निर्णय नं. ३२३ - थुनछेक
अभिलेख दर्ता नं ३२३
२०११ सालको मि.नं.
नेपाल प्रधान न्यायालय डिभीजं बेञ्च
फौ.ठा.नं. २२
मुदा थुनछेक
निवेदक- श्री गणेशमान श्रेष्ठका हकमा रुद्रमान श्रेष्ठ का ई टेंगालटोल
विरुद्ध -सदर पुलिस गोश्र्वारा मिजीष्ट्रेट काठमाडौ -
इजलास
श्रीमाननीय प्रधान न्यायाधीस हरिप्रसाद प्रधान एम.ए.वि.एल.
श्रीमाननीय न्यायाधीश भगवतिप्रसाद सिंह राजपुत वि.एस .सी वीएल
फैसला
येस्मा ०११ साल जेष्ट १५ गतेका दिं सानु टुडीखेलमा वैधानिक तरीकाले सान्तिपूर्ण भाषण गरेमा पुलिस गोश्र्वारावाट पुलिस र अफिसले विना वारण्ट जवरजस्ती पक्राउ गरी राखेको छ छुटाई पाउ भनी व्यक्तीगत स्वतंत्रता ऐन अन्तरगत गणेशमान जीका हकमा रुद्रमानले दियको निवेदनपत्रमा वेहोरा साचो भया कुन अपराधमा के वेहोरासँग थुनेको हो काठमाडौ मजीस्ट्रेटको कैफीयत ली डीभीजं वेञ्चमा पेस गर्नु भन्ने २०११।२।१८।२ को आदेस रहेछ ।
स.प्र गोवाट गणेशमान जी दाखील भै नसकेको भन्ने काठमाडौ मेजीस्ट्रेटको जवाफ आई सदर पुलीस गोश्र्वारा बुझेमा कमीस्नर सबालको सान्ती सुरक्षा व दफा अंतरगत जेष्ठ १५ गते पक्राउ भै १९ गते मेजीस्ट्रेट अफिस चलान भै सकेको भन्ने जवाफ दिएको काठमाडौ मेजीस्ट्रेटले विदेशी संगीतको भरमा राज्य चलाउने सर्कार कुन ड्याङ्गको मुला हो यो सर्कार रावण सर्कार हो श्री ५ लाई मान्दछौ प्रजातंत्र कायेम गर्दछौ तर अैलेको सर्कारले मानेको श्री ५ होइन वैधानीक गरेर मान्ने हो भंन्ये गैर कानुनि भाषण दिनु भो भंन्ये अभीयोगमा पुलिसवाट पक्राउ भै आउनु भयका भुतपुर्व मंत्री गणेशमान सिंहलाई अ.वं. १८ नं ले सरकार वादी भै हेर्नु पर्ने, मेजीष्ट्रेट सवालको ५ (ख) दफा र अ.बं १५२ नं ले थुनुवामा राख्नु पर्ने भै ११।२।१९ गते वयान भै स्वहि मिति देखि थुनुबामा रहनु भयको मिसीलवाट देखिंछ भन्ने जवाफ दिनु भयेका रहेछ ।
कानुनि वहसको लागी एटर्नि जनरललाई पठाईदिनु होला भनी गृह मंत्रालयलाई लेखी पठाई आएपछि पेश गर्नु भन्ने डीभीजं वेञ्चको आदेश रहेछ ।
आदेश वमोजिं पेश हुन आयको निवेदक रुद्रमान र थुनीनु भयको गणेशमान जीलाई झीकाई राखी श्री एटर्नि जनरलको वहस स्मेत सुनी वुझ्दा वेरीतसँग गणेशमानजीलाई पुलीसले थुनेको छ भन्ने वेहोराको गणेशमानजीको हकमा रुद्रमान श्रेष्ठको निबेदन व्यक्तिगत स्वतंत्रता ऐ वमोजिम यस प्रधान न्यायालयमा यै जेष्ठ १८ गते दाखीला भयकोमा काठमाडौ मेजीष्ट्रेटलाई स्वहि मीतिमा कैफीयत जवाफ माग्दा स.प्र.गो.वाट गणेशमानजी दाखील भै नसकेकाले जवाफ दिन असमर्थ छु भन्ने जवाफ आयपछि स.प्र. गोश्र्वरा वुझ्दा यस गोश्र्वारामा थुनामा रहनु भयको गणेशमान जी कमीष्टर सवालको सान्ती सुरक्षाको (व) दफा अन्तरगत जेष्ठ १५ गतेको पक्राउ भै जेष्ट १९ गते मेजीष्ट्रेट अफिस चालन भै सकेकोले भयको वेहोरा सुचीत गरेको छु भन्ने जवाफ आउदा जेष्ट २८ गतेको मेजीष्ट्रेट अफिसको कैफियत जवाफमा विदेशी संगीतको भरमा राज्य चलाउने सर्कार कुन ड्याङ्गको मुला हो यो सर्कार रावण सर्कार हो श्री ५ लाई मान्दछौ प्रजातंत्र कायें गर्दछौ तर अैनलेको सर्कारले मानेको श्री ५ होइन वैधानीका गरेर मान्ने हो भन्ने गैर कानुनि भाषण दिनुभो भन्ने अभियोगमा पुलिस गोश्र्वारावाट पक्राउ भै आउनु भयका भुतपुर्व मंत्री गणेशमान सिंलाई अ.वं १८ नं ले सर्कार वादी भै हेर्नु पर्ने भै मेजीष्ट्रेट सवालको ५ (व) दफा र अ.वं १५२ नं ले थुनामा राख्नु पर्ने भै जेष्ट १९ गते वयान भै स्वहि मीति देखि थुनामा रहनु भयको भन्ने वेहोरा देखिंछ । सोही जेष्ट १९ गतेमा मेजीष्ट्रेट अफिसवाट गणेशमान जीलाई थुनुवा पर्जि दिनु भयकोमा श्री भुतपुर्व मन्त्री गणेशमान सिंहके गैर कानुनि भाषण दिनु भो भन्ने अभियोगमा पुलिसवाट पक्राउ भै आउनु भयको मुद्दामा मेजीष्ट्रेट सवाल र अ वं १५२,१८ नं ले थुनामा राख्नु पर्ने भयकोले तपाइलाइ राख्ने भनी अ.वं १५७ नं वमोजिम थुनुवा पुर्जि गरी दियको वेहोरा देखिंछ । सोही जेष्ट १९ गते गणेशमान जीको मेजीष्ट्रेट अपिसवाट वयान गरायको श्री ५ वैधानीक हुनुपर्छ मनमाना होइन भन्ने यौटा सिधान्तलाइ ली कन मात्र तेसो भनेको हुँ कुनै व्यक्तिगत आक्षेप गरी भनेको होइन आफ्नो कंग्रेसको उदेश्य बताउदा हामी महाराज धीराज मान्दछौ तर मनमाना होइन वैधानीक भन्ने मात्र भाषण गरेको हुँ भन्ने बेहोरा देखिन्छ ।
मेजीष्ट्रेट अफिसवाट यस्मुदाको मिसील झीकाई हेर्दा पुलिसको कारवाइ वेरीतको देखिंछ।अदालति वंदोवस्तको ११८ नंवरले नालेस पर्नासाथ थुनि नेल ठोकि पुर्पक्ष गर्नु पर्ने कुराको वात लागेको मानिसलाइ आफ्नै अडाको हुदा सिपाही पठाइ पक्रन परेमा नमुना वमोजिमको वारण्ट लेखी तुरुन्त पक्राउ गर्न पठाउनु पर्छ भन्ने उल्लेख भयको यस मुदामा पुलीसको रिपोट मा अझ कसैको द्रखास्त नपरि आफ्ना मनमानी वारण्ट वेगर गणेशमान जीलाइ जेष्ट १५ गते पक्राउ गरेको देखिन्छ अदालती वंदोवस्तको ११५ नंवर वमोजिम कारवाइ भयको भन्नालाइ पनि हुलाकवाट तेस्तो द्रखास्त आई सनाखत स्मेत भयको मीसीलमा केहि देखिंदैन । अदालती वंदोवस्तको १४७ नं वमोजिमको कारवाइ भन्नालाइ पनि पटके चोर डाका जेलखानावाट भागेको कैदि र राजकाजका अभीयोगमा वारण्ट वेगर पुलिशले पक्राउ गर्न सक्ने देखिंछ मेजीष्ट्रेटको जवाफमा अदालति वंदोवस्तको १८ नंवर उल्लेख भएकोमा गणेशमान जीलाई पटके चोर डाका हो भन्ने केहि अभियोग मिसीलमा नदेखिएको र राजकाजको ४३ नंवरको ऐनमा लेखीएको १२ मुदा भन्नालाइ पनि थजुनुवा पुर्जिमा गैर कानूनी भाषण दिनु भयको भन्ने अभीयोग लेखीएको देखीनाले सो ४३ नंवरमा उल्लेख भयको (१) राजविद्रोह गरी हुल दंगा मच्चाउन वा सो गर्नालाई मानीस हथियार जम्मा गर्नु (२) प्राइमीनीष्टरका विना हुकुमले र सर्कारका वीचमा विरोध हुने काम कुरा वा जालसाज गर्नु (३) गद्दी नसीहदका गाथ तालुक वा गद्दीको वा गद्दीको रोलको खलल हुने काम कुरो वा जालसाज गर्नु (४) जो राजकाज गाथ गादी तोक्नु (५) प्राइमीनीष्टरको वा मुखत्यारका गाथ पगरिको वा ................. खलल हुने काम कुरो वा जालसाज गर्नु, यो भीत्र पर्छ भनु भने पनि तेस्तो अभियोग ननपुलीस ननमेजीष्ट्रेटले नै अभियोग लगायको देखीन्छ । यस वाहेक अरु राजकाजको ४३ नंवरको ७ अपराध अन्य किसीमको देखीनाले मेजीष्ट्रेटले यो मुदा सर्कारवादी बनाउनलाइ मात्र अदालती वंदोवस्तको १८ नंवर उल्लेख गर्नु भयको देखींछ वास्तविकमा मिसीलको वेहोरा विचार गर्दा गैरकानुनी भाषण दियको मात्र अभीयोग देखींछ मेजीष्ट्रेटले अदालती वंदोवस्तको १५२ नंवरको उल्लेख गर्नु भयको पनि छ तर सो नम्वरको कुन उपदफा वमोजिम वाहाले गणेशमान जीलाइ थुनामा राख्नु भयकोहो केही उल्लेख गर्नु भयन माथी उल्लेख भय वमोजिम राजकाजको ४३ नंवरको ऐनमा उल्लेख भयको बाह्र अपराध मध्ये कुनै अपराधको अभीयोग गणेशमान जीलाई लगायको मीसीलमा नदेखिनाले अ.वं १५२ नं को उपदफा ३ यस अभीयोगमा लागु नहुने देखींछ अ.वं १५२ नं को उपदफा १ देखि ९ सम्म उल्लेख भयको कुनै अपराधको अभियोग गणेशमान जी लाई लगायको मीसीलवाट नदेखीनाले अ.वं १५२ नंवरको उपदफा १० यस्मा लागु हुने देखिन्छ सो उपदफा वमोजिम पैले देखि थुनामा राख्न स्मेत हुदैन भन्ने स्पष्ट उल्लेख भयको र मेजीष्ट्रेट सवालको १ (व) दफामा कुनै मानीसले लेखेर अथवा वचनले अथवा कुनै किसीमवाट श्री ५ महाराजधीराज र मौसुफका राज परिवार तथा कानुनद्वारा स्थापित सर्कार उपर घ्रिणा द्वेष उत्पन्न गर्ने प्रयत्न गरेकोमा सजाए दिने व्यवस्था भयको र छापेर प्रकास गरेकोमा छापाखाना प्रकाशन रजीष्टरी समवन्धी ऐन लाग्ने किटान भयकोमा त्यस्तै अपराध वचन वोलीले राजकाज अन्तरगतको अपराध भन्न नमिल्ने र सो मेजीष्ट्रेट सवालको १ (व) दफा वमोजिम कारवाइ गर्दा पनी थुनामा राख्नु भन्ने भयको नदेखिएकोले काठमाडौ मेजीष्ट्रेटले गणेशमान जीलाई मुदाको कारवाइको लागी वेरितसंग थुनामा राखेको नै ठहरिन्छ ।
मेजीष्ट्रेटले दिनु भयको जवाफमा मेजीष्ट्रेट सवालको ५ (व) दफाको अभियोग लगायको थुनुवा पर्जिमा श्री भुतपुर्व मन्त्री गणेशमान सिं लेखेको देखिन्छ तर मेजीष्ट्रेट सवालको ५ (व) दफामा तेस्तो उल्लेख भयको देखिदैन श्री एटर्नि जनरलले वहसमा ५ (व) होइन १ (व) हो सो र थुनुवा पुर्जिमा लेखिएको नाममा "ण" लाइ एक लख र "श" भन्ने अक्षर भुल्ले छुटन गयको सम्महो भन्नु भयकोले मेजीष्ट्रेट जस्ता दर्जा भयका मानीसले तेस्तो भुल गरी अझ सम्म भुल सुधार गरेको पर्चा स्मेत नगरि तेसै राख्नु अत्यन्त आश्र्चर्यको कुरा हो स्व भुल गरेमा काठमाडौ मेजीष्ट्रेट रंगनाथ उप्रेती का.ई. डील्ली वजारलाई अदालति वंदोवस्तको २८९ नं ले मोरु ।७ सात पैसा जरीवाना गर्नु ।
उपरोक्त उल्लेख भय वमोजिम गणेशमान जि लाई थुन्न नहुने थुनेको ठहर्नाले थुनावाट छाडि दि मेजीष्ट्रेट अफिसमा हाजीर हुन जानु भनी तारेख तोकि स्व वेहोरा काठमाडौ मेजीष्ट्रेटलाई जनाउ र जरिवानाको लगत स्मेत दि मीसील मीसील फाट्मा वुझाइ दिनु ।
भगवतीप्रसाद सिंह हरिप्रसाद
न्यायाधीश प्रधान न्यायाधीश
इति संवत २०११ साल आषाड् ३० गते रोज ४ सुभं