• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८५ - इस्कुलको जगा चापी घर बनायो

साल: २०१० महिना: जेष्ठ फैसला मिति :२०१०/०२/१९ १०६

नेपाल प्रधान न्यायालय डीभीजन बेंच

मुद्दा नम्बर ११७०


निवेदक गौर हाइस्कूलका हेडमास्टर वैधनाथ झा

सक्रेटरी लीलाराज पाध्यास्मेत

 

 

विपक्ष गौर बजार बस्ने लक्ष्मी कानुस्मेत


मुद्दा: इस्कुलको जगा चापी घर बनायो

इजलास

श्री माननिय प्रधान न्यायाधिस हरीप्रसाद प्रधान एम.ए.बी.एल

    श्री माननीय न्यायाधीश महेन्द्रबहादुर महत क्षत्रृ

फैसला

येस्मा लक्ष्मीकानुले इस्कुलको जगा चापी घर बनायो इन्सपेक्टरलाई झगडा परेको जगा जचाई दीयेको नीजले ८/४ मा छात्रावासको जगापटी जोतकोड गरे रोकी पाऊ भंने २००८।८।१२ को फौ हाई इस्कुलका हेड मास्टरले दीयेको फो हेरी इस्कुललाई हानी हुन नपाउने प्रवंध गराउ भंने ०६।८।१४ को प्रमांगी रहेछ

९६ साल माघ १ गतेमा गौर बजारको लक्ष्मीको बाबु बरसु कानुले स्कुललाई दीयेको जगा दुइ कठ्ठा ११ धुरमा फुस्को स्कुल र छात्रावासस्मेतको कामकाज चलाइ आयेकोमा आंधीले छाना उडाइ वेकम्बा गरीदीयेकोले २००३ साल फागुणमा पक्की जग बसाली बनाउदै जमीन देखि १।। हात उठी सकेपछि वर्षादले काम रोकी रहेको लक्ष्मी कानुले इस्कुलको जगा चापि घर बनायेकोमा उजुर गरी कारवाई भयेको छ तेसपछि लक्ष्मी कानुले बीरगंज गोश्वारामा मुद्दा चलायो म्याद आयेको गुज्री रीपोट ली दीयेन त मानबहादुरले लक्ष्मी कानुंको बाबु वीरसुले छात्रावासको जगा लीखत गरी दीयेको कागज अलमलीयको छ भनी वयां गरी दीयेकोमा वीचार नगरी २००६।८।२ गते वीरगंज गोश्‍वाराले येकतर्फी फैसला गरी दिये ९९ सालदेखी इस्कुलले भोग गरेको जगा जग उठाउदा १५˟१६ सौ खर्च भै सकेको जगा जान नपावस भंने वैधनाथको रीपोट परेको

यो पक्की छात्रवास बन्‍न लागेको भनेको जगा जंमै अघी इस्कुलका निमित्त बनाइ राखेको फुस्को घर माथि पानी चुहाउने गरी मीची घर बनाउन लाग्यो भंने ०५ साल वैशाख २३ गते से.लीलाराजको जाहेरी परेकोमा प्रमांगी बमोजिं कारवाइ हुदा उस बखत स्कुल घर भत्की इस्कूल घर बनाय स्वही बखत प्रतेवादीको वंगला घरको छाना हटाउनु भनी सुनाइ दीने भनी २००४।१२।१८ गते येस अडाबाट फैसला गरी अपिलको म्याद दीयेकोमा अपिल नगरेकोबाट फैसला कायेम रहेको वीरगंज गोश्वारामा लक्ष्मी कानुंको उजुरीले मुद्दा चली लक्ष्मी कानुं कै डीग्री गरी फैसला गरेको देंखीन आयेका लीलाराजको फौ उजुरी परेपछी लक्ष्मी कानूंले ०५।१।२८ गते फौ जाहेर गरेकोमा प्रमांगी बमोजीं कारवाइ भै गोश्वाराबाट जगा लक्ष्मी कानूंको कायं गर्ने गरी ०६।८।२ मा फैसला गरेको र गोश्वाराबाट छींनु भंदा पहीले अपिलबाट मुद्दा किनारा भयेको प्रमाण निमीत्त गोश्वाराले झिकाई फैसलामा स्वकुरा केहि नदेखीयेको त मानबहादुरले यो झगडा परेको जगा इस्कुललाइ दीयेको हो भनी लेखीयेको देखीयेको लक्ष्मी कानूंले दावी गरेको जगा भयेको ठाउमा पुरानु खावा रुपनी मौजाको भयेको तेसै ठाउँमा छात्रावासका नीमीत्त पक्की घर बनाउने भनी भुइदेखी १˟१।। हात उचो गरी इस्कुलतर्फबाट जग उठाई सकेको देखीयेकोले बाबुका पालादेखी कञ्यं वर्ष इस्कुलको चलं भै सकेको देखीयबाट मानबहादुरले अघी जगा सट्टादीन बाँकी राखेको भया तेसतर्फ दावी गर्नु पर्ने देखीन आई गोश्वाराले गरेको र यस अडाबाट भयेको फैसला बाझीयेको हुनाले अपिलका फैसला बमोजीं गर्ने वा गोश्वाराका फैसलाबमोजीं गर्ने भंने जो नीकासा हुंदा स्वबमोजीं गर्ने हुदा जाहेर गरेका छौ भंने २००६।१०।२ मा कटरबना अमिनको जाहेरी रीपोट परी।

आदेश बमोजीं झीकाइ आयेको लक्ष्मी कानु र से लीलाराजस्मेत राखी यस डीभीजन बेंचबाट बुझ्दा हाल झगडा परेको घर गौर इस्कुलले उचा गरी वनायपछि लक्ष्मी कानूंको घरको छाना कटाउनु पर्ने गरी कटरबना अपिलले ०५।१२।१८।५ मा फैसला गरेकोमा लक्ष्मी कानुले अपिल नदी चित्त बुझाइ बसेकोले गोश्वाराले लक्ष्मी कानूको जगा कायेम गरेको भयपनि भयका नक्सा सरजमींबाट इस्कुलले कची घर बनाइ ९६ सालदेखी चलन गरी पक्की घर बनाउन गार्‍हो उठाइ सकेको देखियपछि त माबबहादुरबाट जगा सट्टा लीने गरी दीयको भंने लक्ष्मी कानू भै इस्कुल बनाउनलाइ जगा दीयमा सावीतै भयेको जगा सट्टा दी सकेको भनी त मानबहादुरले कागज लेखिदीयको सो बमोजीं लक्ष्मी कानुले जगा नपायको भया मानबहादुर उपर उजुर गरेमा इस्कुलको निमीत्त लक्ष्मी कानुले जगा दी लेखिय बमोजीं भोग गरी इस्कुलको गाहारो उठाइ सकेको जगा दर्ता दाखील खारेज नभयका भन्नेले दीन्न भंने प्रतेवादी लक्ष्मी कानूको जीकीर पुग्न सक्तैन स्व झगडा परेको ९२।।१ दुई कठ्ठा एघार धुर जगा गौर इस्कुलको निमीत्त कायेम रहने ठहर्छ तेस्को दर्ता लगत कट्टा  गर्न समन्धीत विभागलाइ लेखी पठाउने अरु कसैलाई केही गर्नु पर्दैन मीसील फांटमा बुझाइ दीनू

 

महेन्द्रबहादुर                                       हरिप्रसाद

      न्यायाधीश                                        प्रधान न्यायाधीश

 

ईती सम्वत २०१० साल जेष्ठ १९ गते रोज २ शु

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563