निर्णय नं. ३१९ - कुटपीट
अ. नं. ३१९-२०११
२०११ सालको मि.नं ५
प्र. न्यायालये सीङ्गल बेंञ्च
ठा.नं.५
मुद्दा: कुट्पीट
बुटौल तप्पे खुडा कागर मौजे पीप्रा वस्ने मुंसी मुसलमान
विपक्षे ऐ ऐ बस्ने हमद ऐ -१ मुसी फकीर ऐ.-१ ऐ ऐ बस्ने सातुला ऐ-१ ऐ ऐ बस्ने सतार ऐ-१ ऐ ऐ बस्ने साहेब ज्यादर ऐ-१
इजलास
श्री माननीय न्यायाधीस भैरबराज पंत पाध्या
फैसला
येस्मा साहेव ज्यादासंग ज्याला कंरु ५ पोट्को रसीद नदी झगडा भै प् साहेव ज्यादाका अह्रऊबाट ५ जना मीली कुट्पीट् गरी जवरजस्ती कागजस्मेत गराये अरुमा छुटा नालेस दीने हुदाद्रही फीराउदा नछाडी कुटपीट गरेमा सजाये गरी पाऊ भंनेस्मेत मुंसीको बादी रहेछ ।
सो बख हामी गाउ घरमा छैन हामीले कुटपीट् गरेको हैन साहेव ज्यादाको कंरु १५१ तमसुकी बाकी पचाउन झुट्टा नालेस गरेको हो भंनेस्मेत साहा ज्यादा मुसलमानस्मेतको प्रतबादी रहेछ ।
बादी मुंसी के आई सीं पार्तीमा पक्राउ भै थुनीयेको भागेकाले तारेख गुजारेको भनी डीसमीस गर्न प्र साछी फैज नकी ईनैको लुट्पीट् मुदा तर्फको मीसीलमा बकपत्र रहेकोले डीसमस गर्न नभै बीचार गर्दा बादीका ज्यूमा चोट्पटक देखीयेको साहेव ज्यादाको लेना बाकीमा झगडा हुनाको कारं परेकाले कुट्पीट् साहेव ज्यादा सतार सातुल्ला ३ भै कुट्पीट गरेको ठहर्छ साडी फौलवीर मुंसी फकीर २ जनाका हकमा सबुद नहुनाले झुट्टा उजुर गरेको ठहर्छ द्वाही राखेको ठहर्दैन भंनेस्मेत बेथरी अमीनीको ८।९।१७ को फैसला रहेछ ।
कुट्पीट्तर्फ ईन्साफ मुनासीब साछीले दोहरा गुजारेमा अ बं २४५ बमोजीं पक्राऊ दोहरा समन गरेको नभै आडेस बमोजीं आसय जाहेर गरेकाले कैद सजाये नलागने भंनेस्मेत बुटौल अपीलको ९।२।१६ को फैसला रहेछ ।
येस्मा बुटौल अपीलले हदमुनी भनी छीनेमध्येको ईन्साफ जाचीन भनी आयेको यो मुदा बुझदा ईन्साफ बुटौल अपीलले ठहराको मुनासीवै छ ।
भैरवराजपन्त
न्यायाधीश
सं २०११ साल आषाड ३१ गते रोज ५ शुभ