• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८१ - तीरो दपोट

साल: २०१० महिना: जेष्ठ फैसला मिति :२०१०/०२/१६ १३४

अभिलेख दर्ता नं.८१/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.१९६/७३९ नि.नं..........

 

नेपाल प्रधां न्यायालय सींगल बेञ्च

मु.नं.७३९

मुदा तीरो दपोट

 


अपीलाट् बुटौल तप्पे षजहनी तप्पे सिंहषोर मौजे सुलतनवापुर बस्ने बलदेव दुवे


वीपछी वुटौल सींगरहा बस्ने लषराजी गोसाईनी


इजलास

श्री माननीय न्यायाधीश प्रदीप्तमान्येवर नेपालतारा ले.ज. प्रकाशसम्सेर जङ्गबहादुर राणा

 

फैसला

प्रतेवादी लष राजीले जगा वीगाहा २१ बालुवुर्ज भनी ९२।९३ साल देषी सरकारको तीरो दवाई षायेकोले मेले हाल आवादीमा दर्ता गरी पाउ भनी वींतीपत्र दीदा तोक भै मालमा गये पछी लषराजी चलाष भै ६ सालको तीरो बुझाई आफना नाउमा सकार गरी लीयेकोले दवायेको पोत सरकार दाषील गरी जगा मेरो नाउमा दर्ता गरी पाउ भंने वह्मदेवको वादी रहेछ ।

मेरो २७।।।३।। वीगाहा जगा नदी काठमा परेकोमा २१ वीगाहा चांचुं जगा दर्ता गरी पाउ भनी वादीले उजुर गरेकोमा मेरै नाउमा दर्ता रहेको जगा हुदा ६ सालको पोत तीर्ने गरी अडीटर र माल अडाले स्मेत पर्चा गरी मैले पायेको वादी दावी बमोजीं वादीका नाउमा दर्ता हुने होइन भंने लषराजीको प्रतेवादी रहेछ ।

अहीले सम्मका प्रमाणवाट वादी दावीको जगा प्रतेवादी लषराजीको नाउको दर्ता जगा ६ सालको पोत तीर्ने भनी लषराजीले पायेको षजनी मालको पर्चावाट देषीयेकोमा वादीले सो पर्चा उपर अपील उजुर गर्न नसकी झुट्टा उजुर गरेको ठहरछ भनी तोलीहवा अमीनीले फैसला गरेको रहेछ ।

तेस उपर वादीको अपील पर्दा सुरूकै ईन्साफ सदर गरी वादीलाई सुरूले गर्ने गरेको डंड रु १०४३।/।।१ मा रु ३७२।।२ मात्र सुरु डंड गर्ने गरी छीनेको रहेछ ।

तेस उपर वादीको अपील परी आयेको यो मुद्दामा अपीलाटको वारेस राम कृस्नलाई राषी वुझदा वादीले दीयेको उजुरीवाट सो जगाको तीरो असुल हुने भयेको र वादी जीकीरमा दपोट भंने लेषेकोमा प्रतेवादीको दर्ता को लगत कट्टा नभै नदी काठ मीना लीयेको देषीयेकोले हाल वादीका उजुरीवाट जाच हुदा आवाद लायेक भै ६ साल देषी तीरो आउने गरी मालका जवाफ वमोजीं दर्ता वाला कै नाउमा कायं राषने गरेकोले ईन्साफ सुरु अपीलको मुनासीव डंड तर्फ वादीकै उजरीवाट जाच भै सावीक तीरो कायें भै आउने भयेकोले अपीलले लगायेको दंड मुनासीव भंन नभै नलाग्ने हुदा जगा मीचनेको २७ नं ले तजवीजी रु १ येक डंड गर्नु सजाय उल्टीमा सूरु अपीललाई केही गर्नु पर्दैन अरु कुरामा तपसील बमोजीं गर्नु ।

तपसील

पजहनी तप्पे सीहोषोर मौजे सुलतनवापुर वस्ने वलदेव दुवेके माथी ईन्साफ षंडमा लेषीये वमोजीं जगा मीचनेको २७ नंवरका अैं ले तजवीजी रु १ डंड हुनेमा वुटौल अपीलका ९।२।२७ का फैसलाले सुरु डंड रु ३७२।।२ र सुरू उपर अपील गरेमा रु ३७। स्मेत ज्मा डंड रु ४२९।।।२।। भनी फैसलामा लेषीयेकोमा हाल दुवै कलंको डंड हरहीसाव गर्दा ज्मा रु ४०९।।।२ भै अपील अडाले ज्मा गर्दा वीराई वढी अंक देषीन आयेपनी हाल ज्मा गर्दा ठहरन आएकोको डंड रु ४०९।।।२। नलाग्ने हुदा हाल लाग्ने ठहरेको सुरु डंड रु १ र सुरु उपर अपील गरेमा लाग्ने दसौद रु /।। हाल अपील गरेमा हा का १० न् ले दोश्रा अपील हुदा सैक्रा ५ ले लाग्ने डंड २।।। स्मेत ज्मा डंड रु १२/। हुन्छ नलाग्ने ठहरेको डंड रु ४०९।।।२। मा कट्टी गरी वाकी नलाग्ने ठहरेको रु ४०८।।२।।। अैं सवालको रीत पुर्‍याई फीर्ता दीनु भनी तहरीलमा लगत दी मीसील प्रधां न्यायालय मीसील फांटमा बुझाई दीनु ।

 

न्यायाधीश

ईती संवत् २०१० साल जेष्ट १६ गते रोज ६ सुभं ।       

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..