• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८७ - चोरि

साल: २०१० महिना: जेष्ठ फैसला मिति :२०१०/०२/२० ९३

नेपाल प्रधां न्यायालय सिंगल बेञ्‍च

अपिल नम्बर ८९३


अपिलाट का.ई. मासं गल्ली बस्ने बाबानानी अमात्यनी

विपक्ष का.ई. मासं गल्ली बस्ने रामप्रसाद श्रेष्ठ समेत २  


मुद्दा: चोरि

ईजलास

श्री माननिय न्यायाधिस भगवतिप्रशाद सिहं राजपुत

फैसला

येस्मा नेपालि नोट १०० दरको ८ कित्ता र ५।१० दर्को मोरु ४००स्मेत जमा मोरु १२०० को नेपालि नोट काठको संदुकमा राखि सो काठको संदुक सानो टंकमा राषी साचो पारी ढुकुटी कोठामा राषि छाडेको सो ढुकुटी कोठामा जोडियेको सु. नारांदासको घर तर्फको निज्को ढुकुटी कोठाको गारो फोरी चोरी भयेको ७।८।५ गते विहान थाह पायेको नौ विस्नुमां र निज सुब्बाको छोरा रामप्रसाद मात्र सो घर्मा भयेकोले निज २ जना ऊपर संषा लागदा नीजहरुबाट सो

बीगो भराई सजाये समेत गरीपाउँ भंने स्मेत बाबानानीको पुलिस मौका कागज वयांस्मेत रहेछ।

वादिको घर उत्तर पट्टी जोडियेको, दषिं पट्टी फर्केको मोहडा चोटा तलामा म रामप्रसाद सुतने गरेको तेसैसंग जोडियेको उत्तरपट्टीको मालमा बाबा नारांदास सुतने गरी आयेको नीज बाबा सुतने गरेको कोठाबाट जाने कोठा नीज बाबानानीको घरसंग जोडियेको नभै सो कोठाको झ्यालहरु भत्की षसि मानिस समेत आउन जान हुने हुनाले सो कोठामा माटाका भाडासम्म राषने गरेको छ सो कोठाबाट बाबा सुतने कोठामा जान हुने गरी ताल्चा मारेको र बाबा सुतने गरेको कोठामासमेत तालचा मारी राषेको थियो सांचो बाबासंग भयेकोले बाबानानीतर्फ चोरी भयो भंने हल्ला सुनि बाबालाई षबर दिन भक्तपुरतर्फ गयेको मैले चोरी गरेको समेत छैन भंनेस्मेत प्र. रामप्रसादको वयां रहेछ

सु. नारांदासको घर्मा बसे पनि निज्को घर जाने र म बसेको कोठामा जाने भरपां बेगला बेगल छ मैले मैले चोरी गरेको छैन भंने स्मेत नौ विश्नुमांको मौका कागज प्र सरहको वयां रहेछ

बुझियेसम्मका प्रमाण परिवंदबाट वादि बाबानानीको उजुर झुट्टै ठहर्छ भनी रा.का. फौ अदालतको ८।३।१९ मा फैसला गरेको रहेछ

हाकिं ना.सु. कृष्ण प्रशादले माथि लेषिय बमोजिं ठहरायेको ईन्साफमा राये बझाई वादिका दावी बमोजिं प्रतेवादिहरुले चोरी गरेकै ठहर्छ भनी ऐ का अ.डी. रत्‍न बाहादुरले गरेको राये पर्चा रहेछ।

बुझीयेसम्मका परिवंदबाट वादीको दाबी ऊजुर झुट्टै ठहर्छ भनी सुरुका हाकिंले फैसला गरेको ईन्साफ मनासिब ठहर्छ गल्ती राये बझायेमा सुरुका अ.डी.लाई अडैबाट जरीबाना गरी चोरी मुद्दामा नीजको राये उल्टीयेकाले हाकिंका नाउमा कराउनेका १६ का अैबमोजिं सजायेको निकासालाई अपिल पैला फाटले ८।७।२६ गतेमा गरेको जाहेरी फैसला रहेछ

सो अपिल पैला फांटको इन्साफ चित्त्त बुझेन भंने यो वादि बाबानानीको अपिल गरेको रहेछ,

अपिलाट बाबानानी राषि पेस हुन आयेको यो मुद्दामा प्रतेवादिहरुलाई गडाऊ हुनेतर्फको बलियो प्रमाण वादि अपिलाटले गुजार्न नसकेकाले इन्साफ अपिल पैला फाटको मनासीब ठहर्छ अपिल गरेमा नीज बाबानानीलाइ सुरु डंड मोरु १००।– को हाकिंका नाउमा कराउनेका १० नं. ले दोश्रा अपिल हुदा सैक्राले मोरु ५। डंड हुन्छ माथी लेषीयेबमोजिं गल्ती राये बझायेको इंसाफ उल्टीयेकाले रा.का.फौ.अ.का. अ.डी. रत्‍नबहादुर श्रेष्ठ पूर्व २ नं रामेछाप भगेरी के.मोरु २ दुई जरीवाना गर्नु नीज बाबानानी उजुर डी रत्‍नबहादुर हाल भ.पु. अदालतमा वहाल हुदा लगतस्मेत दिनु

 

 

भगवतीप्रसाद सिंह

न्यायाधिश

इती सम्वत १० साल जेष्ठ २० गते रोज ३ सुभम्  

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563