• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३२० - डाका

साल: २०११ महिना: असार फैसला मिति :2011/03/30 १२०

अ. नं. ३२०-२०११

२०११ सालको मि.नं ३

प्रधां न्यायालय सिंगल बेञ्‍च

प्र.न्या फौ सा.नं.३

बादि ठाकुरमल माडवारी गौरिगञ्‍ज वजार

विपक्षी वुधी राजबंसीस्मेत

मुद्दा: डाका

इजलास

श्री माननीय प्रधां न्यायाधीश हरिप्रसाद् प्रधां एम. ए. वि .एल

आदेस

येस्मा मोरङ्ग बिराट्नगर गोश्र्वाराका जाहेरि फैसला बमोजिं साधक तर्फ दर्ता भै पेस हुन आयेको बुझदा सो मोरङ बिराट्नगर गोश्र्वाराको फैसलामा जाहेरी फैसेला भन्‍येसम्म लेषीयेको यो कारंबाट जाहेर गरेको भन्ये कारण खोली लेषेको नदेषीयेको हुनाले जाहेर गर्नु पर्ने भये यो कारणबाट जाहेर गरेको भन्ये षोलि नीकासा दिने अडामार्फत जाहेर गर्नू बादी ठाकुरमललाई दीयेको अपिलको म्यादमा नीजको घरबारीस्मेत नभयाको मानीस नभययेकोले बिच बजारको पिपलको रुषमा टासेको भन्ये लेषीयेको अघी ऊजूर गर्दा गौरीगञ्‍ज बजार बस्ने भनी उजूर गरेको हुँदा कीन तेस्तो म्याद तामेल भयेको हो सोस्मेत येकीं गर्नू भनी यो मीसील मोरङ् वराठनगर गोश्र्वारामा पठाई दीनू ।

                                हरिप्रसाद

                              प्रधां न्यायाधीश

इति सम्वत २०११  साल  आषाड ३० गते  रोज  शुभम्   

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..