• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८६ - जगा बाली लुटपिट

साल: २०१० महिना: जेष्ठ फैसला मिति :२०१०/०२/१९ १०३

अभिलेख दर्ता नं. ८६/२०१०

मुद्दा नं. ३३/१०३

गं. ज्योती लिम्बुनी बि. जमबहादुर लिम्वु

मुद्दा- जग्गा वाली लुटपीट

प्रधान न्यायालय सिङ्गल बेञ्च

अ.    नं. १०३

मुद्दा जगा बाली लुटपिट

अपिलाट वादी तापलेजुङ ई याङरुप सापलाखु बस्ने गंज्योती लिंवुनी

विपक्ष प्रतेवादी ऐं ऐं बस्ने जसबहादुर लिंबुसमेत

 

ईजलास

श्री माननिय न्यायाधीस प्रदिप्तमायवर नेपालतारा ले.ज. प्रकाशसम्सेर जङ्गबहादुर राणा

येस्मा ७८ सालमा मेरा लोग्ने सरुप सीं ले मलाई विवहा गर्दा रु ५०० मा वंदकक लिएको वग्रेनी खेत १ मुकलावु खेत १ समेत १ खला जगा ज्यूनी लेखिदिएको पस्मलाल संग झगडा पर्दा पनी मेरो हक भएको स्व खेत जगाको ०६ सालको धानवाली प्रतेवादीहरुले लुटीखाई दिए लुटेको वी गो रू ८६५ भराई जगामा किचोला मेटाई पाउँ भन्ने वादी रहेछ।

वग्रेनी जग्गा वादीका लोगने ले ५८ सालमा वंदक लिएको ७३ सालमा पद्मलाललाई लख दि पद्मलालले दातालाई १९ चपरी ७४५ मा खाएको तेसपछी १२५५ मा मैले लाई खाई आएको छ वादी संग पटक पटक मुद्दा परी भएका फैसलावाट वग्रेनी जगा वादीको रुक नपुग्ने ठहरी फैसला समेत भएको छ मुकलावु वादीके हक वादीले भोगेको छ वाली लुटेको छैन भन्ने प्रतेवादी रहेछ।

बुझीए सम्मका प्रमाणवाट वग्रनीमा वादीको दावी नपुग्ने हुदा वादीले झुट्टा उजुर गरेको र वादीका हकको मुकतावु जगाको वाली प्रतेवादीले लुटेको ठहर्छ वीगो रु ३२४ प्रतेवादीवाट भराई दिने ठहराई सुरु तापलेजुङ अमिनीले फैसला गरेकोमा चीत बुझेन भन्ने वादीको अपिल परी धंकुटा अपिल वाट पनि सुरु अमिनीके इन्साफ सदर भै छीनीयको रहेछ। ३×५ सालका फैसलावाट मैले जिती पायको स्व फैसलाको विचोरे गरी दियन भन्ने समेत वादीको धरौटी अपिल परी आएकोमा तिमीले जितीपायको भनेका ३×५ सालको फैसला नकल ली आउनु भनी प्रधान न्यायालय पैल्का फाटवाट अपिलवाट वादीलाई म्याद दी सिकाएमा वादीको वारेस भै नरबहादुर लिंवु आई तारेखमा रहेको रहेछ।

तारेखमा रहेको अपिलाटको वारेसलाई राखी आज पेस हुन आएको यो मुद्दा वुझ्दा वादीले दावी गरेको वग्रनी जगा वादी गं ज्योतीको हक नपुग्ने ठहरी ९८//२० गते धंकुटा अपिलवाट फैसला भएको मिसील सामेल रहेको फैसला नकलवाट देखिएको र ३×५ सालको फैसला नकल भनि अपिलवाटको वारेसले पेस गरेका फैसलाको नकलका नकलवाट ९८ सालको फैसला वदर भै जितीपाएको समेत नदेखीदा ईनसाफ सुरुको सदर गरी छिनेको अपिल मुनासिव छ।

ईनसाफ पारओ छिंने हाकिम उपर अपिल गरेमा अपिलबाट वादी गं ज्योती लिंवुनी के हा. क. १० नं. वमोजिम यो दोश्रो अपिल हुदा दंड कं.रु ४१/ कौ सैक्रा ५ ले कं.रु.२% थप दंड हुन्छ निजले अपिल गर्दा तारेखमा नवस्ने गरी ०८/१२/२९/५ मा धंकुटा अपिलमा धरौट राखेको देखीदा स्व धरौट सदर स्याहा गर्नु भनि धंकुटा अपिललाई पुर्जि गर्न तहसिलमा लगत दीनु।

न्यायाधिस

ईती सम्वत् २०१० साल जेष्ट १९ गते रोज २ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563