• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८२ - वाली लुटपीट/जालसाजी

साल: २०१० महिना: जेष्ठ फैसला मिति :२०१०/०२/१६ १०८

अभिलेख दर्ता नं. ८२/२०१०

मुद्दा नं. ३४९/११६८

महाविर भडारी वि. वहादुर कठाएत समेत

मुद्दा वाली लुटपीट/जालसाजी

नेपाल प्रधान न्यायालय डिबीजं बेञ्च

मुद्दा नं. ११६८

अपिलाट- वादी महावीर भडारी डोटी चौकीलेक ठाटा गाऊँ १

विपक्षी- बहादुर कठायेत डोटी दीपायेल गाउँ १

जगौसिं कठायेत ऐं ऐं १

टिका कठायेत ऐं ऐं १

लाल कठायेत ऐं ऐं १

बीजुवा कोली ऐं यो तडा गाउँ ऐं ऐं १

हरी कठायेत ऐ. दीपायेल ऐं ऐं १

तारा कठायेत ऐं ऐं १

मु. दामोदर पाठक ऐं ऐं १

जयबहादुर साजी ऐं ऐं १

टीका साउद ऐं ऐं १

पृथीमान श्रेष्ठ ऐं ऐं १

विरसिं भडारी ऐं ऐं १

मुद्दा जगा बाली लुटपीट जालसाजी

ईजलास

श्रीमाननीय प्रधान न्यायाधीस हरीप्रसाद एम. ए. बी. एल।

श्रीमाननीय न्यायाधीस भगवतिप्रसाद सिं बी. एस. सा. एल।

फैसला

मेरो हक भोगको तीरो रु. -१०११ जग्गा मध्ये  रु.११ तीरा को जगाको वाली लुटी दावी गरेमा मेरो छुट्टै नालेस परी प्रतेवादीले आफ्नो जगा भनी प्रतेवादी दी राखेको तेस्मा प्रमाण पुर्याउननाको लागी प्रतेवादीहरु मीली कस्तो जालसाज गरेछन भने टीका कठायेतको जगा वीजुवा कोजीलाई राजीनामा गरी दीयेछन तेस्मा मेरो जगाको कील्ला लेखनु पर्नेमा मेरो जगालाई प्र.जगै सिं को जगा भनी किल्ला लेखी राजीनामा लीनु दीनु गरी भाद्र २२ गते लैदै भयेकोमा मीती हाली भाद्र २४ गते पास गरेछन सो जालसाज गरेको किल्ला सच्याई मेरो जगा भन्ने किल्ला लेखी पाउ भनेर नालेस परी रहेको ।.११ मध्ये वाकी ३ जगाको वाली कोदो मुरी ४। जगैसिं वहादुर स्मेतले लुटेकाले रु. ८० वीगो जगा हक थामी पाऊँ भन्ने स्मेत महावीरको ०६//१८ को वादी रहेछ।

जगा लीनु दीनु गर्दा भयेको साथ किल्ला लेख्नु पर्ने हुनाले जस्तो थीयो ऊस्तै भयेको साथ किल्ला लेखनुपर्ने हुनाले जस्तो थीयो ऊस्तै भयेको साथ लेखेको हौ। हामीले जालसाजी गर्नू पर्ने कारण केही नहुनाले जालसाजी गरेको र मीती अघीको हाली लीखत गरेको स्मेत छैन. वादीले दावी गरेको जगा म वहादुरको तीरो रु २ को हुनाले म बहादुरले नै वाली लगाई खायेको हुँ, वादीले वात्ती लगायेको र लुटी खाएको स्मेत कोर्ने कुरा नहुँदा म बहादुरको जगालाई दावी गरी झुठ्ठा नालेस गरेकोले भन्ने स्मेत वहादुर स्मेत ज्वां-१२ को ०९//१६ को प्रतेवादी रहेछ।

यै वादी प्रतेवादीको अघी परेको ११ तीराको जगाको वाली लुटपीट मुद्दामा नक्सा प्रमाण स्मेतवाट वादीले दावी गरेको घोडतडो जगा प्र.बहादुर को./ ४ तीरो दर्ताको ठहरी फैसला भयेको सोही मध्ये ३ को जगा मा यो ऊजुर दावी भयेकाले वाली लुटे जालसाज गरे भन्ने स्मेत वादीको दावी झुठा ठहर्छ भन्ने डोटी अपिलको ०७/ /११/४ को सुरु फैसला रहेछ।

डोटी अपीलको इन्साफ मुनासीव ठहराऐ ०७/ १२/ / ४ मा प्रधान न्यायालय दोश्रोले गरेको फैसला रहेछ।

वादी माहावीरको नीवेदनमा भयेका ०८/ /२८ /५ का आदेश मुतावीक इन्साफ जाचीन दायेतर भै तारेखमा रहेको  वादी महावीर प्र. वी. जैगेसिं स्मेत राखी पेस हुन आयेको यो मुद्दा बुझ्दा नक्सा प्रमाण र आदेश वमोजिं पछी भै आयेका सरज्मीन मुचुल्का स्मेतका प्रमाणवाट इनै वादी प्रतेवादीहरुको अर्को जगा वाली लुटपीट मुद्दावाट झगडा पेरेको जगा प्रतेवादी वाहादुर को ठहरी न्यायालय दोश्राको इन्साफ मनासीव भै किनारा भयेकोले जाल गरे भन्ये र वाली लुटेको स्मेत ठहरदैन भनी डोटी अपीलले गरेको ईन्साफ सदर गरी प्रधान न्यायालय दोश्रा फाटवाट ०७/१२//४ मा गरेको फैसला इन्साफ मनासीव ठहर्छ।

दोहरायेमा वादी महावीरके हाकींका नाउँमा कराउने का ११ नं. का अई. ले सुरु दम रू. १३ को दसौद मो.रु.१/३० येक रुपैंया तिस रुपैया तिस पैसा दण्ड हुन्छ रुजु हुँदा असुल गर्न तहसिलमा लगत दी.मीसील मिसील फाटमा बुझाई दीनु।

         न्यायाधीस                             प्रधान न्यायाधीस

ईति सम्वत् २०१० साल जेष्ट १६ गते रोज ६ सुभं ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563