निर्णय नं. ८३ - जगा दर्ता बदर
अभिलेख दर्ता नं.८३/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.१४२ नि.नं..........
नेपाल प्रधान न्यायालय डीवीजन बेञ्च
अनं १४२
अपीलाट वादी भक्तपुर ई.टीबकछे बस्ने मङ्गल लाल राजथलको मुदा सकार गर्ने ऐं बस्ने पुन माया राजथलनी
वीपक्ष प्रतेवादी भक्तपुर ई.टीबकछे बस्ने जगत लाल मलेपती
मुदा जगा दर्ता बदर
इजलास
श्री माननीय न्यायाधीस प्रदीप्तमान्यवर नेपालतारा ले.ज. प्रकाससम्सेर जङ्गबहादुर राणा
श्री माननीय न्यायाधीस महेन्द्रबहादुर महत छेत्री
फैसला
यस्मा हीटी चोक सदावर्त गुठीको खेतमुरी ।२८ को कुत फचा ६।६ गहुं १।१५ नगदी रु १।८७।२ तीर्न मैले कवुल गरी ८८ सालमा वाहाली पाई तीरो भरो गरेको ९१ सालदेखी छोरी नानी वेटी लाइ कमाउन दी २ सालमा जगा मलाइ नै छाडेकीमा ८० सालका नापी लगत वमोजीम नवाफ सीङका नाउमा जगा दर्ता गरेकोले वदर गरी मेरा नाउमा दर्ता गरी पाउ भन्ने मङ्गललालको उजुरी वीन्ती पत्र र कागज रहेछ,
सो जगा मेरा वावु नवाफ सींले वीसनारां साल्मीसँग मेरा मामा सुंदर कुमारका नाउवाट राजीनामा गरी नीजकै नाउमा दर्ता गराई कृस्नमानलाइ मगनीमा कमाउन दीयेको ८० सालका सर्वेमा वावु नवाफ सींका नाउमा दर्ता भयेको मोही कृस्नमान मरेपछी वादीका छोरी नानी वेटी नीजका देवर काजीलालको कवुलीयेत गराई कमाउन दीयेको १ सालदेखीको वाली वाकी राखेकोले वाली भराइ पाउ भन्ने नालेस गरेकोमा झुक्याइ कागज गरायेको भन्ने उजुर गरेका मुदा भक्तपुर अदालतमा छ दर्तावाल सुंदर कुमारको राजीनामा वेगर वाहाली पायेको सदर नहुने हुदा वादी झुट्टा हो भन्ने जगतलालको कागज रहेछ,
गुठी लगत जाचवाट दीयेको वाहाली उपर उजुर गरी वदर गराउन नसकेकोले गुठीका कारवाइ वमोजिं वादीका नाउमा जगा दर्ता हुने ठहर्छ भनी श्री ५ स. गुठी तहसील दोश्रा फाटले फैसला गरेको रहेछ,
दर्तावालाका नाउमा म्याद टासेको देखीन नआयेको दर्तावालाको छोडपत्र नभै मोहीकै मात्र छोडपत्रले दर्तावालको हकजान नसकने ९५।९६।९७।९८।९९।२०००।३ सालका रसीद प्रतेवादीले पेस गरेको वाहालीवाट पायेको भये सो रसीद वादीवाट पेस हुनु पर्ने गुठी लगत जाचवाट कारवाइ भयेको मीसील श्रेस्तावाट नदेखीने भन्ने गुठी लगत जाचवाट ज्वाफ दीयेको रसीद वाहाली ली आउनु भनी मंगल लाललाई झीकाउदा म्याद गुजारेकोले प्रतेवादीले दर्ता तीरो भरो गरेका जगा दर्ता वदर गर्न नमील्ने हुदा सुरुले गल्ती इन्साफ गरेको ठहर्छ भनी ९।१।६ गते अपील पैला फाट्ले फैसला गरेको रहेछ,
सो इन्साफमा चीत्त वुझेन भन्ने वादी मङ्गललालको अपील परेको यो मुदा नीज मंगललालको मुदा सकार गर्ने पुनमायाको वा काजीलाल राजथलालाइ राखी नीर्णय गर्दा नीज मङ्गललाललाई गुठी लगत जाचवाट ८८ सालमा वाहाली दीये वारेको मीसील श्री ५ स. गुठी लगत जाचवाट झीकाइ हेर्दा दर्तावाला नवाफ सींका नाउमा म्याद टासेको र नीज नवाफ सींको छोडपत्र गरायेको मीसीलवाट नदेखी मोही कृस्नमान को छोडपत्र गराइ टास गरी मङ्गललाललाई वाहाली दीयेको देखीयेकोले दर्तावालालाई जनाउ खवर स्मेत नदी वेरीतसँग कारवाइ गरी वाहाली दीयेको अैंले सो कारवाइ वााली दीयेको सदर गर्न नहुने भोग वादीको रहेछ की भन्नलाइ ८८ सालको र ९० सालको वादीले रसीद पेस गरेको तेसपछी सालसालका रसीद वादीले पेस गर्न नसकी .३ सालसम्मको रसीद प्रतेवादीवाटै पेस गरेको र ८८ सालमा वाहाली पायेपछी उसै वखत दर्ता गराइ लीन वादीले नसकेको वादीको छोरी नानी वेटी स्मेतको कवुलीयेत गरायेको छु भनी नकल प्रतेवादीले पेस गरेकोवाट स्मेत जगामा भोग स्मेत प्रतेवादीकै देखीन आउने हुदा दर्ता वदर गरी पाउ भन्ने वादीको दावी जीकीर पुग्न नसकने सो वाहाली दीयेको मीसीलवाट सुव्वा हीरालालका पालाको वाहाली देखीयेको नीज सुव्वा हीरालाल वुझ्दा मरीसकेको भन्ने मुचुल्का भै आयेकोले वेरीतसँग कारवाइ गरेमा जरीवाना गर्नु नपर्ने हुदा इन्साफ अपील पैला फाट्को मनासीव छ इन्साफ पारी छीन्ने हाकीं उपर अपील गरेमा अपीलाट भपुइ टीवकछे वस्ने पुनमाया राजथलनीके सुरु दण्ड मोरु १। को हाकींका नाउमा कराउनेका १० नं का अैंले सैकडा १० ले मोहरु ।१० दस पैसा दण्ड हुन्छ वारेस हुदा असुल गर्न तहसीलमा लगत दीनु ।
न्यायाधीश न्यायाधीश
इती सम्वत् २०१० साल जेष्ट १८ गते रोज १ सुभ्म् ।