निर्णय नं. ९० - जालसाजी
अ नं 90/2010
नेपाल प्रधान न्यायालय डिभिजं वेंच
मुद्दा नं ३७5
वादी- सप्तरी प्रगंना राय झमुना मौजे मधुवनी घर भै पांटु वस्ने वनटी थरुनी
प्रतेवादी- हनुमांनगर अमीनी इ प्रगंना राय झमुना मौजे र मधुवनी वस्नेनाथु प्रसाद माझी थारु .....................
ऐ ऐ वस्नेचतुरनाथ माझी थारु.........१
प्रगंना सकरिया मौजे इनर्वा बस्ने पटवारी अजवलाल दास कायस्त
ऐ ऐ वस्ने तीर्थ लाल दास कायस्त १
ऐ ऐ वस्ने तीर्थ लाल दास कायस्त १
ऐ ऐ माधुवनी वस्ने अम्वर माझी थारु १
ऐ ऐ वस्ने वीरोधीवर १
ऐ मोतीराज धोवी १
ऐ राय झमुना मौजे बस्ने ...................
हरीराज वस्नेत १
ऐ वस्ने फौदार मीञा 1
ऐ मधुवनी वस्ने डोसीभी. १
ऐ ऐ वस्ने मतीलाल थारु १
ऐ ऐ वस्ने कमल खं खत्वे १
ऐ ऐ वस्ने नाथु कुँजडा १
ऐ ऐ वस्ने वावुलाल कुंजडा १
ऐ ऐ वस्ने नरबहादुर माझी थारु. १
ऐ ऐ वस्ने अगहनु थारु. १
ऐ ऐ वस्ने अलीवहक मिञा १
ऐ ऐ वस्ने हंशराज मीञा 1
ऐ ऐ प्र. राय झमुना भींपुर बस्ने चीचाई मंडर थारु १ समेत
मुद्दाः जालसाजी
इजलास
श्रीमाननीय प्रधान न्यायाधिश हरीप्रसाद प्रधान एम. ए बी.एल.
श्रीमाननीय न्यायाधिश भैरवराज पन्त पाध्या
फैसला
येसमा घर जगा थामीपाऊ भनी श्री माहाराजमा मैले फौदी येमा वुझने प्रमाङ्गी भै आएपछी चतुरनाथ को नांसारी लेखीएको टाँस मुचुल्का १ नं राय २ नं रसीदस्मेत जींदारी पटवारीस्मेतका प्रतेवादीहरु मीली वेरीत षीत लीलाम गरेकाले जालसाज गरेमा नालेस गरेको छु कसुर अनुसार सजाये गरी जगा सदर थामी पाऊ भंने स्मेत वनटीको वादी रहेछ ।
वादीको भनाई वमोजीं जालसाज गरेको छैन लीलामी मुचुल्का लगायेत खरीद वीक्री गरेको लेखोट दर्ता रसीदमा जुं मीती लेखीयको छ यही मीतीको हो अम्वर सीं ले लीलामीबाट पायेको जगा ३९४।।।४ मध्ये लालजी मीञास्मेतलाई पटक पटक गरी जम्मा वीगा १।।।३।।३ चतुरनाथ माझीलाई वीक्री गरी दी वाँको साचो व्यवहार हो भंने अम्वर सीं चतुरनाथस्मेतको प्रतेवादी रहेछ ।
वुझिए सम्मका प्रमाणबाट कृते कागजको २१ नं का अैनका म्याद २ वर्ख भित्र को उजुर नभएकाले नालेसै नलाग्ने हुदा खारेज गर्ने ठहर्याई ६।२१।२७ मा हनुमांनगर अमीनीले फैसला गरेको रहेछ ।
हनुमां नगर अमीनीले खारेज गरीदीये चित्त वुझेन भंने वनटीको अपील रहेछ ।
हनुमांननगर अमीनीको इन्साफ मुनासीव गरी ६।९।२३।४ मा सप्तरी अपीलले फैसला गरेको रहेछ ।हदमुनी भएबाट अपील ली इन्साफ गरीदिनु भंने प्रमाङ्गी पाऊ भंने वनटीको वींतीपत्रमा यस्मा वेहोरा साचो हो र इही जगाको जालसाजी मुद्दा रहेछ भंने इन्साफ जांची अइन सवाल वमोजींगर्नु भंने हकुं प्रमाङ्गी रहेछ ।
सुरु अपीलले खारेज गर्ने गरेको ईन्साफ मनासीव छ भंने ७।६।२३ मा प्रधां न्यायालय तेश्रा फाटको फैसला रहेछ ।
जालसाज मुद्दा न्यायालय तेश्रावाट अन्याय गरी छीनिदीये येक पटक ईन्साफ दोहरयाईपाऊ भंने वनटीको वीतीपत्रमा मीसील झीकी हेरी ईन्साफ जाचीदीनु भंने का.मु.न्यायाधीशको आदेश रहेछ ।
डिभीजं वेंचका आदेश वमोजीं छलफलमा झीकाइ आएको प्र.हरुको वा. भं आफ्ना हकमास्मेत तारेखमा रहेका प्र. चतुरनाथ र वादी वनटी थरुनीस्मेतलाई राखी बुज्दा वादीको लोग्ने ठकाईका नांको जगा ८८/८९ सालको पोत वाकी भनी जींदारी कचहरीवाट ९०/२/२ मा जगा लीलाम भएकोमा ८४।८५ सालमै वनटीको लोग्ने ठर्काइ मरी सकेको ठकार्इका नांको जगा ८८।८९सालको पोत गमाई लीलाम भएको देखिएको पोट वाकी वखत जगा लीलाम हुन लार्इ मर्नेको व्याक्ती वनटी लार्इ जनाऊ सूचना दी लीलाम हुनुपर्ने नीज ठकार्इ मरेको था छैन भंन नीज मर्ने ठर्काइको व्याक्ती यै वादी वनटी र नीजको नावालक छोरास्मेत रहे भएको कुरा र्इनै प्रतेवादी जींदार नाथु प्रसाद नाता संबं धै को मानीस देखीन आएको हुनाले स्मेत ठहर्याइ मरेको नीजको व्याक्ती र नावालक छोरो भएको थाछैन भंन मुनासीव नपर्ने ८८ सालको पोट वाकी भएपछी ८९ सालमै लीलाम भएको नभै ८८।८९ सालको पोट गमार्इ लीलाम भएको देखीएको पोट वाकी रु २५ मा जगा लीलामबाट रु ३६ आएकोले वढी जगा धनी वनटी लाई फीर्ता दीनु पर्ने नदीयाको भनी जगा वाली मुदामा भएको सप्तरी अपीलको फैसलामा लेखीयाको ८९ सालको मालपोट कंरु 22।।।P।।। र सावीक ८८ सालको रहेको कं रु २९।- स्मेत जम्मा कं रु २5 जम्मै वाकी राखेको भंने डाँको खंटको ९० सालको जेष्ठ २ गते रोज २ को लीलामी मुचुल्कामा लेखीयाको र्इनै चतुरनाथ ले पेस गरेको ६ नंको फाराममा वढावटमा पजनी हुदा कंरु ३६ आयाकोमा ८९सालको मालपोत कंरु २२।।।P।।।र सावीक ८८ सालको पालपोट कंरु ९ समेत जम्मा कं रु31।।।P।।।कट्टीगरी बाकी कंरु ४९।–सावीक कै रैतीले फीर्ता लीन आएका बखत फीर्ता दीने गरी जीमदार जीम्मा धरौट रहेको भनी लेखीयाको हुनाले पोट रैती लाइ फीर्ता दीने भनी लेखेको अंकस्मेत नमीली फरकै देखीयाको सो ६ नं फराम मा हकदार रैतीको नां पनी नदेखायको सहीछाप पनी नभयाको सवाल वमोजीं माल अडामा जाहेर गरेकोपनी नदेखीएको यसै जगा वाली मुद्दामा स्य ...जगा वादी वनटीको हक कायं ठहरी छीनीयको र अैन सवाल वमोजीं पजनी गरेको नभै वादी वनटी थरुनी र नीजको नावालख छोरास्मेतको हक छुटाउने गरी लेखीयाको प्रमाणपरी वंदवाट चतुरनाथ अम्वर सीं नाथुप्रसादस्मेतका प्रतेवादी हरुले जालसाज गरेको ठहर्छ सो ठहर्नाले तपसीलका मानीसलार्इ तपसील वमोजीं गर्ने र लगत दी मीसील मीसील फाँटमा वुझाई दीनु--------
तपसील
देहायका प्रतेवादीहरुके जम्मा पोट तीरो २२।।।P।।।को डंड सजायेको ९९क नं ले सैक्रा १० ले मोल वीगो कं रु २२९.3... ।।हुने जालसाज गरेमा कृते कागजको १३ नं का अैन बमोजीं सैक्रा २५ ले कं रु ५७ '।।।२ देहायेको प्रतेवादीलार्इ दामासाहीले डंड हुन्छ चतुरनाथ रुजु अरु प्रतेवादी वेरुजु हुदा अइन वमोजीं गर्नु भनी तहसीलमा लगत दीनु १ हनुमां नगर अमीनी इ प्रगंना राय झमुनामौजे मधुवनी बस्ने जमीदार नाथु प्रसाद माझी थारु के ३P।।।
ऐ ऐ बस्ने चतुरनाथ माझी थारु के -------३. P।।।
ऐ पगंना सकरीया मौजे इनर्वा बस्ने पटवारी अजय लाल दास कायेस्त के ...३।।।.
ऐ ऐ वस्ने तीर्थ लाल दास कायेस्त के ३. P।।।
ऐ ऐ मधुवनी वस्ने अम्वर सी माझि थारु के-३. P।।।
ऐ ऐ बस्ने वीरोधी परमानी राज धोवी के –३. P।।।
ऐ राय झमुना मौजे हरीराह वसंतपुर बस्नर् फौदार मीञा कुजडा के ..... ३. P।।।
ऐ मधुवनी वस्ने डोभीमीञा थारु के 3P।।।
ऐ ऐ बस्ने मुसहरु मीञा कुजडा के ...... ३. P।।।
ऐ ऐ बस्ने मतीलाल थारु के .... ३. P।।।
ऐ ऐ बस्ने कमला खंखत्वेके...... ३. P।।।
ऐ ऐ वस्ने नाथु कुजडा के... ३. P।।।
ऐ ऐ वुस्ने वावुलाल कुजडा के ....3P।।।
ऐ ऐ वस्ने नर वहादुर माझी थारुके - ३. P।।।
ऐ ऐ वस्ने अगहनु ऐ ऐ के –३. P।।।
ऐ हरीराह वस्ने अलीवहक मीञा के- ३. P।।।
ऐ ऐ वस्ने हंश राज मीञा के ... ३. P।।।
ऐ प्र राय झमुना भींपुर वस्ने चीचाई मंडर थारु के- ३. P।।।
वादी वनटीके हनुमांनगर अमीनीको ६।३।२७को फैसलाले लागेको कं रु १ र ६ साल चैत्र २३ गतेको सप्तरी अपीलको फैसलाले लागेको P।।र प्रधां न्यायालय तेश्रा फाँटको ७ साल अश्वीं २३ गतेका फैसलाले लागेको कं रुP।।। स्मेत नलागने भै नीज लाई फीर्ता दीनु भनी लगत दीनु ....२
देहायका अडाका देहायेका मानीसलाई ईन्साफ उल्टीमा जरीवाना गर्न पर्दैन ........३
हनुमांनगर अमीनीको
का.मु. त ख नरपती पराजुली ---१
बी. कीर्ती वहादुर षतृ क्षेतृ...१
सप्तरी अपिलको
सुबा तुल्सी प्रसाद ....१ अ डी वीश्वनाथ ---१ बी.
बी .कृष्णवहादुर बीष्ट ---१
प्रधां न्यायालय तेश्राको
ऊसवखतको का.मु. तो ह नरहरी नरसीं राणा ---१
अ.सु. हीरामान---१ बी.सों राज पाँडे ---१
भैरवराज हरिप्रसाद
न्यायाधीश प्रधान न्यायधिश
ईती सम्वत् २०१० साल जेष्ट २० गते रोज ३ शुभं