निर्णय नं. ३२२ - वन
अ. नं. ३२२-२०११
२०११ सालको मि.नं १७३
प्रधान न्यायालये सींगल बेञ्च
सा. १७३
मुद्दा: वन
पुर्व ४ नं. आपचोक सातंबु बस्ने हजार मान राई
विपक्षे ऐ ऐ बस्ने ललीत बं ज्मीस्मेत
इजलास
श्री माननीये प्रधान न्यायाधीस हरीप्रसाद प्रधान एमए बीएल
फैसला
येस्मा साधकद्वारा पेस हुन आयेको यो मुद्दा बुझदा सालंबु देखी दछीं पाटो आभरां भंने बं पुवाखा पछीं सालंवु डाडा बरपीपल भयेको ठाडो मुलबाटो डुंसीगुडे अघीदेखी वारी बाहेक बाकी लाठादी खहेर दछीं वताखा ठाडो मुलबाटो पुरुलुंपा खोला खीलीकतां डाडा उतर वम्व्राडाडा कामीडाडा छाप बाहेक पुर्व वाछालास्मेत ६४ साल मार्ग १३ गते अर्थमांका नाउमा बं पाला सनद भयो प्रतेवादीको वाजेस्मेतले ले सनद कील्ला भीत्रको बं फाडी अवाद गर्दा अर्थमांले जीते पायेका जगामा ९९ सालमा प्रतेबादीहरुले बीजं दर्ता गरेमा अर्थमांको उजुर परी जगा वझ्याउने ठहराई पुर्व ४ नं गोश्र्वारा धंकुटा अपीलबाट फैसला भयेको आवाद गर्दै रहे फैसला बमोजीं गरी पाउ भंनेस्मेत हजारमांको वादी प्रतेवादीहरुले म्याद गुजारी बसेको पटक पटक हारी सकेको जगा अबाद गर्न नहुने गरेकाले लगत काटी दीने ठहराई पुर्व ४ नं. अदालतले जाहेरी फैसला गरेको मुनासीब गरी धंकुटा अपीलले जाहेरी गरेको मुनासीव सुरु फैसला र बंको सनद कील्ला भीत्र पर्न आयेका देहायका दर्ता जगाको लगत कट्टा गरी बं जंगल राखनालाई जो चाहीने प्र वं न मीलाउन होला भनी मालपोत तथा बं मंत्रालयेलाई लेखी पठाई दी मीसील ऐन सवालको रीतपुर्याई दर्तातीरो लगत कट्टा गर्न माझ कीरात मालमा पठाऊन धंकुटा अपीलमा पठाई दीनु ।
९९ सालका बीजंजचको दर्ता
पुर्व ४ नं माझ कीरात माल
१५९ नं मौजे सालंबुका जीम्मावाल सुर्जेमान राई जीम्मा इंदमान ज्मीका नाउमा हल माना ।.।५।५ को ताके रु ।८४ दर्ता मध्ये आभरां भंने पाखोमा लागेको बीजमाना ।.।२ को डामासाही ताके मोरु ।३१ लागने कलं -------------------------------१
ऐ जीम्मा
बाहादुर ज्मीका नाउमा हले वीज पाथी ।२।३ को ताके रु २।६६ दर्ता मध्ये चन्द्मानको साध दखीं बारी कीता १ के बीजपाथी ।१।२ र आभरां ५ गरीस्मेतको कीत्ता १ के बीज माना ।.।२ स्मेत कीता २ को बीज पाथी ।१।४ को डामासाहीले ताके रु १।६४ को कलं -----------------------------------------------------१
काले जीमीका नाऊमा बीज माना ।.।७।५ को ताके रु १।२२ दर्ता मध्ये आभारां बारी कीत्ता १ के बीजमाना ।.।४ को डामासाहीले ताके रु ।६२ को कलं ------१-
हरि प्रसाद
प्रधान न्यायाधीस
सं २०११ साल आषाड ३० गते रोज ४ श्र्भम्