निर्णय नं. ३२१ - जबर्जस्ति चोरी
अ. नं. ३२१-२०११
२०११ सालको मि.नं १२
प्रधां न्यायालय सिङ्गल बेञ्च
प्र.न्या.फौ सा नं १२
बादी लेषमं राऊत बरै जि.पर्सा प्र सीधमन्स मौजे ई रीयाही बस्ने
विपक्षी मंगल पडीत् कुम्हाल
मुद्दा: जबर्जस्ति चोरी
इजलास
श्री माननीय प्रधां न्यायाधीस हरिप्रसाद प्रधान एमए बि एल
आदेस
येस्मा सदर अमिनि गोश्र्वाराका जाहेरी फैसला बमोजिं साधक तर्फ दर्ता भै पेस हुन आयेको बुझदा सुरु बिर्गञ्ज अमिनीवाट प्रत्येबादी मंगल पडीतले जीतेकोमा कटर बं अपिलबाट नीजलाई हराइ सुरुको ईन्साफ उल्टी गरी फैसला गरेको सुरुबाट जीतने प्रत्येवादी मंगल पडीतले अपिलबाट हारेकोमा सुरु म्याद गुजारेको हुनाले अपिलको म्याद दीनु नपर्ने भनी फैसलामा लेषेको सुरु म्याद गुजारेको भयेपनी सुरुबाट जीतेको अपिलबाट हरायेको हुनाले जनाऊ म्याद दीनु पर्ने नदीयेको हुनाले प्र मंगल पडीतलाई जनाऊ म्याद दीनु भनि मिसिल कटर बं अपिलमा पठाई जनाऊ म्याद तामेल गरी तामेली मीसील सामेल राषि मीसील येस अडामा पठाई दीनु भनी कटर वं अपिलमा पठाई दीनू ।
हरिप्रसाद
प्रधां न्यायाधीश
इति सम्वत २०११ साल आषाड ३० गते रोज ४ शुभम्