• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८९ - बाली

साल: २०१० महिना: जेष्ठ फैसला मिति :२०१०/०२/२० ९९

नेपाल प्रधां न्यायालय सींगल बेञ्च

मु नं. ९५५

मुद्दा बाली

जी.वा. प्र. बरीयापुर बस्ने फीरिंगीया महतो  अपीलाट

ऐं ऐं बरीयारपुर बस्ने रामऔतार साह कानु

इजलास

श्री माननीय न्यायाधीस भगवतीप्रसाद सींह

फैसला

प्रतेवादी फीरंगीयाले गोपी श्रेष्टलाई भोग वंधकी दियेको जग्गा प्रतेवादीले नै हुँदा वाली बुझ्नेगरी कमायेकोमा ६/७ सालको हुँदा वाली नदी जगामा स्मेत जवरजस्ती वाली लगायेको जगाको वीचोला भेटाइ वालीको वोगो रु ३२० भराइ पाग भंने राम औतार सुक देव स्मेतको वादी रहेछ।

वादीहरुलाइ भोग वंधकी दीयको जगा हुँदा वाली ६ सालको भरायेको ७ सालकोमा भाका भागेकोमा वुझाइ सकेको वाली स्मेत दोहरा लीन झुट्टा उजुर गरेको हो भने फीरंगीयाको प्रतेवादी रहेछ।

वुझीये सम्म वाट प्रतेवादीले जगामा पीचोला गरी वाली षायैकै ठहरछ वीगो भराइ दीने स्मेत ठहराई पैला अमीनीले फैसला गरेको रहेछ।

तेस उपर प्रतेवादीको अपील पर्दा सुरु कै इन्साफ सदर गरी वादीको वीगो तल शुरुले गरेकोमा केही घटी गरी छीनेको रहेछ।

तेस उपर फीरंगीको अपील परी आयेको यो मुद्दा वुझ्दा वादीले पेस गरी राषेको भोग वंधकीको लेषतहरु हेर्दा सकलमा वारा माल अड्डा के भंने जनीथेको पीठमा पैला अमीनीको छाप लागेको ७//२५ मा. दा. भंने मीती स्मेत जनी कैफीयेत लेषी राषेकोले अछी नालेस दीयेकोले लेषत पेस भयेको रहेछ भंने देषीयेकोले स्मेत इन्साफ कटरवं अपीलको मुनासीव इन्साफ पारी छींने डाकीं उपर अपील गरेमा अपीलाट फीरंगीय महतो के अपील अडाले गरेको सुरु डंड रु १ को हा का १० नं. ले पैलो अपील हुदा सैका १० ले रु ।।। डंड हुनेमा तारेषमा वस्न नपरोस भनी क वं अमीनीमा ९//२० मा धरौटी शषेको मीसीलवाट देखीदा सदर स्याहामा आंदानी वाधनु भनी तहसीलमा लगत दी मीसील प्रधां न्यायालये मीसील फाटमा वुझाइ दीनु धरौटी अपील दीनीयेको जनाइ अपीलाटलाइ दीनु।

 

न्यायाधीस

ईती संवत् २०१० साल जेष्ट २० गते रोज ३ सुभं ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563