निर्णय नं. ८८ - बेहिसाबसंग थुन्यो भंने
साल: २०१० महिना: जेष्ठ
फैसला मिति
:२०१०/०२/२० १०४
अभिलेख दर्ता नं.८८/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.१५८/२५०
नेपाल प्रधां न्यायालय सिंगल बेञ्च
ठा.नं.२५०
वादि – सर्कार
भ.पु.ई सुर्येविनायेक बस्ने कृष्णभक्त सुवालस्मेत
मुद्दा बेहिसाबसंग थुन्यो भंने
ईजलाश
श्री माननिय न्यायाधिश भगवतिप्रशाद सिंह रजपुत
फैसला
येस्मा पेस हुन आयेको यो मुद्दामा थुनियाका ऊजुरवालाहरुले १ नं गोस्वारावाट ८।११।१० गतेमा छुटेपछि कारबाई गराई मांगन हाजीर हुन आऊन पर्ने नआयेकाले निज कृष्णभक्तसमेत १५ जनाको वारेषद्वारा पर्न आयेको यो ऊजुरबाट कारबाई चलन नसकने हुदा यो ऊजुर षारेज गरिदिनु ।
न्यायाधीश
ईती संवत १० साल जेष्ट २० गते रोज ३ सुभ्म् ।