• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३१८ - डाका

साल: २०११ महिना: असार फैसला मिति :2011/03/30 ८९

अ. नं. ३१८-२०११

२०११ सालको मि.नं ४

 प्रधान न्यायालय सींगल बेञ्‍च

सा.नं.४

 

मुद्दा: डाका  


बादी पातौ चौकीका ह भोला श्रेष्टको रीपोट

विपक्ष जी स प्र खालीसा मौजे गीडखोरा बस्ने फौदी चमार भुलुवा चमारस्मेत


इजलास

श्रीमाननीये प्रधान न्यायाधीस हरीप्रसाद प्रधान एमए बी एल

आदेश

येस्मा साधकद्वारा पेस हुन आयेको यो मुदा बुझदा गस्ती गर्दै  जादा प्र षालीसा मौजे गीदखोराका मुंसी माध्ववी ग्वारको घर्मा डाका गरेमा साबीत भयेकाले दाखीलगरेको छु भंने ह. भोलाको रीपोट् सो बमोजीं डाका गरेमा साबीत भै अरुलाईस्मेत पोली वयां गरेको मुंसी माध्वी नाउको म्याद घरद्वार छैन भनी भनी तामेली आयेको र सरज्मीनले गीदखोरा मौजामा मुंसी ग्वार भंने पनी छैन मुंसीयाको घर डाका परेको छैन भनी सरज्मीं भयेकाले चोरीका ३७ नं बमोजीं सावीती प्रतेबादीलाई छाडीदीनु भंने वा यो सजाये गर्नु भंने नीकासा बारेस्मेत हनुमांनगर अमीनीले कारवाई गरी जाहेरी फैसला गरेकोमा सो ठहर गरेको मुनासीब बेमुनासीब क्यै ठहर नगरी फैसला बमोजीं ऊचीत नीकासा पाउ भनी सप्तरी अपीलले जाहेर गरेकोमा चोरीका ३७ नं ले धनी पत्ता नलागेको माल सरकार दाखील गर्ने बीगोमा सजाये नगर्ने भंनेस्म लेखीयेको चोरीमा सावीत भयेका चोरलाई लागने सरकारीया डंड ऊक्त ३७ नं ले नलागने भंने केही लेखीयेको नदेखीयेको र यस्तो मुद्दा पर्न आये जाहेर गरी नीकासा भै आये बमोजीं गर्नु भंने अैं बमोजीं जाहेर गरेको भनी ऐंको नम्वर खुलाई जाहेर गरेको नदेखीयेकाले भैरहेका  अैं बमोजीं कारवाई गरे हुनेमा अैं छाडी जाहेर गरेको भनी हनुमाननगर अमीनीलाई रु ।।। सप्तरी अपीललाई रु ।।। ज्मा कंरु १ ।। जरीवाना गरे जस्को घरमा डाका गरेमा साबीत भएको हो सो मानीसै नभयेपछी डाकामा साबीत भयो भन्दैमा सजाये गर्न मुनासीब नपर्ने स अमीनी गोश्र्वाराले गरेको जरीवाना मीन्हा भै साबीत रहेको प्रतेबादीहरुलाई छाडी दीनु भंने वा यो सजाये गर्नु भंने नीकासा पाउ भनी सप्तरी अपीलले अैं खुलाई जाहेर गरेको नदेखीयेको सरज्मीं बाट वारदात भएगरेको र मुन्सीया ग्वार भंने मानीसै सो मौजामा भयेको नदेखीयेपछी चोरीमा सावीत भये पनी वारदातै झुट्टा भैसकेपछी तेस्तो मानीसलाई ज्मानी तारेखमा छाडी अैं बमोजीं कारबाई गरे हुने जाहेर गरीरहनै नपर्ने गरेको भनी स गो ले जरीबाना गरेको बेमुनासीव भंन नभै मुनासीव भंन परेकाले सदर अमीनी गोश्र्‍वाराले जरीबाना गरेको मुनासीब देखीयेकोले सो बमोजीं गर्न भनी मीसील सप्तरी अपीलमा पठाऊन मीसील बीभागमा पठाइ दीनु ।

 

 

                                   हरिप्रसाद

                                 प्रधां न्यायाधीश

सं २०११ साल आखाड ३० गते  रोज ४ शुभं   

 

 

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563