• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. २९६ - जगा षीचोला

साल: २०११ महिना: असार फैसला मिति :2011/03/21 ७२

 

अभिलेख दर्ता नं. २९६

२०११ सालको मि.नं. २१८

नेपाल प्रधान न्यायालय सिङ्गल बेंचे

अ.नं.२१८

मुद्दा: जगा षीचोला

 


अपीलाट वादी दैलेख चींगाठदरा पीलाडी गाउ ....रेग गाउ वस्ने तीलवीर वली छेत्री

विपक्ष प्रतेवादी ऐ जोरेवाँज गाउ वस्ने ग्वामे वुढाछेत्री -------------------१

ऐ ऐ वस्ने जैमल ------------------१


इजलास

श्री माननीय न्यायाधीस प्रदिप्त मांन्येवर नेपाल तारा ले.ज. प्रकाश शम्सेर जङ्ग बहादुर राणा

फैसला

मेरा पाषा जगा देषी पश्र्चीं जुगे पानी देषी पुर्व साउने पानीडाडा षोल्सी देषी दक्षीं उत्तीसेनी षोलसो देषी ऊत्तर यती ४ किल्ला भीत्रको माथील्लो रेग भंने पाषो जगा मेरा बाबा करवीरका नाउमा ७० सालमा पाटे दर तीरो रु १।५८।१ लागी चींगादर पीलाडी मौजामा दरता भै भोग चलं गरी खाई आयेको जगा धेरै भै धांन नसकेकोले ९७।१०।१५ मा नीज अन्यायवालाहरु मार्फत तीरो तीर्ने गरी मगनीमा कमाउन दीयेको बाबा ९८ साल फागुन मैन्हामा पर्लोक भयेको हाल मेरा ऊमेर पुगेकोले २००८ साल वैशाख १७ गते सो जगा छोडी देऊ बीक्री गर्नु पर्‍यो भनी भनेमा मगनीको कागजमा जगा वापस लीन्‍ने तीरो म आफै गर्छु भन्‍ने डरपीट् गरी देऊ भनेवाट हुंछ भनी मगनीको कागज झीकेमा खोसी ली जगा स्मेत हटक षीचोला गरेकोले सजाय गरी जगा स्मेत डीलाई पाउँ भंने ०८।३।८।६ को तीलवीरको फिराडीपत्र ।

     वादी दावीको ४ कील्लाको जगा बादीको वावुले भोग चलनं गरी आयेको र मगनीको कागज गरी डीयाको समेत कौनै होइन वादीका वावुका नाऊमा दरता भयेको जगा र हामीले भोग चलं गरी आयेको दलपती मगरका नाऊको पाटेदर भंने जगा वेगला वेगलै छन अं ६।७ सय गज फरक पर्छ ७० सालमा डरतावाला दलपती भागी वोटां भंने जगा तर्फ जादा सो जगामा तालुकदारले म ग्वामेलाई भरना गरी दीदा सो सालदेषी तीरो भरो गरी आयेतापनी ९२ साल अघी रसीद दीने लीने चलंन नभै ९२ साल देषी मात्र रसीद दीने लीने चलं भयेकोले ९२ साल देषीको रसीद भयेको र ४ कील्लाका हकमा पनी हाम्रो (गै वाल ? ) देषी पश्र्चीं जुगे पानीका भीत्ता देषी पुर्व साऊने पानीका डाडा षोल्सा देषीं दक्षीं वुका खोलसा देषी ऊत्तर भयेकोले नक्सा स्मेत जो गर्नु पर्ने गरी झुट्टा दावीवाट फुरसत गरी पाऊ भन्‍ने ०८।३।२५।२ को वा चक्रवाहादुरको प्रतेवादी ।

     मगनीको लीषत च्याती दीये भंने वादी लेष भएको सो कुराको सवुद गुजारन नसकेको डरता दलवीर करवीर २ पाटे द्रता भयेको वादीको पाटे षायेलमा दावी षीचोला गरेको छैन आफै पाटेषायल षायेको छु भंने भयवाट प्रतेबादीको जगा घुसाइ लीन षानको लागी झुट्टा ऊजुर गरेको ठहर्छ भंने ०८।८।१५।६ को दैलेष अदालतको फैसला ।

     लेषीयेको ४ कील्ला भीत्रको ढाडो परखाल देषी ऊउतर वलपती द्रता र दक्षीण मेरा वावु करवीर द्रताको भयेको हुंदा नक्सा भयेमा प्रष्ट देषीनेमा नकसै नगर ज्मै जगा प्रतेवादीले पाऊने कीसींसंग फैसला गरी दीयको नक्सा सरज्मीं भयेमा प्रतेवादीले भोग गरे नगरेको स्मेत यथारथ हुने हुंदा नक्सा सरज्मीं गरी खरमेलो देषी दक्षीणपट्टीको जगामा प्रतेवादीको हक नपुगने गरी हक ईन्साफ गरी पाऊ भन्‍ने ०८।१०।८।३ को वादी तीलवीरको अपीलपत्र ।

     भै आयको नक्सावाट १२ नं. को घर जगा वादीको भनी लेषी आयेबाटस्मेत ईन्साफ सुरुको सदर भंने ०८।१२।३०।६ को सल्याण अपीलको फैसला ।

     वादीमा लेखियेको ४ कील्ला भीत्रको जगा मध्ये खरमेलो भीत्ता देषी दक्षीणपट्टिको जगा मेरो र सो षरमेलो देषी उत्तर पटीको जगा प्रतेवादीवालाको हो भनी अपीलमा लेषी दीयेकै र नक्सा हुँदा पनी वादीमा लेषीयेका ४ कील्लाको वीच कीत्तामा ठूलो खरमेलो भयेकोले नक्साकै रुपबाट पनी सो कुरा खुले लेखियाको हुनु पर्ने गडपरषालपनी दक्षीं पट्टीको माठीवाट प्रतेवादीवालाले र तलतीरवाट मेरा बाबुले लगाई ल्यायेकाबाट अघी लगायेको र पछी लगायेको छुट्टीयेको ऊत्तरपट्टी लगायको परषाल अलग अलग छुट्टीयेको प्रष्टै देषीयेको हुंदा नक्सामा नखुलेको भये अर्को नक्सा गरी हेरेमा प्रष्ट देषीने र प्रतेवादी छुट्टी भीन्‍न भयेको नभै येकागोठ भयेवाट ये कुं चाइको देषाऊनालाई पुस्ट्याँई खातीर फैसलामा वुंदा लेषेको हुंदा मेरो वासै खोडीने भयेकाले अपील गरेको छु नक्सा गर्नु परने भये नक्सा स्मेत गरी हक ईन्साफ गरी पाऊ भंने ०९।२।२९।४ को वादी तीलवीरको अपील पत्र ।

     यस्मा सल्याना अपीलले गरेको ईन्साफमा चीत्त वुझेन भंने वादी तीलवीरको धरौटी अपील परी झीकाई आयेको झगडीया स्मेत राषी वुझदा भै आयेको नक्सावाट प्रतेवादीको र वादीको जगा छुट्टा छुट्टै भै १२ नं को जगा वादीको भनी लेषी आयेबाट सुरु अपीलका फैसलामा लेषी आयेका वुदा प्रमाण स्मेतबाट ईन्साफ सुरुको सदर गरी अपीलले छीनेको मुनासीव छ ईन्साफ पारी छींने हाकीं ऊपर दोश्रो अपील गरेमा अपीलाट् वादी तीलबीर वली छेत्री दैलेष चींगाडदरा पीलाडी गाऊ मध्ये रेग गाउके सुरु डंड मोरु ३।१२ को हा.का १० नं ले वीसौद मोरु ।२० वीस पैसा थप डंड हुन्छ तारेषमा वस्न नपरोस भनी ०९।१।२६।५ मा सल्याण अपीलमा कंरु    तीन आना धरौट राषेको सदर स्याहा गर्न लगत र अपीलाटलाई मुद्दा छीनीयेको जनाउ स्मेत दी मीसील मीसील फांटमा वुझाई दीनु ।  

 

 

                            प्रकाश शम्सेर

                             न्यायाधीश

ईति सम्वत २०११ साल आषाढ २१ गते  रोज २ शुभम् -----------------------------------

 

 

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563