निर्णय नं. १४ - लेंदें करकाप
श्री अ नं १४/२००९
प्रधां न्यायालय डिभिजं बेन्च
मुद्दा नं 713
अपिलाट – दशरथ चौलागायी जैसि पूर्व १नं सिं पां थुं सिन्धु मौजे झाक्रिगाउँ खाल्डे........................................१
विपक्ष – सुर्जेमांन डंगोल साँखु चलाखु टोल .........................................१
भक्तमान डंगोल ऐ.ऐ................ ...१
बुधेतामाङ्ग पूर्व १ नं सि.पा.ई थुं सिन्धु मौजे झाक्री गाँउ ........................१
हर्खे तामाङ्ग ऐ.ऐ.......................१
सानु कामी सिंतमाङ् ऐ.ऐ...............१
मुद्दा :- लेंदें करकाप
श्रीमाननिय प्रधां न्यायाधिस हरीप्रसाद प्रधां एम .ए. बि. एल.
श्री माननिय न्यायाधिस गजेन्द्रबहादुर मल्ल क्षेत्री
फैसला
प्रतेवादी वुधे सानु कामि सिङ् हर्खे तमाङस्मेतले २००२ साल मार्ग ३ गते रु ६८ +६८/को ३ कित्ता र ऐं ६ गते रु ९९+९९ /को ३ कित्ता स्मेत सुर्जैमान डंगोलको न्हेडिक थैली तिरी खानु भनी मलाई गङ्गे टार खेतको जम्मा ६ कित्ताराजीनामा लेखि दीयकोले ०३ साल मार्ग ८ गतेका दिन जिज असामी वुधेका घरमा न्हेडीक थैली मो रु ३००।म संग वुझिली निज सुर्जेमानस्मेत भै दरपिठ भनी ...६ थां कागजमा सहिछाप गराई ९ जनाले समाती अरु नलेखेको कागजमास्मेत वलजफत करकाप संग सहिछाप गराइ लिये –सो कागज वदरगरी फट्टा दिलाईपाँउ भन्ने दसरथ चौलागायीको ०३/४/२०/५को वादी रहेछ ।
यो वादीले सूर्जेमानको न्हेडीक तिरी मोरु २००।पछी थप दी रीत पुर्वक राजिष्टेसं पास गराई लीने भनि सो नभय संम लाई घरायेसको लिखत कित्ता कित्तामा हाम्रो सहिछाप गराई ली सो वमोजीं नगरे मो रु २००।–मा दावा गर्ने छैन भनी भर्पाइस्मेत गरी दीयेकोमा पछी म्याद नाघेको साहु तिर्न पर्दैन तीमी हरुको रु२००।–मौज्दात भयेमा दी पार गराउँला भनी वेदांमा जगा खाने वेईमानी कुरा गरेकाले साहु सूर्जेमानसंग थप रुपैया ली राजीनामा पास गरी दीएकाले वादीको रुपैञा बुझायेको र करकापसंग कागज गरायेकोस्मेत कौनै कुरा होइन भन्ने वुधे सानु कामी सिं ,हर्खे तमाङ्स्मेतको ०३/६/७/२ को प्रतेवादी रहेछ ।
वादीसंग मोरु ३००।बुझि लीएको छैन करकाप जाल झुक्यां पारी कागज गरायेको पनि होईन अघीको वंधकि माथी थपली मो रु ४८३/५० मा सो गङ्गे.टार खेत वुधे तमाङ्ले म सुर्जेमां का नाउँमा राजिनामा गरी ०३ साल जेष्ठ ३० गते रजिष्टेसं पाससमेत गरी दियेकोले भोगेको छु वादीले पेस गरेका लीखत निज र असामी मीली गरेका नकरा हुन भन्ने सुर्जेमां भक्त मां अम्वर मां डंगोलस्मेतले ०३/६/७ /२ को प्रतिउँत्तर रहेछ ।
न्हेडिक तिरेको र फट्टा नदी करकाप कागज गरायो भन्ने स्मेत वादीको र्उजुर झुट्टा बुधेले र प्र .यौटा जगा वादी प्रतेवादी हरुलाई दोहरा पारी लें दें गरेको ठहर्छ भन्ने ०३/१२/२०/४को सिन्धुपाल्चोक अदालतको फैसला रहेछ ।
न्हेडिक तिरेको फट्टा दिलाई पाँउ भन्ने तर्फ वादीको र्उजुर झुट्ट ठहराई सुरुले छिनेको इन्साफ मनासीव सुर्जे मां को राजीनामा सदर नहुने र ०२/८/६ मा वादीले गरी दियेको भनेको लिखत करकाप ठहर्छ भन्ने ०५/१२/२९/२ को अपील तेस्रा फाँटको फैसला रहेछ ।
रुपैया वुझायेको ठहरदैन भनी छिनेको अपीलको इन्साफ मनासीव वादीको ६ थां राजिनामा र प्र वुधेले पेस गरेको भरपाई हरु जालसाजी खडा गरेको र सुर्जेमांले वुधेसंग पास गराई लियेको राजिनामा सदर ठहर्छ भन्ने ०७/३/१९/२को प्रधां न्यायालय चौथा फाँटको फैसला रहेछ ईन्साफ जाची पाउ भन्ने दसरथ चौलागायीको निवेदनमा मिसिल झिकी इन्साफ जाचि ऐ...सवाल वमोजिम गर्नु भन्ने इन्साफ जाची पाँउ भन्ने श्री का.मु. न्याधीसको ०७/११/२८को आदेस रहेछ ।
न्यालयवाट मेरा नाउँमा आयेको जनार्उ म्याद झगडीयाले विच विचमा तामेल गराई म्याद गुज्रेकोले थामीपाँउ भन्ने दसरथको निवेदनमा यो वीन्तीपत्र मिसिल सामेल राखी कस्को नाममा म्याद तामेल भएको रहेछ इन्लाई समेत वुझि मुद्दा जाहेर हुदा येस्को वेहोरा स्मेतजाहेर गर्नु भन्ने ०९/१/२ मा आदेस भै वेंचबाट वुझ्दा न्हेडिक तिरेको फट्टा दीलाइ पाँउ भन्नेमाः झुट्टा र्उजुर ठहराई अमिनले गरेको फैसला उपर र्उजुवाला दसरथले अपील नगरी चीत बुझाई वसेको नाले सोही वारदातमा जवर जस्ति करकाप कागज गरे भन्ने र्उजुर पनि फजुलै देखियको ४ दिंको फरक २ मीतीमा जगाको राजीनामा ६ छ वटा गरेको त्यो पनि घरायसी पास स्मेत नभयको र लिखत बमोजिमको रुपैञा लीनु दीनु भैसकेको स्मेत नदेखीनाले सच्चा वेवहार भन्न ठहराउन मनासिव नपरी सो लीखत हरु जाल साजी र पास भयेको सुर्जे मानको लीखत सदर ठहराई प्रधां न्यायालय चौथा फाँट ले गरेको ईन्साफ मनासीव ठहर्छ ।
इन्साफ दोहरायेमा दसरथ चौलागायी जैसी के हा.का ११ नं का ऐ वमोजिं षुरु दण्ड रु २६ को दसौद मो रु २/६० दण्ड हुन्छ रुजु हुदा ऐ.. बमोजिं तहसिलमा लगत दी मीसिल मीसिल फाँटमा बुझाई दिनु ।
महेन्द्रबहादुर हरिप्रसाद
न्यायाधिस प्रधां न्यायाधिस
इति सम्वत २००९ साल माघ २ गते रोज ५ सुभं