• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८४ - बाली लुटपिट

साल: २०१० महिना: कार्तिक फैसला मिति :२०१०/०७/१७ १०१

अ .नं ८४

नेपाल प्रधान न्यायालय सिंगल वेञ्च

फौ सं २४७

मुदा - बाली लुटपिट


अपीलाट –प्रतेवादी पं १ नं. नुई जुरेथुं बस्ने गजवहादुर त्माङस्मेत..........

विपक्ष- वादी ऐं भगेरीमारा बस्ने  मिननाथ पाडे जैसी .................१


इजलास

श्रीमाननीय  न्यायाधीश महेन्द्रबाहादुर महत छेतृ

फैसला

     येस्मा पुर्व मिं भक्तका रैकर  खेत स्मेत ४ किल्ला भीत्रको फेदी  रुंटो भंन्ये बरवर खेत मुरि ।४७।५ जगा रु १५००।– मा  धर्मदत्तवाट  राजीनामा गराइ लि २००५ साल  चैत्र ९ गते लेखत  पासहुने ठहरी फैसला  भयको छ । अंन्याय मध्येका इन्द्र बहादुर  पेमे  र ज्यां सिंस्मेतले जगा खीचोलामा नालेस गरेको  सो पनी डीसमीस गराये २००६ सालको वाली   २००६ साल मार्ग १२ गते लुटपीट गरी लगेकाले बीगो  रु ४४४/- बराबरका दर्ले  भराई पाउ भंनेस्मेत मिननाथको  बादी रहेछ ।

    बादी दावीको ४ किल्ला  भीत्रको जगा तालुकदारी खांगी मा दर्ता  भयको  गोल  दाखा  रकंको  जगा  हो सो खेत मुरी  २८ को जगालाई  दर्ता गरायेपनी वाली लुटपीट  मुदामा  लगत काटी  पाऊ भनी नालेस गरेको मुदा दायेर    नक्सा  सरजमींस्मेत गरी  हाम्रो खेत  मुरी ।२८ को जगा  कायं  गरी  पाऊ लुटपीटमा हाम्रो  भैयादहरुको  ऊजुरी  परिसकेपछी  झुट्टा उजुर गरेको हो भंनेस्मेत दोर्जे त्मां १ सलज  सीं त्मां  १ ज्या सिं  त्मां, इन्द्र त्मां..१ गजबाहादुर त्मां-१ सेते  त्मां –१ स्मेत  र म ७।८ कोस  टाढाको मानीस र वारदातका दि आफ्नो खेतमा  धांको वीटा  लगाई  बसेको  छु  रीसइवीले ऊजुर  परेको हो भंने स्मेत  नंदलालको  छुट्टाँ छुट्टै प्रतेवादी रहेछ ।

वुझीयसंमबाट  बादी प्रतेवादीको जगा  छुट्टाछुट्टै मीसील समेत रहेको नक्सावाट  देखीन आयको  र जगा  खीचोलामा उजुर गरेकोमा डीसमीस गरायकोले  जगैमेरो  भंने  प्रतेवादीले  बाली लुटेनैहोला  भंनु  मनासीव  नपर्ने हुँदा  बादी दावीवमोजीं लुटपीट गरेको  ठहर्छ भनी  २००७ साल चैत्र  १३ गते  नुवाकोट  अदालतले फैसला  गरेको रहेछ ।

नंदलालका हकमा  लुटपीट  गर्न पर्ने  कारण दिन  वादीले  नसकेको  र नंदलाकका साछीबाट  वारदात भयको  भनेको  दिं आफ्नै  खेतमा  रहे भयको भंने देखीनाले नीजले  लुटपीट गरेको  ठहरायको सुरुको गल्ती र  अरु मनासीव गरी  २००८ साल पौख २९ गते  अपील  पैला फाँटले  फैसला गरेको रहेछ ।

प्रतेवादी गजबहादुर त्मांस्मेत ६ जनाको अपील पेस हुनआयको  यो मुदा  अपीलाट्  वा स्मेतको गजवाहादुर  त्मांला स्मेत राखी वुझदा  हाम्रो  किपट जगा हो भंने अपील जिकीर  भयकोमा नक्सामा बादिको जगा र प्रतेवादीले जिकीर लीएको जगास्मेत छुट्टा  छुट्टै  देखीन आयकोलेस्मेत तपसील वमोजींको लगत  दि  मीसिल मीसिल फाँटमा  वुझाईदिनु ।

                             तपसिल

     बादी दावीमा बराबरकादर्ले  वीगो दीलाईपाउ भंने  जिकिर भयेकोमा  वीगो रु ४४४/-जना  १० बाट रु ४४।४० का दर्ले भराउने गरी डंडतर्फ आधी आधीको  दर्ले  डंड गरेको देखीनाले सो अपील पैलाफाँटको २००८/९/२९ का फैसला र ऐ १२।१२ को लगतले गर्ने गरेको  देहाए वमोजिंको  लगत काटीदिनु  ------

नुई जुरे थुं वस्ने दोर्जे त्मां के रु............९७।८२ को कलं....१

ऐ बस्ने सी त्मां सिं के रु.....................९७।८०को कलं...१

ऐ बस्ने इन्द्र वहादुर त्मां के रु...... .......९७।८०को कलं...१

ऐ बस्ने  सेते त्मां के रु.....................  ९७।८०को कलं...१

ऐ बस्ने अखवर त्मां केरु.....................९७।८०को कलं...१

ऐ बस्ने  घननाथ  लामीछाने के रु 97।80 को कलं    

ऐ ब्रम्ह दी सीरुवारी  वस्ने  हर्कमान त्मांके रु  ९७।८० को

ऐ छहरे छाप बस्ने बाटुले भंने  वुध्दीनिधी ल्यामीछानेको रु ९७/८०को कलं---1

ऐ जुरेथुं बस्ने गज बहादुर त्मां के रु ९७/७८ अन्त फौ. फाँटमा  २००८ साल  पौख ३० गते वुझायको  देखियकोले  वीगो रु ४४/४० लुटपीटका ४ नं ले सैक्रा २० ले  हुने मोरु ८/८८ र सुरु ऊपर अपील  गरेमा स्वका१० नं ले सैक्रा १० ले मोरु . ।८९ र यस अडामा  अपील गरेमा सैक्रा  ५ ले  रु ।४५ स्मेत  मोरु  १०।२२ कट्टीगरी  बाँकी  रु ८७।५६ नीज गजबहादुर  त्मांलाई  अैं सवालको रीत पुरयाई फेर्ता दीने कलं.......१

ऐ बस्ने  सतल सिं त्मां रु ९७।९० पैसामा २००८।२।२२ मा  नुवाकोट  अदालतमा बुझायको रु .८८।९० कट्टिगरी  बाँकी रु ८।९० असुल  गर्ने गरेकोमा ऐ ऐ ले लाग्ने डंड ज्मा रु १०।२२ कट्टिगरी  नुवाकोट अदालतमा बुझायको रुपैयाबाट ७८।६८ नीज सतल सिंलाई  ऐ बमोजिं गरी फर्ता दि अपील पैलाले  असुल गर्ने  गरेको  रु . ८/९०को  स्मेत  लगत   काटी दिने कलं...१बादि प १ नं नुई  ब्रमंडी बस्ने  मीन नाथ पांडे जैसी के  नंदलाल उपर झुट्टा  पोल गरेमा प्रतेवादीलाई  हुने डंड  रु ८।८८ पैसाको लुटपीटका १२ नंले  आधी मोरु  ४।४४ हुनेमा अपीलले  रु ४४।४५ डंड गरेकोमा कट्टी गरी बाँकी  रु ४०।१ असुल भय फेर्ता  र नभय लगत  काटिदिने  कलं............१

    देहायका मानीस के .....दि अपील गरेको देखीयकाले बराबरका दर्को  ....मो रु.४४।४० को लुटपीटका ४ नं ले  सैक्रा  २० ले रु ८।८८  र सुरु उपर  अपील गरेमा  हा.का. १० नं ले  लागने  रु /८९ र यस  अडामा  अपील  गरेमा रु ।४५ स्मेत  ज्मा रु .१०।२२ डंड हुन्छ  वारेस हुदा  लगत दिनु --------२

ऐ बस्ने  ज्मान सिं त्मां के रु -----------१०।२२

ऐ बस्ने  इन्द्रबहादुर त्मां केरु-----------१०।२२

ऐ बस्ने  सेते  त्मां के रु ----------------१०।२२

 अपिल पैला फाँटका देहायका मानीस के अैन छाडी  दी घटी वढी  गरेमा  अ.बं.२८९नं का अैन ले मो रु १।– एक जरीवाना गर्नु .................३

सुब्बा संकरप्रसाद  रीजाल  धंकुटा रीजाल गाउ के .... ४०

ख.राम गोपाल  श्रेष्ठ का.ई. सैगाल को रु ..     .।३०

वि सुरयेप्रसाद श्रेष्ठ ल. पु. ई.  पुलचोक केरु      २०

महेन्द्रबहादुर

न्यायाधीश

इति संम्बत् २०१० साल कार्तिक १७ गते रोज २ शुभं

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563