकी म पहाडमा भयेता पनी बरावर आउने जाने गरकै थीए नीज ललीतकुमारी बीरामी र परलोक भएको खवर डोर डंडजंबाट पाई नेपाल आयेमा अस्तीनै आई नपुगेकाले जंमै जेथा छोरीलाई दीने भयो भंने नीकासा दसषत भै आयेको सुने अनाथ हरुको अंसवंडा भै सकेको नहुदा जम्मै छोरीले मात्र कसो भै पाउने हो इन्साफ पाउ भंनेस्मेत वेहोराको कृष्ण कुमारीको वेलीफा वींतीपत्र रहेछ ।
जीज्यू बुवा चौ कुमारजंको २ स्वास्नीमा जेठी पट्टिको छोरा पुन्यप्रताप जं देवेन्द्र जं र छोरी जीज्यूमुमा तर्फ बुबा टेकेन्द्र जं भयेकोमा बुवाहरु अघीनै परलोक भै सकेका माहीली मुमा ललीत कुमारी र वालकहरु सै जहान सगोलमा बसी आयेका थीयौ नीज ललीत कुमारीले म उपर दीयेका आयेस्ता षुलाई दीलाई पाउ भंने बीतींपत्रबाट प्रमांगी बमोजीं कोतवालीबाट कारबाई भयेकोमा अंस पाउ भंने दावी नभयेकाले बयांगरी तारेख छोडी बसेको थीए बालकले अंसै नपाउने गरी जाहेरी फैसला तोक सदर गराउनु भयेतापनी संतानमा वालक सीबाय अरु कोही नभयेकाले चुप लागी बसेकै थीये नीज मुमा ललीतकुमारी परलोक भयेको खवर ३ दीं पछी बसंतपुरबाट खवर पठायेकाले 9 दींनमा आईपुगे अघीनै नआयेकाले जेथा छोरीले पाउने भैसक्यो भंने दसषत बक्सेकाले जाहेर गरेको छु बालक हरुको अंस वंडा भैसकेको छैन ईन्साफ पाउ भंनेस्मेत प्र नरेन्द्र जंको बींतीपत्रमा अडाको दर्तामा नपारी वाडफाड देवानीको हाकीं आफैले राम्रो वुझी ललीतकुमारी ले छोरीलाई कतीसंमा लेषीदीन पाउने र कृय्णकुमारी नरेन्द्र जंहरुले अंस पाउने नपाउने चाँडो बुझी जाहेर गर्नु भंने हुकुं प्रमांगी रहेछ ।
ठानाबाट फैसला भयेको मीसील हेरेमा ससुरा कुमारजंको वीवाहीता तर्फ मेरा खसं देवेन्द्र जं र ल्याईता तर्फ नरेन्द्र जंको बावु टेकेन्द्र जं भयेको ससुराको अघि सर्वश्व हुदा म पट्टिको सासुले थमायेको हुनाले नरेन्द्र जंको हक नलाग्नेमा आयेस्ता मलाई नदी जगा वीक्री गर्ने भनी झुक्याई ईच्छा पत्र गरायेको हुनाले वदर गरी आयेस्ता दीलाईपाउ भंने ललीतकुमारीको बींतीपत्रमा भयेका प्रमांगी वमोजीं कोटवालीबाट नरेन्द्र जङ्गको बयान गराई आषिर नरेन्द्र जंले साहुलाई लेषीदीयेको ३ कलं सदर नहुने सर्त कोतवालीबाट जाहेर गरी सदर भयेको तेस मुद्दामा कृष्ण कुमारी सौता छ भंने नदेषीयेको नरेन्द्रजंको हक नलाग्ने भंने बादी र अंस लाग्ने भंने नरेन्द्र जं हुनाले अंसतर्फ तैकात गर्न प्रमांगीले नै नपर्ने कुमार जंको सर्वश्व ललीतकुमारीको सासुले थमाई ल्यायेको भंने कुराको काफी सवुद प्रमाण केही नदेषीयेको अघिनै अंसको हक बेहक भयेको रहेछ भंन नहुने ललितकुमारीको षसं देवेंन्द्रजंको र नरेन्द्र जंको बावु टेकेन्द्र जूको बराबर अंस लाग्ने देषीयेकाले पाउनेमा कृष्णकुमारी ल्याइले हुनाले २० भागमा ३ घटि १७ भाग मात्र कुमारीले जम्मा संपतीको आधी ललीत कुमारी र नीजको सौता कृष्णकुमारीले र वाकी ललीत कुमारीले पाउनेमा ललीतकुमारीलाई हकदारले हेर वीचार गरेको र आयेस्ताले खान पुग्नेस्मेत नदेषीदा नीजको हक को जती छोरीलाई लेषीदीन हकदारको मंजुरी नचाहीने हुदा जाहेर गरेका छौ भंने देवानी दोश्रा फाट्बाट जाहेर गरेको रहेछ ।
देवानी दोश्राफाट्ले ठहराई जाहेर गरेको मानासीव छ भंने 07/3/29 को षड्गनीसान तोक सदर रहेछ ।---------
अंस धामाल जत्रतत्र गरी घरबाट नीकाला गरे भंने नरेन्द्र जंले मुमा ललीतकुमारीस्मेतका नाउमा वींतीपत्र दीयेकोमा ठाडै वुझीदीनु भंने प्रमांगी भै अपील फेलाम गयेको वयां भयेपछी ३५ दीं भीत्र अंसमा नालेस दी कीनारा भयेका ७ दीन भीत्र हाजीर हुन आउनु भंने अ. पै. ले पर्चा गरेकोमा नरेन्द्र जंले अंसमा नालेस गरी पैरवीमा रहन नसकी तारेष गुजारी वसेकाले 04/12/28 मा प १ नं नुवाकोट अदालपतबाट डीसमीस भएको छ सो डीसमीस भयेको मीसील र अ. पै. को पर्चास्मेत बुझी ईन्साफ जाँची पाउ भंने चीनीयाको नीवेदन पत्रमा वेहोरा साँचो भये मीसील झीकी ईन्साफ जाँची अैंन सवाल बमोजीं गर्नु भंने 08/6/5/6 को आदेस रहेछ ।
यस्मा नीबेदन पत्र वालाको वारेस रनबहादुर लींवुलाईस्मेत राषी पेस हुन आयेको बुझ्दा नरेन्द्र जंले अंस ली सकेको भंन ललीतकुमारीले नै नसकेकी वंडा भयेको सवुद प्रमाण केही नआयेकोलेसस्मेत 07/3/29 मा षड्गनीसाना भै छीनीयेको मनासीव छ ईन्साफ दोहरायमा नीज चीनीया देवीके सुरुबाट केही डंड नभयेकाले हाकींका नाउमा कराउनेका ११ नं ले तजवीजी मो रु १।एक रुपैया डंड हुनेमा स्वास्नी मानीस हुदा डं. स. का २ नं ले तेस्को आधी मोरु ।५० पचास पैसा डंड हुन्छ वारेस भै बेरुजु हुदा अैंन बमोजीं असुल गर्न तहसीलमा लगत दी मीसील मीसील फाट्मा बुझाईदीनु ।
भैरवराज पंत प्रकाशशम्सेर
न्यायाधीश न्यायाधीश
इति सम्वत २०११ साल आषाढ १ गते रोज ३ सुभम्